काठमाडौं- बेलायतमा कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन चार साता थप गरिएकाे छ।
जुन २१ बाट पूर्णरुपमा लकडाउन हटाउने तयारी गरिएको भएपनि वरिष्ठ मन्त्रीहरुले थप चार साता लकडाउन थप गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार यो निर्णय घोषणा गर्नेछन्।
बेलायतमा लकडाउन हटाउँदा संक्रमण बढ्न सक्ने जोखिम रहेको भन्दै विज्ञहरुले लकडाउन तत्काल नहटाउन सुझाव दिएका थिए। विज्ञहरुले पछिल्लो समय भारतमा सबैभन्दा पहिला फेला परेको डेल्टा भेरियन्टको संक्रमण नियन्त्रणका लागि थप कडाइ गर्नुपर्ने बताएका थिए।
डेल्टा भेरियन्ट बेलायतमा भेटिएको अल्फा भेरियन्टभन्दा ६० प्रतिशत बढी संक्रामक मानिएको छ।
यससँगै खेलकूदका कार्यक्रम, पब र सिनेमा हल सीमित क्षमतामा सञ्चालन गर्नुपर्नुपर्ने छ। यता, नाइट क्लब अझै बन्द रहनेछन्।
विज्ञहरुले लकडाउन अझै लम्ब्याउँदै मानिसहरुलाई कोरोना खोपको लागि प्रेरित गर्नुपर्ने बताएका छन्। बेलायतमा पछिल्लो समय कोरोनाको संक्रमण बढिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।