• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

विमान दुर्घटनामा दुई आत्मीय साथी गुमाएका सुवास भन्छन्– अझै पनि फर्केर आउँछन् कि जस्तो लाग्छ

64x64
नेपाल लाइभ शनिबार, जेठ १२, २०७५  १४:३१
1140x725

सिलेट (बंगलादेश)– बंगलादेशको राजधानी ढाकाबाट २ सय ३८ किलोमिटर पूर्वतर्फको सिलेट शहर। शहरसँगै टाँसिएको ‘जलालावाद राघिव रवैया मेडिकल कलेज’। कलेज वरपरको क्षेत्रमा चियाबगान। चियाबगानकै एक छेउमा मेडिकल कलेजमा अध्ययन गर्ने छात्रहरुका लागि ‘ब्वाइज होस्टल’। ७ तले होस्टलको आँगनमा जेठको ५ गते शनिबार हामी पुग्दा केही विद्यार्थी क्रिकेट खेलिरहेका थिए। 

त्यही टिममा थिए नेपाली विद्यार्थी शत्रुधन यादव। यादवसँग कलेज र नेपाली विद्यार्थीको अवस्थाका विषयमा सामान्य जानकारी लिएपछि हामीले उनलाई गत फागुन २८ गते भएको युएस–बाङ्ला विमान दुर्घटनाका विषयमा सोध्यौं। उक्त कलेजमा तीन सयभन्दा बढी नेपाली अध्ययन गरिरहेका रहेछन्। यादवले विमान दुर्घटनामा मृत्यु भएका सञ्जीव पौडेल र सञ्जीव महर्जनसँगै एउटै कोठामा बस्ने दाइहरु माथि कोठामा रहेको जानकारी दिए। 

उनैले हामीलाई होस्टलको पाँचौं तलामा पुर्‍याए। भर्‍याङ छेउको एउटा कोठामा छिरेर भित्र रहेकासँग भने, ‘दाइ, तपाईँलाई भेट्न नेपालबाट दुई जना पत्रकार आउनुभएको छ। सायद विमान दुर्घटनाको विषयमा कुरा गर्नुहुन्छ होला।’

उनको कुरा सुनेपछि र हामीलाई देखेपछि कोठाभित्र रहेका दुई विद्यार्थी केही आत्तिएको जस्तो देखिए। हामीलाई त्यहाँ भेट गराएर यादव तल झरे।

कोठाभित्र दुई जना थिए। विमान दुर्घटनामा दुई जना आत्मीय साथी गुमाउनुपरेको शोकबाट उनीहरु अझै बाहिर निस्कन नसकेको उनीहरुको अनुहारको भावले बताइरहेको थियो।  हामीले नेपालबाट आएको र ढाकाबाट भर्खरै आइपुगेको बताएपछि उनीहरुले कोठाभित्र बस्न भने। ढाकादेखि ६ घन्टाको गाडीको यात्राका कारण हामी पनि केही थकित थियौं। 

परिचय आदानप्रदान भयो। पहिलो परिचय दिए सुवास आचार्यले, त्यसपछि नरेश मण्डलले। कोठामा उनीहरुसँगै बस्ने अर्का साथी सुजन खड्का भने ड्युटी परेका कारण अस्पतालमा थिए।
एमबिबिएसको पढाइ सकेर उनीहरु ‘जलालावाद राघिव रवैया मेडिकल कलेज’को शिक्षण अस्पतालमा इन्टर्नसिप गर्दै छन्।

०००

पाँचौं तलामा रहेको उक्त कोठा अंग्रेजी अक्षर ‘जेड’ आकारको छ। कोठामा चार वटा खाट र आवश्यक खित्रिङमित्रिङ सामान छन्। भित्तामा कतै पेन्टिङ छ भने कतै फुटबल खेलाडीका तस्बिर, क्यालेन्डर र परिवारको फोटा छ। कोठाको एक छेउमा चार जना साथी अंकमाल गरेको तस्बिर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तस्बिर नियालेको देखेपछि सुवासले भने, ‘यो तस्बिरमा म, सुजन र विमान दुर्घटनामा ज्यान गुमाउने दुई जना सञ्जय छन्।’

