• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सट्टेबाजी धन्दा : गुन्डादेखि प्रहरीसम्म

64x64
नेपाल लाइभ मंगलबार, जेठ १५, २०७५  ०८:०४
1140x725

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल तथा क्रिकेटमा हुने सट्टेबाजीमा गुन्डादेखि प्रहरी अधिकारीहरुको समेत संलग्नता हुने गरेको खुलेको छ। प्रहरीले सोमबार पक्राउ गरेका गौरव तिवारीको समूहमा प्रहरी अधिकारीहरु नै संलग्न रहेको खुलेको हो। 

तिवारीका दर्जनौं साथीहरु प्रहरी रहेको र उनीहरुले समेत बाजी लगाउने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। यद्यपि त्यस विवरणलाई गोप्य राखिएको छ।  त्यस्तै, गुन्डा नाइके दावा लामा लगायतको समूहले पनि हरेक दिन लाखौं बाजी लगाउँदै आएको थियो। राजधानीका केही डिस्कोका सञ्चालकहरु समेत यसमा संलग्न छन्। 

महानगरीय प्रहरी परिसरले तिवारीसहितका व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ। 

तिवारी नेपालमा लामो समयदेखि सट्टेबाजी गर्दै आएका अमित अग्रवाल समूहका प्रमुख व्यक्ति हुन्।

पछिल्लो समय तिवारीले आफैं सट्टेबाजीको माष्टर अकाउन्ट बनाएका थिए। 

स्रोतका अनुसार तिवारीले अन्तराष्ट्रिय गिरोहसँग ६५ लाख रुपैयाँ भारु डिपोजित गरेर माष्टर अकाउन्ट बनाएका थिए। त्यसबाट उनले २५ जनालाई एकान्उट बाँडेका थिए। उनलाई माष्टर अकाउन्ट बनाउने गिरोहका नाइकेहरु दुबई र कराँचीमा रहेको स्रोत बताउँछ। ती व्यक्तिहरु डन दाउन इब्राहिक निकट समूह भएको सूचना प्रहरीले पाएको छ। 

काठमाडौंका उनका प्रमुख एजेन्ट भुपेन कुँवर हुन्। जो ठमेलस्थित बियर बारका सञ्चालक हुन्।   आईपिएलको फाइनलको खेल अगाडि नै उनलाई पक्राउ गरी प्रहरीले बलियो प्रमाण संकलन गरेको हो। उनीहरुले एसएमए डट एक्रेस डटकम नामक वेभसाइडमार्फत यस्तो धन्दा चलाउदै आएको एसएसपी विश्वराज पोखरेलले बताए। 

ललितपुरमा फुटबलर केसीले पैसा उठाउने गरेका थिए। 
 

nimb
nimb
Ncell 2
Ncell 2

काठमाडौंमा सदाबहार धन्दा 

तिवारी समूहले एक दशकदेखि प्रहरीकै आडमा यस्तो धन्दा चलाउ“दै आएको थियो। सो समूहका दुई जनालाई महानगरीय प्रहरी वृत्त जनसेवाले २०७३ जेठ ३० मा पक्राउ गरेको थियो। न्युरोडको आरबी कम्प्लेक्सबाट दीपकरत्न शाक्य र सागर खड्गीलाई प्रहरीले पक्राउ गरेको थियो। विभिन्न व्यक्तिबाट उठाइएको करिब ३ लाख रकम पनि प्रहरीले बरामद गरेको थियो। 

उनीहरुको मोबाइलमा बाजीको रेट आदानप्रदान  भएको एसएमएसहरु पनि फेला परेका थिए। उनीहरुमाथि अनुसन्धान गर्दा श्रीकान्त अग्रवालस“ग मिलेर सट्टेबाजको धन्दा चलाएको खुलेको थियो। श्रीकान्त सट्टेबाजीका नाइके अमित अग्रवालका भाइ हुन्।  उनीहरुस“गै मिलेर गौरभले नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए। 

