काठमाडाैं- चिनियाँ नागरिकलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्ध खुला गर्ने तयारी भइरहेको मस्कोले जनाएको छ।
उपप्रधानमन्त्री तात्याना गोलिकोभाले महामारीका कारण करिब १६ महिना पहिले चिनियाँ नागरिकहरूलाई रुस प्रवेशमा लगाइएको प्रतिबन्ध खुला गर्न लागेकाे जानकारी दिएका हुन्।
रुस प्रवेश गर्न दिने देशहरुको सूचीमा चीनलाई पनि राख्न लागिएको उनले जानकारी दिए। रुसले गत सन् २०२० को फेब्रुअरीदेखि विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा निषेध गरेको थियो।
कतिपय देशहरुमा कोरोना महामारी कम हुँदै गएको र रुसमा पनि खतरा न्यून हुँदै गएकोले विभिन्न देशहरुका नागरिकलाई आवत जावत गर्न दिने तयारी भएको हो।
विभिन्न देशका नागरिकलाई रुस प्रवेश गर्न दिने निर्णय केही दिनमै गरेर सरकारले सार्वजनिक गर्ने समेत उपप्रधानमन्त्री गोलिकोभाले जानकारी दिए।शुरुमा केही देशहरुका नागरिकलाई प्रवेश खुल्ला गर्ने र त्यस्ता देशहरुको संख्या बढाउँदै लगिने पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।