कोठामा चार वटा मात्र खाट भएका कारण नरेश भने छेउको अर्को कोठामा बस्ने रहेछन्। पाँचै जना मिल्ने साथी भएकाले अधिकांश समय उनी पनि त्यही कोठामा भेटिन्छन्।

०००

सहकर्मी मित्र सीताराम कोइराला र मैले सरसर्ती कोठा नियालेको देखेपछि छेउको कुर्सीमा बसेका सुवासले प्रश्न गरे ‘पानी पिउनुहुन्छ कि?’ 

Xtrem

Xtrem

‘हुन्छ,’ हामीले उत्तर दियौं।

केही समयको मौनतापछि हामीले विमान दुर्घटनाको विषयमा कुरा गर्न चाहेको बतायौं।

सुवास बोले, ‘यो विषयमा हामीले अहिलेसम्म कोहीसँग पनि कुराकानी गरेका छैनौँ। यहाँसम्म कि हाम्रै आफन्तसँग पनि विस्तृत कुराकानी भएको छैन।’

हामीले अनुहारबाटै उनीहरुको पीडा र शोक पढिरहेका थियौं। त्यसबारे उनीहरुलाई भन्यौं पनि।

हाम्रो कुरा सुनेपछि सुवास एकछिन मौन भए अनि बोले ‘ठीकै छ, हजुरहरु नेपालदेखि यहाँसम्म आउनुभएको छ, केही कुरा सेयर गर्छु।’

उनले फेरि थपे, ‘तपाईँहरु स्वास्थ्यखबर र नेपाल लाइभबाट आउनुभएको रहेछ। अरु अनलाइनको जस्तो जथाभावी हेडलाइन राखेर कन्टेन बिकाउनुहुन्न। त्यसकारण हाम्रो कुराकानी पनि त्यही हिसाबले आउँछ भन्ने विश्वासका साथ कुरा सुनाउँदै छु।’

०००

सुवासले सुनाएका कुरा उनकै शब्दमाः

हामी पाँच जना एकदमै मिल्ने साथी हौं। हाम्रो चिनजान साढे ५ वर्षअघि नेपालमै भएको हो। बंगलादेशमा एमबिबिएस पढ्न आउनुभन्दा तीन महिना जति अगाडि चिनजान भएको थियो। कन्सलटेन्सीमा अध्ययनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा हामीबीच परिचय भएको थियो। त्यसपछि हामी सधैं सँगै भयौं।

पाँच वर्षसम्म यही कोठामा बस्यौं। एउटै थालमा खाना खाने साथी थियौं। साथीभन्दा पनि दाजुभाइ जस्तै थियौं। हामीबीच सबै कुरा सेयर हुन्थ्यो।


सञ्जय पौडेल, सुजन खड्का, नरेश मण्डल, सञ्जय महर्जन र सुवास आचार्य


हाम्रो ५ वर्ष कसरी बित्यो, पत्तै भएन। अन्तिम परीक्षा सकिएपछि हामी एकैसाथ नेपाल फर्कन लागेका थियौं। नरेशको कान नजिकैको हड्डीको शल्यक्रिया गर्ने कुरा भएको थियो। त्यही भएर हामी विमान दुर्घटना हुने दिनभन्दा ५/७ दिनपछि जाने योजनामा थियौं।

तर, नरेशको कानको शल्यक्रिया अलि पछि गर्ने कुरा भयो। नरेशको घर सिरहा हो, त्यसैले ऊ अरु साथीहरुसँग बसबाट घर जाने भयो। 

सञ्जय पौडेलको दिदी जापानबाट त्यही दिन नेपाल आउने कुरा थियो। त्यही भएर ऊ पनि त्यही दिन काठमाडौं पुग्ने कुरा भयो। हामीले टिकटको विषयमा बुझ्यौं। दुई वटा टिकट पाइयो। त्यसपछि सञ्जय पौडेल र सञ्जय महर्जन जाने टुंगो लाग्यो। मेरो भने भोलिपल्टको टिकट भयो। 

