• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहिले हुन्छ उत्तर कोरिया र अमेरिकाबीच भाँडिएको वार्ता?

64x64
नेपाल लाइभ शनिबार, जेठ १२, २०७५  ०९:०१
1140x725

काठमाडौं- गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे। 

यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ। बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो र त्यसको साक्षी राखेको थियो अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारहरु। ती पत्रकारले उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काएको आवाज सुनेको, देखेको समाचार सम्प्रेषण गरे। तर यस लगत्तै अमेरिकाले भने यस्तो घोषणा गर्यो जसलाई कोरियाले नमिठो मानेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएपछि उत्तर कोरियाले भनेको छ- हाम्रो इमान्दारी र सदासयतालाई कमजोरीका रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौँ, तर दक्षिण कोरिया र अमेरिकाले हाम्रो मात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन्। 

कोरियाको तर्क किन पनि सत्य हो भने गत अप्रिल २७ मा दुई कोरियाबीच यस्तो ऐतिहासिक भेट र सम्झौता भयो कि जुन यी दुई देश सन् ६५ वर्षअघि टुक्रिएपछि राष्ट्रपतिस्तरमा यसरी कहिल्यै भेटेका थिएनन्। अकस्मात् विकसित कूटनीतिक सम्बन्धको यसरी विकास भयो कि यसमा उत्तर कोरियासमेत आणविक अस्त्र उत्पादन रोक्ने मात्र नभएर दुई कोरियाले युद्ध अन्त्यसम्मको सम्झौता गरे। यसलाई महत्वपूर्ण उपलिब्धका रुपमा विश्वव्यापी लिइयो। त्यसयता पनि दुई देशबीच उच्चस्तरका भेटवार्ता भएको छ र परिस्थिति सौहार्द बन्दैछ। 

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको थियो। सो वार्ताप्रति दुवै देश बडो इच्छुक पनि थिए। त्यस वार्ताको मिति तय गर्नुअघि अमेरिका र उत्तर कोरिया तथा दक्षिण कोरियाका उच्चस्तरीय भेटवार्ताहरु भए। राष्ट्रपति ट्रम्पले त्यस भेटमा अभूतपूर्व प्रगति हुने कुरा पनि समय समयका ट्विटहरुबाट आएका थिए। उता उत्तर कोरियाको वार्ताप्रतिको अग्रसरता पनि शब्दमा निकै देखिएको हो, तर यसले सार्थकता पाउन भने सकेन। 

ठीक महिनादिन अघि दुई कोरियाबीच शिखर वार्ता शान्ति भएपछि अमेरिकासँगको पनि वार्ताको कुरा सुरु भयो। वार्ताको प्रस्ताव सुरुमा अमेरिकाले राख्यो, उत्तर कोरियाले स्वीकार गर्‍यो। राष्ट्रपति ट्रम्पका सुरु सुरुका ट्वीटहरु हेर्दा लाग्थ्यो, यी दुई देशबीचको आधा शताब्दी लामो शत्रुताको अब छिटै अन्त्य हुँदैछ। वातावरण करिब महिनादिनसम्म त्यस्तै पनि रह्यो। 

तर पछिल्लो हप्ता भने अनायासै प्रस्तावित वार्ताबारे नकारात्मक समाचारहरु आउन थाले। उत्तर कोरियाले दक्षिणमा जारी रहेको अमेरिकासँगको संयुक्त सैन्य अभ्यास तुरुन्त रोक्न आग्रह गर्‍यो। उत्तरले भन्यो- उक्त सैन्य अभ्यास रोकिएन भने आफूले दक्षिण तथा अमेरिकासँगै पनि वार्ता गर्दैनौं। उत्तर कोरिया हप्ता दिनअघिको दक्षिण कोरियासँगको मन्त्रीस्तरको बैठकमा अनुपस्थित भयो। र उसले भन्यो, यदि सो सैन्य अभ्यास रोकिएन भने अमेरिकासँग पनि वार्तामा बसिँदैन। 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गएको बुधबार उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाए। उनले भने, वार्तामा बस्ने त होइन कि उत्तर कोरियाको हालत लिबियाको जस्तो हुनुपर्छ। उनको आसय थियो, लिबियाका पूर्व शासक माउमर गद्दाफी जस्तै उत्तर कोरियाको पनि हालत हुनेछ। वार्ताको वातावरण तयार भइरहेका बेला अकस्मात पेन्सबाट आएको यस अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोसित भयो। उसको आक्रोसले अमेरिकालाई पनि क्रुद्ध बनायो। तर यो गल्ती आफ्नो होइन भन्छ उत्तर कोरिया। यसरी वार्ताका लागि बनेको वातावरण एकपछि अर्कोगरी विथोलिँदै गयो। 

