काठमाडाैं- इरानको राष्ट्रपतिका लागि भएको मतदानको मतपत्रको बाकस बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ।
इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हाे। त्यसमा रहेका एकजनाको ज्यान गएको बताइएकाे छ।
सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन।
इरानमा शुक्रबार मतदान भएको थियो। मतदानका लागि बिहान सात बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए।
इरानको निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनाेट समितिले सुधारवादी र पूर्वराष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो।
करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक पाँच करोड ९० लाख मतदाता रहेका पनि बताइएको छ। विभिन्न सञ्चारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।