काठमाडाैं- रुसको दक्षिण पश्चिमी क्षेत्र साइबेरियामा भएको विमान दुर्घटनामा परी ४ जनाको मृत्यु भएकाे छ। घटनामा अन्य ४ जना घाइते भएकाे समाचार एजेन्सी राेयटर्सले जनाएकाे छ।
रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो विमान अवतरणका क्रममा धस्सिएर दुर्घटनामा परेको हाे।
दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अन्य दुई यात्रुकाे मृत्यु भएकाे बताइएकाे छ। यस्तै, अन्य चार जना भने घाइते भएका छन्।
सो विमान राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान गरेको बताइएको छ । तर, चौथो पकटको उडानका क्रममा विमानमा खराबी देखिएपछि आकस्मिक अवतरण गराइएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।