युएस–बाङ्लाको विमानमा जानुहुँदैन भनेर मैले पहिलेदेखि नै भनेको थिएँ। मलाई त्यो एयरलाइन्स कहिले पनि मन परेन। मैले साथीहरुलाई पनि भनेँ। तर, सञ्जय पौडेलले दिदी त्यही दिन आइपुग्ने भएकाले पोखरा जाँदा सँगै जान हुन्छ भनेपछि उनीहरु दुई जना गएका थिए। हाम्रो कलेजका अरु साथीहरु पनि त्यही विमानमा गएका थिए।

सिलेटबाट ढाका पुग्न समय लाग्ने भएकाले दुई जना सञ्जय अघिल्लो दिन राति होस्टलबाट हिँडेका थिए। ढाका पुगेपछि पनि हाम्रो फोनमा कुरा भएको थियो। अरु बेला पनि आधा घन्टा भेट भएन भने पनि हामी फोन गरेर कहाँ के गरिरहेको भनेर सोधखोज गरिहाल्थ्यौँ। त्यो दिन पनि हाम्रो कुरा भइरहेको थियो। सञ्जय महर्जनले त प्लेनमा चढेपछि पनि मलाई फोन गरेको थियो। तर, म त्यही बेलामा बाथरुम गएकाले उठाउन पाइनँ। मेरो फोन नउठेपछि उसले हामी उड्यौँ है भन्दै म्यासेज पठाएको रहेछ। मैले कल गर्दा उसको मोबाइल अफ भइसकेको थियो।

उनीहरु उडेको केही घन्टापछि अनलाइन पोर्टलमा विमान दुर्घटना भएको खबर आयो। सुरुमा त विमानको टायर मात्र बिग्रेको, टायरबाट धुवाँ आएको भन्ने खबर आएको थियो। एयरपोर्टको रनवेबाट बाहिर चिप्लिएर धुँवा आएको खबर आएकाले उनीहरुलाई केही भएको छैन भन्नेमा ढुक्क थिएँ। म्यासेन्जर हेरेँ, उनीहरुको म्यासेज आएको थिएन।

तर, बिस्तारै दुर्घटना ठूलै भएको, यात्रुहरुको मृत्यु भएको खबर आउन थाल्यो। हामीलाई डर लाग्दै गयो। घरमा फोन गरेँ। दुर्घटना भएको र धेरै जनाको मृत्यु भएको जानकारी पाएँ। समाचार हेर्दै बसेँ। नामहरु आउन थाल्यो। हामी पढिरहेकै कलेजका १३ जना परेको खबर आयो। केही बाँचेको खबर आएपछि आफ्नै साथी हो कि जस्तो लागेको थियो। 

तर, पछि हाम्रा ती आत्मीय साथीहरुको नाम पनि मृतकको सूचीमा आयो। म त केही बोल्न नसक्ने अवस्थामा पुगेँ। मैले त अझै पनि पत्याउनै सकेको छैन। सपना झैं लागिरहेको छ। अझै पनि मलाई उनीहरु फर्केर आउँछन् कि जस्तो लाग्छ।

नरेशले भने भोलिपल्ट मात्र थाहा पाए

सडक मार्ग हुँदै गाडीमा नेपालतर्फ लागेकाले नरेशले भने दुर्घटनाको खबर भोलिपल्ट थाहा पाएछन्। 

छेउमा रहेका नरेश बोले, ‘झापा काँकडभिट्टा पुगेपछि मात्र मैले विमान दुर्घटनाको जानकारी पाएको हुँ। मोबाइल चलेको थिएन। काँकडभिट्टा पुगेपछि बल्ल नेट चलाएको थिएँ। त्यहाँ पुगेपछि सुन्दा त म आत्तिए। पत्याउनै गाह्रो लाग्यो।’

