काठमाडाैं- प्यालेस्टाइन प्रशासनले इजरायलले दिन लागेको १० लाख कोरोनाविरुद्धको खोप नलिने भएको छ। फाइजरको कोरोनाविरुद्धको खोपको म्याद सकिने मिति नजिकै गरेकोले नलिने निर्णय गरेकाे प्रशासनले जनाएको हो।
यसअघि इजरायलले भने स्टक रहेका खोपहरू प्यालेस्टाइनलाई दिने घोषणा गरेको थियो। यसले प्यालेस्टाइन खोप अभियान अगाडी बढ्ने इजरायलको अपेक्षा थियो।
खोपको पहिलो खेप इजरायलबाट आइपुगेपछि प्यालेस्टाइन अधिकारीहरूले म्याद समाप्त हुने मिति उनीहरूले सोचेभन्दा निकट रहेको बताएका थिए।
प्यालेस्टाइनले यो खोप लगाउनधेरै समय लाग्ने र त्योभन्दा पहिल्यै यसको मिति सकिने जनाएको छ।
प्यालेस्टाइन प्रशासनका प्रवक्ता इब्राहिम मेल्हेमले भने‘९० खोपको प्रारम्भिक वितरण सम्झौताको विशिष्टता पूरा गर्न असफल भएको छ। यसका सट्टा इजरायलले फाइजर खोप सिधा पठाउने आदेशको प्रतीक्षा गर्नेछौं।’
यता, प्रधानमन्त्री मोहम्मद शतायहका अनुसार स्वास्थ्य मन्त्रीलाई सम्झौता रद्द गर्न निर्देशन दिएका छन्।
शुक्रबार ट्वीटमा इजरायलका नयाँ स्वास्थ्य मन्त्री नित्जान होरोविट्जले भनेका छन्, ‘कोरोना भाइरसलाई कुनै सीमाहरू थाहा छैन र उनीहरुबीच भेदभाव हुँदैन। खोपको महत्वपूर्ण आदानप्रदान दुबैको हितमा रहेको छ। इजरायल र प्यालेस्टाइनबीचको सहयोग अन्य क्षेत्रहरुमा पनि हुनेछ भन्ने आशा व्यक्त गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।