काठमाडाैं- पाकिस्तानकाे राष्ट्रिय सभामा असंसदीय भाषा प्रयाेग गरेकाे भन्दै सभामुखले सात सांसदमाथि प्रतिबन्ध लगाएका छन्। सभामुख असद कैसरले प्रधानमन्त्री इमरान खानको पार्टीका तीनसहित सात सांसदलाई सभामा प्रवेश गर्न प्रतिबन्ध लगाएका हुन्।
राष्ट्रियसभा सचिवालयले जारी गरेको विज्ञप्ति अनुसार हंगामा मच्चाएकाे र संसद अमर्यदीत भाषा प्रयाेग गरिएकाे जनाइएकाे छ।
यी सात सांसदहरुमाथि लगाइएकाे प्रतिबन्ध सभामुखको अर्को आदेश नभएसम्म लागू हुने बताइएकाे प्रतिबन्धित सांसदहरुमा पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अली नवाज अवान, अब्दुल मजेद खान, फहीम खान रहेका छन्। यस्तै, पाकिस्तान मुस्लिम लिग-नवाजका शेख रोहेल असगर, अली गौहर खान, चौधरी हामिद रहेका छन्।
राष्ट्रिय सभाका सभामुख कैसरले मंगलबारको तल्लो सदनमा भएको घटनालाई 'निराशाजनक' भएकाे बताएका छन्। यसमा संलग्न सांसदहरुविरुद्ध कारबाही गरिने उनले संकेत दिएका छन्।
राष्ट्रिय सभामा भएकाे के हाे?
पाकिस्तानको राष्ट्रिय सभामा मंगलबार प्रभावित भएकाे थियाे। सत्ता पक्ष र विपक्षी दलका सांसदबीच झगडा भएपछि कारबाही अगाडी बढाउन सकिएकाे थिएन।
सोमबारको सत्रमा पनि ठूलो हाे हल्ला भएकाे थियाे। तर, मंगलबार सभामा हंगामा भएपछि राष्ट्रिय सभाको अधिवेशन बुधबारसम्म स्थगित गरियो।
मंगलबार जब विपक्षी नेता शाहबाज शरीफले राष्ट्रिय सभामा आफ्नो भाषण सुरू गरे तब सरकार पक्षका सांसदहरुले नारा लगाएका थिए।भाषणमा शरीफले सरकारका नीतिहरूको आलोचना गरे र आफ्नो कार्यकालमा भएका कुराहरु सुनाएका थिए।
सरकार पक्षका सांसदहरुले लगातार नाराबाजी गरे र विपक्षी दलका सांसदहरुले शरीफलाई घेरे। पीएमएल-एन र पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का सांसदहरू बजेटबारे भनाभन गरेका थिए।
पीटीआईका अली नवाज नवान इवान र पीएमएल-एनका शेख रोहेल असगरले अपशब्द प्रयाेग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।