• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख २४, २०८३ Thu, May 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

उपप्रधानमन्त्री नै बिनाविभागीय, प्रधानमन्त्रीलाई भने ८ वटा मन्त्रालय

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १४, २०७८  २०:११
1140x725

काठमाडौं- संविधानको व्यवस्था, मूल मर्म र भावनाको विपरीत भएको भन्दै सर्वोच्च अदालतले सांसद नभए पनि मन्त्रीमा नियुक्त गरिएका सात जनालाई मन्त्रीको हैसियतमा कुनै पनि काम कारबाही नगर्नू, गर्न नदिनू भन्दै अन्तरिम आदेश दियो। जेठ ६ गतेको यो आदेशपछि सात वटा मन्त्रालय नेतृत्वविहीन बनेका छन्।

यसरी पद गुमाउनेमा रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दाबा लामा छन्। उनीहरु सबै माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाउनेहरु हुन्।

सात मन्त्री पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुले सम्हालेका मन्त्रालयहरु क्रमशः गृह; ऊर्जा, जलस्रोत तथा सिँचाइ; उद्योग, वाणिज्य तथा आपूर्ति; शहरी विकास; खानेपानी; श्रम, रोजगार तथा सामाजिक सुरक्षा; युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाले।

प्रधानमन्त्रीले यसअघिदेखि नै रक्षा मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्दै आएका छन्। उनले २०७७ असोज २८ गते भएको मन्त्रिपरिषद् पुनर्गठनमा सो मन्त्रालयको जिम्मेवारी आफैंले लिएका थिए। त्यसअघि सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएका थिए। उनी २०७४ फागुन १५ गते सो पदमा नियुक्त भएका थिए।

२०७७ असोज २८ गतेको मन्त्रिपरिषद् पुनर्गठनमा पोखरेलको मन्त्रालय खोसिएको थियो। त्यसपछि उनलाई उपप्रधानसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी दिइएको थियो। त्यतिबेला उनलाई थप जिम्मेवारी दिइएको र मन्त्रालयहरुबीचको समन्वय गर्ने खालका चर्चा चलेका थिए। तर, थप जिम्मेवारी दिइएको छैन।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी भनिए पनि उनलाई मूलतः बिनाविभागीय मन्त्री भनेर बुझिन्छ। अहिले मन्त्रिपरिषद्को बनोट हेर्दा दोस्रो वरियतामा रहेका उपप्रधानमन्त्री पोखरेलले जिम्मेवारी पाएका छैनन्, प्रधानमन्त्री ओली भने आठ/आठ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन्।

यसअघि पनि मन्त्रालय खालि हुने गरेका थिए। तर, प्रधानमन्त्री ओलीले सामान्यतयाः अर्को मन्त्रीलाई नै जिम्मेवारी तोक्ने गरेका थिए। जस्तो, सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका गोकुल बाँस्कोटाले कमिसनको विवादपछि राजनीनामा दिए। उनको राजीनामापछि प्रधानमन्त्री ओलीले सो मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री समेत रहेका युवराज खतिवडालाई दिए। कतिपय बेला खालि हुन आएका मन्त्रालय ओली आफैंले नै सम्हालेका पनि छन्।

यसपटक सात वटा मन्त्रालय खालि हुँदा उनले नयाँ मन्त्री नियुक्ति पनि गरेका छैनन्, भएकै मन्त्रीलाई जिम्मेवारी थपेका पनि छैनन्।

nimb
nimb
Ncell 2
Ncell 2

बिनाविभागीय मन्त्री रहेका पोखरेलप्रति प्रधानमन्त्री केपी शर्मा ओलीको रुचि देखिँदैन। पार्टीदेखि मन्त्रिपरिषद्सम्म ओलीले पोखरेललाई आफूबाट ‘बाहिर जान पनि नदिने, भित्र पनि नराख्ने’ खालको उपाय अपनाएका छन्। मन्त्री बन्ने बेलातिर पोखरेलको रुचि अर्थ मन्त्रालयमा थियो। त्यसका लागि निकै प्रयास पनि गरेका थिए। तर, ओलीले ‘बन्ने भए ठीकै छ, नभए पनि ठीकै छ’ भन्ने शैलीमा उनलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिएका थिए।

रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका पोखरेलले सेनासँग सहज सम्बन्ध बनाउन नसकेको टिप्पणी ओलीले गरिरहन्थे। सेनाले उनको बारेमा प्रधानमन्त्री ओलीसँग गुनासो गरेका खबर पनि सार्वजनिक भएका थिए। अर्कोतिर, कोरोना महामारीसँग जुध्ने सरकारको शक्तिशाली संयन्त्रको नेतृत्व गर्ने जिम्मेवारी पाएका पोखरेल स्वास्थ्य सामग्री खरिदमा समेत विवादमा तानिए। 

त्यसो त, प्रधानमन्त्रीले कोरोनासँग जुध्नका लागि अघि बढाइएका खरिद प्रक्रियाका सूचना पोखरेलकै कारण चुहिएका र विवादमा परेको भन्दै असन्तुष्टि व्यक्त गरेका जानकारहरु बताउँछन्। त्यसैले त्यस्ता प्रक्रियामा बीचमा देखिने पोखरेललाई हटाएर सोझै आफैं अघि बढ्न सहज होस् भनेर पनि उनको रक्षा मन्त्रालयको जिम्मेवारी खोसिएको बताइन्छ।

यतिबेला सरकारमा सहभागी हुन जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा छ। तर, प्रतिनिधि सभा विघटनको मुद्दामाथि सर्वोच्चमा बहस चलिरहेकाले त्यसको फैसला नआई अघि बढ्न उनीहरु हच्किरहेका छन्।

फैसलामार्फत् प्रधानमन्त्रीको कदम सदर भयो भने पनि ६ महिने मन्त्री बन्न जाने कि नजाने भन्ने अन्योल रहेको जसपाका कतिपय नेताहरु बताउँछन्। अहिल्यै सरकारमा सहभागी हुँदा पनि केही गरि प्रतिनिधि सभा पुनःस्थापित भइदियो भने सरकार ढल्ने सम्भावना छ। त्यसो हुँदा केही हप्ताको लागि सरकारमा सहभागी हुँदा आलोचित भइन्छ भन्ने हिसाबकिताब पनि जसपाभित्र भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८  २०:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू
सम्बन्धित सामग्री
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले १२ वटा ट्रेड युनियन दर्ता खारेज गर्ने निर्णय... बुधबार, वैशाख २३, २०८३
प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा जगदीश अग्रवाल नियुक्त हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा.अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। बुधबार, वैशाख २३, २०८३
ओलीजीमा जस्तै बालेनजीमा पनि जे गरे पनि हुन्छ भन्ने भ्रम देखियो : सभापति थापा संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै थापाले ओलीको जस्तै भ्रमबाट सरकार मुक्त हुनुपर्ने उनले बताएका हुन् । बुधबार, वैशाख २३, २०८३
ताजा समाचारसबै
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
जल तथा मौसम विज्ञान सेवाको क्षमता विस्तार र स्तरोन्नति गरिने बुधबार, वैशाख २३, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार, वैशाख २३, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सरकारले खारेज गर्‍यो १२ वटा ट्रेड युनियनहरू बुधबार, वैशाख २३, २०८३
ट्रेड युनियन कार्यालयहरू बन्द गरेर तोकिएको जिम्मेवारीमा तत्काल फर्कन कर्मचारीलाई सरकारको निर्देशन मंगलबार, वैशाख २२, २०८३
विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त बुधबार, वैशाख २३, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्