०००

नरेशले कुरा सुनाइरहँदा सुवासको आँसु झर्न मात्र बाँकी थियो। वातावरण भारी बन्न नदिने बहानाको खोजीमा हामीले उनीसँग पानी पिउने इच्छा व्यक्त ग¥यौँ। त्यसपछि कलेज वरिपरीको चिया बगान र पढाइका विषयमा कुरा गर्‍यौं। 

त्यसै क्रममा सुवास आफैंले छेउको दुई खाट देखाउँदै भने, ‘यो छेउको सञ्जय पौडेलको अनि त्यो झ्याल नजिकको चाहिँ सञ्जय महर्जनको खाट हो।’ 

दुवै खाटमा सिरक–डस्ना पल्टाएर राखिएको थियो। 

‘उनीहरुले नै मिलाएर गएको सिरक–डस्ना र खाट जस्ताको त्यस्तै छ,’ सुवासले भने, ‘मैले ती सामान छुन समेत सकेको छैन।’ 

खाट छेउमै थिए किताबले भरिएका र्‍याक अनि दराजमा उनीहरुका कपडा लगायतका अन्य सामग्री। खाट छेउकै भुइँमा थियो, राइस कुकर। 

सुवासले थपे, ‘त्यो दिनदेखि यो राइसकुकरमा खाना समेत पाकेको छैन। उनीहरुले जस्तो छाडेका थिए, त्यस्तै छ।

भित्तामा पेन्टिङ

विमान दुर्घटनामा मृत्यु भएका दुवै सञ्जय पेन्टिङ र चित्र समेत बनाउँथे। उनीहरुले भित्तामा आफ्नै साथीहरुको चित्र बनाएर राखेका छन्। यस्तै, फुटबल टिम लिभरपुलका फ्यान भएका कारण भित्तामा लिभरपुलको झन्डामा भएको जस्तो चराको पेन्टिङ समेत छ। 

सामान नेपाल पठाउने तयारी

दुर्घटनामा मृत्यु भएका दुवै जनाको सामान नेपालमा पठाउने तयारी साथीहरुले गरिरहेका छन्। कार्गो गरेर सामान पठाउनुपर्ने भएकाले खर्च र प्रक्रिया मिलाउन समस्या परिरहेको सुवासले जानकारी दिए। ढाकास्थित नेपाली राजदूतावासले सामान पठाउन आवश्यक प्रक्रियामा सहयोग गरेको छ। तर, त्यसका लागि लाग्ने खर्च भने नभएका कारण उनीहरुले नेपाल सरकार र कलेजसँग आग्रह गरेका छन्। कलेजले मौखिक रुपमा केही सहयोग गरेको छ।

नेपाल सरकारबाट सहयोग भएन

दुर्घटनामा ज्यान गुमाएका नेपालीप्रति नेपाल सरकारले सहयोग नगरेको भन्दै सुवासले सरकारको आलोचना पनि गरे। क्षतिपूर्तिमा समेत विभेद भएको उनको गुनासो छ। 

‘त्यत्रो नेपालीको मृत्यु भयो, छोराछोरी र आफन्त गुमाएर शोकमा परेका परिवारलाई नै दुःखमाथि दुःख थप्ने काम मात्र गर्‍यो नेपाल सरकारले।’ 

उनले साथीको शव ८ दिनपछि मुस्किलले अस्पतालबाट निकालिएको जानकारी दिए। पीडित परिवारको दुःखमा मल्हम लगाउन र उनीहरुको समस्या समाधानका लागि कलम चलाउनुपर्ने नेपालका मिडियाले पनि साथ नदिएको भन्दै उनले गुनासो गरे।

००

करिब डेढ घन्टाको बसाइपछि हामी त्यहाँबाट बाहिर निस्कियौँ। निस्कने क्रममा सुवासले भने, ‘दाइ, सरकारको आँखा खुल्नेगरी लेखिदिनुस् ल।’

प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?
सम्बन्धित सामग्री
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइस... सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपको पृष्ठभूमि सुनसरीको देवानगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न तनावसँग जोडिएक... सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? आज(सोमबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फका वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रे... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्