रियाद– साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले महिलालाई पनि सवारी चालक बन्न खुल्ला गर्ने तयारी गरेको छ।
दशकौँको प्रतिबन्धपछि आउँदो जुन २४ देखि महिलाले सवारी साधन चलाउन पाउने व्यवस्था गर्न लागिएको मन्त्रालयले पुष्टि गरेको छ।
सहायक आन्तरिक मामिला मन्त्री सइद अल कतानीले कार चलाउन सक्नेहरूले कार चलाउन पाउने बताए।
ट्राफिक नियमको उल्लङ्घन वा अन्य गल्ती गरेमा महिला चालकहरुले पनि पुरुष चालकजस्तै सजाय तथा जरिवानाको भागिदार हुने मन्त्री सइदले जानकारी दिएका अल अरेबीया टेलीभिजनले सोमबार जनाएको छ।
‘जुन महिलाले सवारी साधन चलाउछन्, उनीहरु हाम्रा छोरी वा दिदीबहिनी आदि हुन्। उनीहरु विरुद्ध हुने हिंसा रोक्नु हाम्रो कर्तव्य हो।,’ उनले भने।
सुरक्षा चेकजाँच र ट्राफिक व्यवस्थापन पनि महिला चालकलाई ध्यान दिनेगरी मिलाइएको उनले जानकारी दिए। साउदी राजा सलमान विन अब्दुलाजिज अल साउदले गत सन् २०१७ को नोभेम्बरमा नै महिलालाई सवारी साधन चलाउन बन्देज लगाउने व्यवस्था हटाउन निर्देशन दिएका थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।