काठमाडौं– संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठित सर्वोच्च अदालतको संवैधानिक इजलासले कांग्रेस सभापति शेरबहादुर देउवाको निवेदन टुंग्याएपछि मात्रै अरु निवेदनमाथिको सुनुवाइ शुरु गर्ने भएको छ।
बुधबारको सुनुवाइ पछि जारी आदेशमा सर्वोच्च अदालतको संवैधानिक इजलासले अन्तिम बहस अघि ७ दिन भित्र सबै विपक्षी लिखित पेस गर्न समेत भनेको छ।
सर्वोच्चले सुनुवाइलाई व्यवस्थित गर्न र कोभिड महामारीतर्फ ध्यान दिनका लागि ९ बुँदे निर्देशन पनि जारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।