काठमाडौं– चीनको साङ्सी प्रान्तमा एक फलाम खानीमा दुर्घटना हुँदा कम्तीमा ११ जना मजदुरको मृत्यु भएको छ। खानीमा बाढी पसेर भएको दुर्घटनामा परी मजदुरहरुको मृत्यु भएको हो।
खानीमा फसेका अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको स्थानीय अधिकारको भनाइ छ। खानीभित्र अझै केही मजदुर हराइरहेको अनुमान गरिएको छ।
खानीको हिलो र माटोमा पुरिएको आशंका गरिएका अरु तीन जना मजदुरको खोजी जारी रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।