काठमाडौं– भारतीय विदेशमन्त्री सुश्मा स्वराजले जनकपुरसँग जोडिएर गलत बोलेको भन्दै माफी मागेकी छिन्। विदशमन्त्री स्वराजले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावअघि जनकपुरको मैदानबाट लाखौंलाख भारतीयलाई सम्बोधन गरेको बताएको भिडियो सार्वजनिक भएको थियो।
भारतीय विदेश मन्त्रालयमा सोमबार आयोजित वार्षिक पत्रकार सम्मेलनमा भारत सरकारको ४ वर्षको उपलब्धीसम्बन्धी पुस्तक विमोचन गर्दै उनले प्रधानमन्त्री मोदी प्रवासी भारतीयहरु बसेकै ठाउँमा गएर संबोधन गर्ने एक मात्र प्रधानमन्त्री भएको बताएकी थिइन्।
ट्विटरमा सो भिडियो सार्वजनिक भएपछि नेपालका पुर्वप्रधानमन्त्री, सांसददेखि अन्य प्रयोगकर्ताहरुलेसमेत नेपालको राष्ट्रिय अखण्डता तथा सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालहरुमा आलोचना गरेका थिए। कतिपयले सो भनाइलाई लिएर विदेशमन्त्री स्वराजले माफी माग्नुपर्ने समेत बताएका थिए।
आलोचनापश्चात् स्वराजले ट्विटमा लेखेकी छिन्,‘सम्बोधनका क्रममा मेरो तर्फबाट गल्ती भएको छ। त्यसका लागि म विनम्रताका साथ माफी माग्दछु।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।