Ncell 2
Ncell 2
nimb
nimb

सिंगापुरमा हुने वार्ताप्रति अमेरिका र कोरियाहरु मात्र नभएर विश्व नै बढी उत्सुक थियो। विश्वमा आणविक अस्त्रको प्रतिष्पर्धाको त्रास फैलिएको बेला उत्तर कोरिया नै शान्तिका लागि तयार भएको खबरले झन एसियाली क्षेत्र र अझ बढी दुवै कोरियाली नागरिकमा शान्तिको आशा छाएको थियो। अझ कोरियाली नागरिकमा त करिब ६५ वर्षअघि छुट्टिएको पीडालाई एकै कोरिया भएर आफ्ना परिवारका छुट्टिएका सदस्यहरुसँग बाँकी समय बिताउन पाइएला कि भन्ने झिनो आशाले पनि छोएको थियो। तर, त्यो आशामा बिहीबार अकस्मात तुषारापात भएको महसुस उनीहरुको छ। 

सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकोले एकै परिवारका सदस्यहरु पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नुपरिरहेको पीडालाई कम गर्नसके हुन्थ्यो भन्ने कामना गरिरहेका छन्। 

कोरियामा विकसित नाटकीय परिवर्तनले संसारमा नै सकारात्मक तरङ्ग भने ल्याएको छ। यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्मै शान्तिको आशाको सञ्चार भएको छ। बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाइ बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्दको रुप लिन सकोस् भन्ने मनोकांक्षा यतिखेर विश्व र अझ बढी त कोरियाली नागरिक छन्। 

वार्ता रोकिएको पत्र बिहीबार राष्ट्रपति ट्रम्पले उत्तरका नेता किमलाई पठाएका छन्। पत्रमा धेरै कटुता छैन। उनले लेखेका छन्, तपाईँहरुतर्फको आक्रोस र दुस्मनीको भावले गर्दा यो शिखर बैठक जुन १२ मा नगर्नेमा अमेरिका पुगेको छ, तर वार्ता सधैँलाई स्थगित होइन।' अनि उनले नेता किमलाई फोन गर्नु पनि भनेका छन्। फेरि त्यो पत्र पढिसकेपछि उत्तरका नेता किमले पनि आफूहरु अमेरिकासँग जुनसुकै समय पनि वार्तामा बस्न तयार छौं भनेका छन्। 

Xtrem

Xtrem

अमेरिका अझै पनि केही सर्त उत्तर कोरियाले पूरा गर्नुपर्छ भन्छ तर उत्तर कोरिया आफूले गर्नुपर्ने भन्दा बढी गरेका छौँ भन्छ। शान्ति सम्झौता बमोजिम नै अणु अस्त्रको उत्पादन नगरेको तथा परीक्षणस्थल पनि भत्काएको तर यसको मूल्यांकन नभएको उत्तर कोरिया बताउँछ। तर, पनि यतिखेर विश्वको चासो र खोजीको विषय हो, अमेरिका-कोरिया वार्ता किन भाँडियो र कहिले हुन्छ ? यी हरेक प्रश्नले शिखर वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति खोजेको छ। 

- रासस, विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?
सम्बन्धित सामग्री
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी त्रिवि रजिष्ट्रारको कार्यालयअन्तर्गत कर्मचारी प्रशासन महाशाखाका अनुसार हालसम्म ७५ वटा केसबाट करिब १६ करोड ५० लाख रुपैयाँ असुलउपर भइस... सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा साउन १४ गते गोलबजार क्षेत्रमा भएको प्रदर्शन तथा झडपको पृष्ठभूमि सुनसरीको देवानगञ्जमा हिन्दू–मुस्लिम समुदायबीच उत्पन्न तनावसँग जोडिएक... सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? आज(सोमबार) बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फका वरिष्ट सहसचिवहरु डा जगदिश्वर कर्माचार्य, नवीनराज सिह र मिना श्रे... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्