टोकियो– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उत्तर कोरियासँगको शिखर वार्ता अगाडि नै जापानका प्रधानमन्त्री सिन्जो आबेले भेट्ने भएका छन्।
आवेले शिखरवार्ता भन्दा अगाडि नै आफुहरुका बीचमा भेटवार्ता हुने सहमति भएको सोमबार जानकारी दिएका जापानी राष्ट्रिय समाचार संस्था क्योेदोले जनाएको छ।
उता ट्रम्प–किम वार्ताका लागि आवश्यक वातावरण महत्वपूर्ण आधार व्यक्ति मानिएका दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन पनि सिंगापुरमा हुने शिखर वार्ता सम्मिलित हुनसक्ने सोमबार ब्लु हाउसले जनाएको थियो।
ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीचको शिखर वार्ता आगामी जुन १२ मा सिङ्गापुरमा हुने भनिएको छ।
यसअघि भङ्ग हुने आशंकाका बीच शिखर वार्ता पुनः निर्धारित समयमै हुने भएपछि त्यसको आन्तरिक तयारी दुवैतर्फका अधिकारीहरुले सुरु गरेका छन्।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्व निर्धारित समयको वार्ता नहुने भएको भनी घोषणा गरेपछि त्यसप्रति आफू निकै दुःखी भएको बताएको उत्तर कोरियाले पनि अहिले वार्ताको आवश्यक तयारी सुरु भएको जनाएको छ।
वार्ताको तयारीकै लागि अमेरिकाको एक प्रतिनिधिमण्डल उत्तर कोरिया पुगेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।