• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विपक्षी गठबन्धनले रिटमा गरेका मुख्य ५ मागदाबी

64x64
दुर्गा दुलाल सोमबार, जेठ १०, २०७८  १६:३०
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले शुक्रबार मध्यरातमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध प्रतिनिधि सभाका बहुमत सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी (उपेन्द्र यादव पक्ष) र राष्ट्रिय जनमोर्चाका नेताहरुले सोमबार रिट दायर गरेका हुन्। 

रिटमा जेठ ७ गते मध्यराति बसेको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय खारेजीको माग गरिएको छ। 

यस्तै, संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार गठनको आह्वान हुँदा १४९ जना सांसदसहित प्रधानमन्त्रीमा दाबी पेस गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेशको मागसमेत गरिएको छ।

यस्ता छन् रिटका मुख्य मागदाबी 

विपक्षी गठबन्धनका १४६ सांसदको हस्ताक्षरसहित दायर गरिएको रिट निवेदनमा मुख्य रुपमा पाँचवटा मागदाबी गरिएको छ। रिट निवेदनमा संसद विघटन बदरदेखि विपक्षी गठबन्धनका तर्फबाट शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गराउने आदेश जारी गराइ पाउँ भन्नेसम्मका मागदाबी समेटिएको छ। 

रिटको मुख्य मागका रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई बदर गराइ पाउँ भन्ने छ। त्यसपछिको प्रमुख माग विपक्षी गठबन्धनको समर्थन रहेका प्रधानमन्त्रीका दाबेदार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दै शपथ गराउन अन्तरिम आदेश जारी हुनुपर्ने माग छ। 

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेअनुसार विपक्षी गठबन्धनले आवश्यक बहुमतभन्दा धेरै सांसदको हस्ताक्षर वुझाएको दाबी रिट निवेदनमा छ। प्रतिनिधि सभाका कूल २७२ सांसदमध्ये ४ जना निलम्वनमा रहेका र बहुमत सिद्ध गर्न १३६ आवश्यक पर्नेमा त्योभन्दा धेरै सांसदहरुको हस्ताक्षरसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी गरिएको रिटमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर, अल्पमतमा रहेको घोषणा गरेर उपधारा (५) अनुसारको प्रक्रिया शुरु गर्न सिफारिस गर्ने प्रधानमन्त्रीले आफूसँग बहुमत रहेको भन्ने गलत दाबीलाई देखाएर देउवाको दाबीलाई खारेज गर्ने राष्ट्रपतिको कार्य गैरसंवैधानिक भएको दाबी पनि रिटमा गरिएको छ। 

धारा ७६ (३) अनुसार अल्पमतको सरकारको नेतृत्व गरेका तथा बहुमत जुटाउन नसक्ने घोषणा गरेर उपधारा (५) अनुसारको पक्रिया अगाडि बढाउन अनुरोध गरेका प्रधानमन्त्री ओलीले आफू पनि बहुमतमा रहेको भनि गरेको दाबी पनि अवैधानिक भएको दाबी गरिएको छ। 

ओलीले कुनै पनि सांसदको हस्ताक्षरसमेत पेस नगरेकाले उक्त प्रस्ताव स्वत: खारेजभागी भएकाले प्रधानमन्त्रीको रुपमा देउवालाई नियुक्त गर्नू भनि अन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी रिटमा छ। देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै शपथ समेत गराउन राष्ट्रपति कार्यालय शीतलनिवासको नाममा अन्तरिम आदेश जारी हुनुपर्ने जिकिर गरिएको छ। 

ओली अवैधानिक प्रधानमन्त्री

रिटमा केपी शर्मा ओली अवैधानिक रुपले प्रधानमन्त्री पदमा रहेको जिकिर पनि गरिएको छ। संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत लिन नसक्ने भएकाले मार्ग प्रशस्त गर्दै उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रियाका लागि बाटो खुल्ला गरेको तर्क प्रधानमन्त्रीले सार्वजनिक रुपमा गरेको र राष्ट्रपति भण्डारीले पनि सरकार गठनको आह्वान गर्दा यही शव्द विज्ञप्तिमा उल्लेख गरेकाले उनी अवैधानिक रुपमा प्रधानमन्त्रीमा कायम रहेको जिकिर रिटमा गरिएको छ। 

