काठमाडाैं- हङकङको एप्पल डेली पत्रिकाका प्रधान सम्पादक राएन लसहित पाँच जना पक्राउ परेका छन्। बिहीबार बिहानै प्रहरीले कार्यालयमा छापा मारेर उनीहरुलाई पक्राउ गरेकाे हाे।
एक वर्षको अन्तरालमा एप्पल डेलीमा दोस्रोपटक छापा हानेर उनीहरुलाई पक्राउ गरिएकाे हाे।
अन्य गिरफ्तार हुनेमा पत्रिकाका सीईओ चिउङ किम–हङ, सीओओ चो तात–क्युन, सहसम्पादक चान पुईमान तथा कार्यकारी सम्पादक चिउङ चि–वाई रहेका छन्।
बीबीसीका अनुसार राष्ट्रिय सुरक्षा कानुन उल्लंघन गरेकाे आरोपमा एप्पल डेलीमा विहान ५०० प्रहरीले छापा हानिनेकाे थियाे। एप्पल डेली मुख्यक्षेत्र चीन सरकारप्रति आलोचनात्मक भएको बताइन्छ। यही कानुन अन्तर्गत यसअघि नै एप्पल डेलीका मालिक जिमी लाई हिरासतमा छन्।
हाल एप्पल डेलीको बैंक खातामा भएको एक करोड ८० लाख हङकङ डलरलाई पनि फ्रिज गरिएको छ।
सन् २०१९ मा प्रहरीले एप्पल डेलीले हङकङ र चीनलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्धात्मक नियमहरु लगाउन माग गर्दै ३० भन्दा बढी लेख छापेको उल्लेख गरेको थियो।
एप्पल डेलीका संस्थापक जिमी लाई हङकङमा सुपुर्दगी सन्धि लगायत लोकतान्त्रिक आन्दोलनलाई सक्रिय साथ दिँदै आएका थिए। उनी सन् २०१९ को सरकारविरुद्धको आन्दोलनमा युवाहरूसँगै सडकमा रहँदै आएका थिए।
जिमीलाई सरकारले विदेशीहरूसँग मिलेर चीन विरोधी गतिविधि गरेको सन्देहमा पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।