• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बहस व्यवस्थित गर्न सर्वोच्चको ९ बुँदे आदेश, बहसका लागि समय तोक्नेदेखि माइक राख्न निर्देशन

64x64
नेपाल लाइभ बुधबार, जेठ २६, २०७८  १८:२७
1140x725

काठमाडौ- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि असार ९ गतेदेखि हुने अन्तिम सुनुवाइ व्यवस्थापन गर्नका लागि नाै बुँदामा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले अन्तिम सुनुवाइ लामो र पट्यारलाग्ने हुनुका साथै अनावश्यक समय खर्च नहोस् भनि बुधबार नै बहसमा उपस्थित हुने सबै कानुन व्यवसायी, सरकारी वकिल र एमिकस क्युरीको हकमा पनि समय तोकेका छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको पाँच न्यायाधीशको संवैधानिक इजलासले बहस व्यवस्थापनदेखि कोभिड महामारीबाट बच्नका लागि स्वास्थ्य मापदण्डसमेतको पालनाका लागि यस्तो निर्देशन जारी गरेको हो।

सुनुवाइ छलफलका सन्दर्भमा इजलास कक्षभित्र रिट निवेदकहरुमध्येबाट एक पटकमा अधिकतम् पाँच जनासम्म प्रवेश गराउने आदेशमा उल्लेख छ। निवेदक तर्फका कानुन व्यवसायीहरु एक पटकमा बढीमा तीनजना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलहरुमध्येबाट एक पटकमा बढीमा तीनजना उपस्थित हुन पाउने आदेशमा उल्लेख छ। अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई/दुई जना कानुन व्यवसायीहरुलाई मात्र इजलास कक्षभित्र प्रवेश दिनेगरी प्रवेश पासको व्यवस्था मिलाउन सर्वोच्चको आदेशमा भनिएको छ।

यो पनि पढ्नुहोस्

सर्वोच्चले देउवाको निवेदन किनारा लगाएपछि मात्रै अरु निवेदनमा सुनुवाइ थाल्ने (आदेशको पूर्णपाठ)बुधबार, जेठ २६, २०७८

'सुनुवाइको विवरण प्रविधिमार्फत् अदालतको प्राङ्गणमा प्रसारण हुनेगरी माइक आदिको उचित प्रबन्ध अग्रिमरुपमा मिलाउनसमेत अदालत प्रशासनलाई निर्देशित गरिएको छ,’ आदेशमा भनिएको छ, ‘प्रतिनिधि सभा विघटन विवादमा सुनुवाइ छलफललाई सुव्यवस्थित गर्न, सुनुवाइ कार्यलाई अनावश्यक रुपमा लम्बिन नदिन, यसलाई मर्यादित, व्यवस्थित र औचित्यपूर्ण तुल्याउन, इजलासको भौतिक स्थितिसमेतलाई ख्याल गर्दै यस्तो आदेश जारी गरेको छ।'

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा विघटन मुद्दाको अन्तिम सुनुवाइ ३२ घण्टामा सकिनेबुधबार, जेठ २६, २०७८

कोभिड-१९ महामारीको अवस्था तथा विवादको प्रकृति, निर्णय गर्नुपर्ने विषय र यसको गम्भीरतासमेतलाई मध्येनजर राखेर सुनुवाइ प्रक्रिया निर्धारण गर्नु वाञ्छनीय भएकाले देहायका कुराका सम्बन्धमा देहायबमोजिम गर्ने गरी यो आदेश गरिएको छ। सर्वोच्चले सवै विपक्षीहरुलाई लिखित जवाफ पेस गर्ने समय सात दिनको दिएको छ। सर्वोच्चले प्रधानमन्त्री, राष्ट्रपतिबाट भएका निर्णयका फाइलहरु समेत सात दिनभित्र झिकाउन भनेको छ।
 
यस्ता छन् नाै बुँदे आदेश:

क. प्रस्तुत विवादमा लिखित जवाफ पेस गर्नका लागि निर्धारित उपरोक्त अनुसारको सात दिनको म्यादलगायत यस विवादका सन्दर्भमा कुनै प्रकारबाट गुज्रिएको म्याद वा तारिख थाम्न, थमाउन नपाउने व्यहोराको जनाऊसमेत निवेदक तथा प्रत्यर्थी दुवै पक्षलाई दिनू।

ख. प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८/२/७ को नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय, सम्माननीय प्रधानमन्त्रीले गर्नु भएको सिफारिस, तदनुसार सम्माननीय राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फायल कागजात सम्बन्धित कार्यालयहरुबाट आजका मितिले सात दिनभित्र अनिवार्यरुपमा झिकाइ मिसिल सामेल राख्‍नू।

ग. प्रतिनिधि सभा विघटनसम्बन्धी लगायतका निवेदनसम्बन्धी सक्कल मिसिल प्रमाणका लागि साथै राख्नू।
घ. अदालतको सहयोगी (एमिकस क्युरी) को रुपमा नेपाल बार एसीसिएसन र सर्वोच्च अदालत बारबाट दुई/दुई जना विद्वान वरिष्ठ अधिवक्ताहरुको सहयोग उपलब्ध गराइदिन तत्काल लेखी पठाउनू।

nimb
nimb
Ncell 2
Ncell 2

ङ. अदालतका सहयोगी  (एमिकस क्युरी) लगायत निवेदक तथा प्रत्यर्थीतर्फका कानुन व्यवसायीहरु (सरकारी वकिलसहितलाई सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम स को उपनियम (७) बमोजिम मिति २०७८ असार १० गतेभित्रमा लिखित बहसनोट पेस गर्न जनाऊ दिनू।