उपधारा (३) को प्रधानमन्त्री कायम हुँदाहुँदै उपधारा ५ मा सरकार गठन हुन नसक्ने भएकाले यो प्रक्रिया शुरु भएपछि उनी प्रधानमन्त्री पदबाट पदमुक्त भएको तर, राष्ट्रपति कार्यालयले उनलाई कामचलाउको जिम्मेबारी नदिनु गैरसंवैधानिक भएको जिकिर रिटमा गरिएको छ। 

उपधारा ५ को ब्याख्या 

निवेदनमा उठाइएको अर्को मुख्य बुदाँ हो- संविधानको धारा ७६ को उपधारा (५) को ब्याख्या गराइ पाउँ भन्ने। प्रधानमन्त्री र राष्ट्रपति कार्यालयबाट यसको गलत ब्याख्या भएको जिकिर रिटमा गरिएको छ। 

उपधारा ५ भनेको सांसदले मन लागेको व्यक्तिलाई प्रधानमन्त्री बन्नका लागि सर्मथन गर्न सकिने धारा भएको जिकिर रिटमा उल्लेख छ। यो उपधारा अनुसारको प्रक्रियामा दलको ह्वीप नलाग्ने, पार्टीले निर्णय गरेर नहुने र सांसदकै हस्ताक्षर आवश्यक हुने व्यवस्था गरिएको जिकिर गरिएको छ। दलको निर्णय, ह्वीप लाग्ने र अन्य व्यवस्थाको अभ्यास उक्त धाराको १ देखि ३ सम्म हुने र त्यसबाहेक अवस्थाका लागि उपधारा ५ मा राखिएको दाबी रिटमा गरिएको छ। 

अन्तरिम आदेशबाटै संसद पुन:स्थापना

प्रतिनिधि सभाले सरकार दिनसक्ने अवस्थासम्म विघटन नहुने भनि यसअघि फागुन ११ गते सर्वोच्चले गरेको फैसलामा समेत भनिएको र अहिले वैकल्पिक सरकार गठनको लागि प्रष्ट बहुमत देखिएको अवस्थामा विघटन भएकाले पुन:स्थापना हुनुपर्ने जिकिर निवेदनमा गरिएको छ। त्यस्तै, सर्वोच्च अदालतबाटै प्रतिपादन भएका विगतका नजिरहरु समेतको विपरीत हुने गरि प्रतिनिधि सभा विघटन भएकाले यसलाई तत्काल शुचारु गर्न माग गरिएको छ। 

रिटमा बजेट अधिवेशन शुरु हुने समय आएको र संविधानले जेठ १५ गतेभित्र वजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था गरेकाले अन्तरिम आदेश जारी हुनुपर्ने मागदाबी पनि उल्लेख छ। अन्तरिम आदेश जारी हुन सकेन भने अपुरणीय क्षति भइ संविधानकै उल्लंघन समेत हुने अवस्था आउने निवेदनमा उल्लेख छ। 

यस्तै, कोरोना महामारी नियन्त्रणका लागि पनि सरकारले काम गर्नुपर्ने भएकाले यसको निकासका लागि तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने रिटमा उल्लेख छ। त्यस्तै निवेदनलाई अग्राधिकार दिइ सुनुवाइ गरेर फैसला गरिदिन पनि निवेदनमा माग गरिएको छ।

निर्वाचनमा हुने खर्च रोक्न तत्काल अन्तरिम आदेश माग

निर्वाचनमा हुने तयारी खर्च लगायत अन्य कार्यहरु रोक्न तत्काल अन्तरिम आदेश जारी हुनुपर्ने माग रिटमा गरिएको छ। अन्तरिम आदेश जारी नभएमा राज्यको ढुकुटीबाट अर्बौको रकम खर्च हुनसक्ने देखिएकाले तत्काल अन्तरिम आदेश जारी गरेर निर्वाचन सम्बन्धि कुनै पनि तयारी नगर्न नगराउन निर्वाचन आयोगका नाममा अन्तरिम आदेश माग गरिएको छ। निर्वाचन आयोगले मतपेटिका खरिद लगायत निर्वाचनको तयारीसम्बन्धि कार्य सुरु गरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १६:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्