काठमाडौं– उत्तर कोरियाका शासक किम जोन उनले अमेरिकासँग वार्ता र टकराव दुबैका लागि तयार रहन आवश्यक रहेको बताएका छन्। उनले अमेरिकासँग टकरावका लागि तयार रहन जोड दिएको बीबीसीले उल्लेख गरेको छ।
किमले अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारलाई लिएर टिप्पणी गरेको यो पहिलो पटक हो। बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाले खारेज गरिदिएको थियो।
किम जोन उनले प्योङयाङमा पार्टीका वरिष्ठ नेताहरुसँगको एक महत्वपूर्ण बैठकमा यस्तो बताएका हुन्। सत्ताधारी वर्कस पार्टीको केन्द्रीय समिति बैठक यसै हप्ता राजधानी प्योङयाङमा सुरु भएको थियो।
उत्तर कोरियाली सरकारी समाचार एजेन्सी केसीएनका अनुसार किमले राष्ट्रको गौरव र आफ्नो हितको सुरक्षाका लागि अमेरिकासँग टकरावका लागि तयार रहन आवश्यक रहेको बताएका थिए।
कोरियाली द्वीपमा कुनै पनि खालको नियन्त्रणको कोशिश भए उत्तर कोरिया ठोस जवाफ दिन तयार रहेको उनले बताएका थिए।
अमेरिकी राष्ट्रपति बाइडेनका साथ किमको सम्बन्ध सुरुवातबाट नै राम्रो नरहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी चुनावभन्दा पहिला बाइडेनले किमलाई ठग भनेर सम्बोधन गरेका थिए भने बाइडेनको शपथ भन्दा एक दिन पहिला उत्तर कोरियाले शक्ति प्रदर्शनका लागि नयाँ मिसाइलका साथ सैन्य परेड गरेको थियो।
अप्रिल महिलनामा बाइडेनले उत्तर कोरिया विश्व सुरक्षाका लागि गम्भीर खतरा रहेको बताएका थिए जसको जवाफमा उत्तर कोरियाले बाइडेनप्रति शत्रुताको नीति अपनाइराख्न चाहेको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।