च. इजलाससमक्ष बहस छलफल गर्ने प्रयोजनका लागि रिट निवेदकतर्फका कानुन व्यवसायीहरुका लागि सुरु बहसका सन्दर्भमा बढीमा १२ (बाह्र) घण्टा (कार्यसमय);  र प्रत्यर्थीहरुको तर्फबाट बहस जिकिर समाप्त भएपछि प्रत्युत्तर बहसका लागि कूल तीन घण्टा समय गरी कूल (अधिकत) १५ घण्टा बहसका लागि समय प्रदान गरिनेछ। 

सरकारी वकिलहरु सहित प्रत्यर्थीहरु तर्फका सबै कानुन व्यवसायीहरुका लागि कूल (अधिकतम्) १५ (पन्ध्र) घण्टा मात्र कार्य-समय (बहस समय) प्रदान गरिनेछ। अदालतको सहयोगीका रुपमा उपस्थित हुनुहुने कानुन व्यवसायीका लागि जनही आधा घण्टाका दरले चारजनाको लागि कूल दुई घण्टा मात्र बहसका लागि समय प्रदान हुनेछ।

रिट निवेदक तथा प्रत्यर्थीहरुका तर्फबाट बहसका लागि उपस्थित हुनुहुने कानुन व्यवसायीहरुले उपरोक्त अनुसार निर्धारित समय-सीमाभित्र बहस कार्य सम्पन्न गर्नका लागि सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम २१ को उपनियम (१०) बमोजिम प्रमुख कानुन व्यवसायी र अन्य कानुन व्यवसायीको संख्या, बहस गर्ने बुँदा यकीन गर्ने र उपरोक्त समय-सीमाभित्र सीमित रही आपसमा समय विभाजन गरी बहस व्यवस्थापन गर्नेलगायतका कुराहरु सम्बन्धित पक्षका कानुन व्यवसायीहरु स्वयंले नै आपसमा समन्वय कायम गरी यकीन र व्यवस्थित गर्नुपर्ने कुराको जनाऊ सम्बन्धित पक्षहरुलाई दिनू। 

द्रष्टव्यः उपरोक्तअनुसार बहस व्यवस्थापनका लागि सरकारी वकिल र प्रत्यर्थीतर्फका अन्य कानुन व्यवसायीहरुबीच अन्यथा सहमति कायम हुन नसकी अदालतबाट समय विभाजन गर्नुपर्ने हुन आएको अवस्थामा सरकारी वकिलहरुका लागि कूल सात घण्टा ३० मिनेट र प्रत्यर्थीहरुतर्फका अन्य सबै कानुन व्यवसायीहरूका लागि कूल सात घण्टा ३० मिनेट समय निर्धारण गरिनेछ। 

छ. माथि उल्लिखित समयावधि विवादका पक्ष-विपक्षका तर्फबाट इजलाससमक्ष गरिने बहसका लागि तोकिएको अधिकतम् समय हो। सोभन्दा बढी समय प्रदान हुन नसक्ने भएकाले विवादका पक्षहरु तथा सरकारी वकिलहरु लगायत सबै कानुन व्यवसायीहरुबाट तदनुसार समय व्यवस्थापन मिलाई न्याय सम्पादन प्रकृयामा सहयोग प्राप्त हुने कुरामासमेत यस इजलासले अपेक्षा राखेको छ। 

ज. प्रस्तुत निवेदनमा उठाइएका प्रश्नहरु सार्वजनिक महत्त्वको देखिएको र विवादित विषयवस्तुको प्रकृतिबाट चाँडो किनारा लगाउनु आवश्यक हुँदा प्रस्तुत रिट निवेदनका सम्बन्धमा निरन्तर सुनुवाइ प्रकृया अपनाई अन्तिम सुनुवाइ गर्ने गरी मिति २०७८ साल असार ९ गते नियमानुसार गरी पेस गर्ने। 

झ. सुनुवाइ छलफलका सन्दर्भमा इजलास कक्षभित्र रिट निवेदकहरु मध्येबाट एक पटकमा अधिकतम् पाँच जनासम्म प्रवेश गराउने। निवेदकहरुतर्फका कानुन व्यवसायीहरु एक पटकमा बढीमा तीन जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिनुहुने सरकारी वकिलहरुमध्येबाट एक पटकमा बढीमा तीन जना, र अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई/दुई जना कानुन व्यवसायीहरुलाई मात्र इजलास कक्षभित्र प्रवेश दिने गरी प्रवेश पासको व्यवस्था मिलाउनू। साथै, सुनुवाइको विवरण प्रविधिमार्फत् अदालतको प्राङ्गणमा प्रसारण हुनेगरी माइक आदिको उचित प्रबन्ध अग्रिमरुपमा मिलाउनसमेत अदालत प्रशासनलाई निर्देशित गरिएको छ।

प्रकाशित मिति: बुधबार, जेठ २६, २०७८  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य घट्यो
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन
सम्बन्धित सामग्री
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा बैठक आज  साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । आइतबार, वैशाख २७, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रम र जेठ १५ मा ल्याउने बजेटमा आमनागरिकका सुझाव को प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न डिजिटल प्ल... शनिबार, वैशाख २६, २०८३
संविधानवाद र संवैधानिक नैतिकताभन्दा माथि कोही हुन सक्दैन : सपना प्रधान मल्ल कानुन दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानको कार्यान्वयनका लागि उपयुक्त वातावरण बनाउनुको विकल्... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
मानव अधिकार समितिबाट ‘होल्डिङ सेन्टर’को अवलोकन आइतबार, वैशाख २७, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आइतबार, वैशाख २७, २०८३
इजरायली हवाई आक्रमणमा लेबनानमा बालबालिकासहित ३९ जनाको मृत्यु आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्