हालै सम्पन्न इन्डियन प्रिमियर लिग (आइपिएल) मा सो समूहले करोडौं कमाएको छ। त्यस्तै युरोपियन क्लब फुटबलमा पनि धेरै बाजी लाग्ने गरेको छ। 

(मंगलबार प्रहरीबाट सार्वजनिक भएका सट्टेबाजहरु)


‘टोल–टोलमा एजेन्टहरु छन्,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारी भन्छन्, ‘एजेन्टहरुले नै पैसा उठाएर पैसाको कारोबार गर्दछन्।’ स्रोतका अनुसार उक्त समूहले राजधानीका  विभिन्न स्थानमा घर नै भाडामा लिएर यस्तो कारोबार गर्दै आएको छ। 

कसरी लाग्छ बाजी? 
अन्तर्राष्ट्रिय सट्टेबाज गिरोहका एजेन्टहरुले नेपालमा पनि बाजी खेलाउँदै आएका छन्। बेलायतको ‘बेट ३६५ डटकम’ जस्ता वेबसाइटमा हुने विभिन्न रेटअनुसार बाजी लगाउने गरिन्छ। बेट ३६५ अनलाइनमा  बाजी खेलाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी हो। नेपालमा पनि सोही वेब साइटको रेटका आधारमा बाजी खेलाउने गरिन्छ। 

सामान्यतः खेलकै दिन त्यस्तो रेट भाइबर तथा ह्वाट्सएप मार्फत एजेन्टहरुलाई पठाइन्छ। एजेन्टहरुले बाजी खेल्नेहरुलाई सोही रेट पठाएर पैसा उठाउने गर्छन्। कतिपयस“ग सुरुमै पैसा लिने गरिन्छ भने धेरैजसो कारोबार विश्वासका आधारमा मौखिक रुपमा हुन्छ। बाजी राख्नेहरुको विवरण एजेन्टहरुले मुख्य नाइकेलाई पठाउँछन् र खेल सकिएपछि हारजितको हिसाब गरी पैसा लेनदेन हुन्छ। 

सट्टेबाजले कसरी कमाउँछन्? 

बाजी राख्नेहरुलाई उनीहरुले तीन वटा विकल्प दिन्छन्। दुई वटा टिमको पक्षमा र खेल बराबरीको। फुटबलको बाजीमा ९० मिनेटभित्रको खेलको नजिता लागू हुन्छ। ९० मिनेटभित्र दुई टिम बराबरी हुने सम्भावना हुने भएकाले कतिपयले बराबरीमा पनि बाजी लगाउने गर्छन्। तीन वटा विकल्पमा बाजी आउने तर तिर्नुपर्दा एक पक्षलाई मात्र तिर्ने भएकाले खेलाउनेहरु सधैं नाफामा  हुन्छन्। 
क्रिकेटमा भने कसले टस जित्छदेखि म्यान अफ दी म्याच को हुन्छ भन्नेसम्ममा बाजी लाग्ने गरेको छ। 

कलेजदेखि क्यासिनोसम्म 

२ वर्षपहिले महानगरीय अपराध महाशाखाले वालुवाटारस्थित  मल्पी इन्टरनेसनल कलेजका डिसिप्लिन इन्चार्ज (डिआई) सुदीप गुरुङ र साङ्गे ठकुरीसहितलाई पक्राउ गर्‍यो। गुरुङले कलेजकै विद्यार्थीलाई आइपिएसल तथा युरोपियन फुटबल लिगको बाजी खेलाइरहेका थिए।

केही विद्यार्थीले लाखौं हारेको उजुरी अभिभावकबाट परेपछि प्रहरीले कलेजमा छापा हानी बाजी खेलाउने गुरुङ र केही विद्यार्थीलाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा एउटै कलेजमा दैनिक १० लाख रुपैयाँभन्दा धेरै रुपैया“को बाजी चल्ने गरेको खुल्यो। कुनै समूहस“ग सहभागी नभई उनीहरुले आफैं रेट बनाएर खेलाउने गरेका थिए। 

