काबुल– अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा भएको हवाई कारबाहीमा परी कम्तीमा १९ जना तालिबान तथा आइएसका लडाकू मारिएका छन्।
मारिनेमा दुई जना इस्लामिक स्टेट्स् (आईएस)का लडाकू कमाण्डर समेत रहेको रक्षा मन्त्रालयका अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।
‘हस्का मिना जिल्लामा शनिबार भएको आक्रमणमा १९ जना आइएस लडाकू मारिएका छन्,’ मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ। मारिने दुई जना कमाण्डरमा क्वारी इसरार र मुल्लाह हासघार रहेका छन्।
उक्त विज्ञप्तिमा नेटोसहितको अफगान हवाई सेना वा अमेरिकी नेतृत्वको गठबन्धन सेनामध्ये कसले हवाई हमला गरेको हो भन्ने बारेमा भने स्पष्ट पारिएको छैन।
काबुलदेखि १ सय २० किलोमिटर पूर्वमा पर्ने उक्त पहाडी प्रान्तमा सरकारी सेना र लडाकूका बीचमा बेला–बेलामा भिडन्त हुने गरेको छ । रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।