स्रोतका अुनसार संगठित गिरोहले बैंक, कलेज तथा व्यवसायी समूहमा एजेन्टहरु बनाएर बाजी खेलाउँदै आएका छन्। एजेन्टहरुले पनि कमिसन पाउने भएकाले खेल्नेहरुले जिते पनि वास्तविक रेट भन्दा थोरै कमाउँछन्। 

ठूला खेल भने राजाधनीका क्यासिनोहरुमा हुने गरेको छ। क्यासिनो रातभरि खुल्ला हुने भएकाले क्यासिनोभित्र क्रिकेट तथा फुटबल लाइभ हेर्ने र बाजी लगाउने धन्दा चल्दै आएको छ। क्यासिनो जुवा खेल्ने ठाउ“ भएकाले कतिपय एजेन्टहरुले क्यासिनोमा बाजी खेलाउँदै आएका हुन्। क्यासिनोमा नेपालीलाई प्रवेश निषेध भए पनि भारतीय नागरिक भएको नक्कली कार्ड बनाएर क्यासिनोमा नेपालीलाई छिराउने गरिएको छ। 

मिटरब्याज र हुन्डीको नेटवर्क 

कतिपयका  लागि फुटबल तथा क्रिकेटको बाजी नशा जस्तै बनेको छ। केहीले घर नै बन्धक राखेर समेत बाजीमा लगाउने गरेको स्रोत बताउँछ। बाजी खेल्नेहरुलाई चर्काे ब्याजदरमा पैसा लगाउने समूहहरु पनि सक्रिय छन्। त्यस्तै, बाजी खेलाउनेहरु हुन्डीको कारोबारमा  पनि सक्रिय छन्। उनीहरुले जितेको पैसा हुन्डीबाटै विदेश लैजाने गरेका छन्।  

कतिपय देशमा सट्टाबाज वैध छ। कर तिरेर बाजी लगाउन पाइन्छ। तर, नेपालमा यससम्बन्धी कानुन छैन। पक्राउ परेकाहरुलाई प्रहरीले जुवा मुद्दामा कारबाही गर्छ। जुन मुद्दामा उनीहरु २ सय रुपैया“ धरौटीमै छुट्ने गर्छन्। २ वर्षअघि न्युरोडमा पक्राउ परेका दुई जना पनि सामान्य धरौटीमा छुटेका थिए। 

खेलाउनेहरुको सूचना पाउन गाह्रो हुने र सूचना पाए पनि उनीहरुलाई पक्राउ गरेपछि प्रमाण बटुल्न समस्या हुने भएकाले प्रहरी अधिकारीहरुले यसमा धेरै चासो दिएका छैनन्।

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०७५  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा
कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै
सम्बन्धित सामग्री
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना जसको प्रभववाले दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणता बादल लाग्नेछ, तराई भूभागमा आंशिक बादल लाग्नेछ ।  कोशी र गण्डकी प्रदेशका... मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो। सोमबार, वैशाख २१, २०८३
नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन सुरुङमार्गको स्थलगत अनुगमनपछि समितिका सभापति आशिष गजुरेलले आयोजना अब ढिलाइ नगरी तोकिएको समयमै सञ्चालन गर्नुपर्नेमा जोड दिएका हुन्। सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ मंगलबार, वैशाख २२, २०८३
रोशी खोलामा फसेका ८९ यात्रुहरूको सकुशल उद्धार, पाँच चालक नियन्त्रणमा मंगलबार, वैशाख २२, २०८३
कांग्रेसको संसद् समन्वय बोर्डको बैठक आज बस्दै मंगलबार, वैशाख २२, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना मंगलबार, वैशाख २२, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्