• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, मंसिर २६, २०८२ Fri, Dec 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कहिले हुन्छ उत्तर कोरिया र अमेरिकाबीच भाँडिएको वार्ता?

64x64
नेपाल लाइभ शनिबार, जेठ १२, २०७५  ०९:०१
1140x725

काठमाडौं- गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे। 

यसलाई उत्तर कोरियाले आफूहरुमाथिको अविश्वास भनेको छ। बिहीबार उत्तर कोरियाले ती पारमाणविक परीक्षणस्थलहरु भत्कायो र त्यसको साक्षी राखेको थियो अमेरिका, चीन, बेलायत, दक्षिण कोरियालगायतका पत्रकारहरु। ती पत्रकारले उत्तर कोरियाले आणविक परीक्षणस्थल भत्काएको आवाज सुनेको, देखेको समाचार सम्प्रेषण गरे। तर यस लगत्तै अमेरिकाले भने यस्तो घोषणा गर्यो जसलाई कोरियाले नमिठो मानेको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पको यो घोषणा आएपछि उत्तर कोरियाले भनेको छ- हाम्रो इमान्दारी र सदासयतालाई कमजोरीका रुपमा लिइयो, दक्षिण कोरियासँगको ऐतिहासिक तथा बृहत शान्ति सम्झौतापछि त्यस सम्झौता बमोजिम नै हामीले काम गरिरहेका छौँ, तर दक्षिण कोरिया र अमेरिकाले हाम्रो मात्र दोष देखेका छन्, हाम्रो लचकतालाई महत्व दिएनन्। 

कोरियाको तर्क किन पनि सत्य हो भने गत अप्रिल २७ मा दुई कोरियाबीच यस्तो ऐतिहासिक भेट र सम्झौता भयो कि जुन यी दुई देश सन् ६५ वर्षअघि टुक्रिएपछि राष्ट्रपतिस्तरमा यसरी कहिल्यै भेटेका थिएनन्। अकस्मात् विकसित कूटनीतिक सम्बन्धको यसरी विकास भयो कि यसमा उत्तर कोरियासमेत आणविक अस्त्र उत्पादन रोक्ने मात्र नभएर दुई कोरियाले युद्ध अन्त्यसम्मको सम्झौता गरे। यसलाई महत्वपूर्ण उपलिब्धका रुपमा विश्वव्यापी लिइयो। त्यसयता पनि दुई देशबीच उच्चस्तरका भेटवार्ता भएको छ र परिस्थिति सौहार्द बन्दैछ। 

राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी जुन १२ मा सिंगापुरमा वार्ता हुने भएको थियो। सो वार्ताप्रति दुवै देश बडो इच्छुक पनि थिए। त्यस वार्ताको मिति तय गर्नुअघि अमेरिका र उत्तर कोरिया तथा दक्षिण कोरियाका उच्चस्तरीय भेटवार्ताहरु भए। राष्ट्रपति ट्रम्पले त्यस भेटमा अभूतपूर्व प्रगति हुने कुरा पनि समय समयका ट्विटहरुबाट आएका थिए। उता उत्तर कोरियाको वार्ताप्रतिको अग्रसरता पनि शब्दमा निकै देखिएको हो, तर यसले सार्थकता पाउन भने सकेन। 

ठीक महिनादिन अघि दुई कोरियाबीच शिखर वार्ता शान्ति भएपछि अमेरिकासँगको पनि वार्ताको कुरा सुरु भयो। वार्ताको प्रस्ताव सुरुमा अमेरिकाले राख्यो, उत्तर कोरियाले स्वीकार गर्‍यो। राष्ट्रपति ट्रम्पका सुरु सुरुका ट्वीटहरु हेर्दा लाग्थ्यो, यी दुई देशबीचको आधा शताब्दी लामो शत्रुताको अब छिटै अन्त्य हुँदैछ। वातावरण करिब महिनादिनसम्म त्यस्तै पनि रह्यो। 

तर पछिल्लो हप्ता भने अनायासै प्रस्तावित वार्ताबारे नकारात्मक समाचारहरु आउन थाले। उत्तर कोरियाले दक्षिणमा जारी रहेको अमेरिकासँगको संयुक्त सैन्य अभ्यास तुरुन्त रोक्न आग्रह गर्‍यो। उत्तरले भन्यो- उक्त सैन्य अभ्यास रोकिएन भने आफूले दक्षिण तथा अमेरिकासँगै पनि वार्ता गर्दैनौं। उत्तर कोरिया हप्ता दिनअघिको दक्षिण कोरियासँगको मन्त्रीस्तरको बैठकमा अनुपस्थित भयो। र उसले भन्यो, यदि सो सैन्य अभ्यास रोकिएन भने अमेरिकासँग पनि वार्तामा बसिँदैन। 

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गएको बुधबार उत्तर कोरियामाथि एउटा ठूलो आरोप लगाए। उनले भने, वार्तामा बस्ने त होइन कि उत्तर कोरियाको हालत लिबियाको जस्तो हुनुपर्छ। उनको आसय थियो, लिबियाका पूर्व शासक माउमर गद्दाफी जस्तै उत्तर कोरियाको पनि हालत हुनेछ। वार्ताको वातावरण तयार भइरहेका बेला अकस्मात पेन्सबाट आएको यस अभिव्यक्तिप्रति उत्तर कोरिया आक्रोसित भयो। उसको आक्रोसले अमेरिकालाई पनि क्रुद्ध बनायो। तर यो गल्ती आफ्नो होइन भन्छ उत्तर कोरिया। यसरी वार्ताका लागि बनेको वातावरण एकपछि अर्कोगरी विथोलिँदै गयो। 

Ncell 2
Ncell 2

सिंगापुरमा हुने वार्ताप्रति अमेरिका र कोरियाहरु मात्र नभएर विश्व नै बढी उत्सुक थियो। विश्वमा आणविक अस्त्रको प्रतिष्पर्धाको त्रास फैलिएको बेला उत्तर कोरिया नै शान्तिका लागि तयार भएको खबरले झन एसियाली क्षेत्र र अझ बढी दुवै कोरियाली नागरिकमा शान्तिको आशा छाएको थियो। अझ कोरियाली नागरिकमा त करिब ६५ वर्षअघि छुट्टिएको पीडालाई एकै कोरिया भएर आफ्ना परिवारका छुट्टिएका सदस्यहरुसँग बाँकी समय बिताउन पाइएला कि भन्ने झिनो आशाले पनि छोएको थियो। तर, त्यो आशामा बिहीबार अकस्मात तुषारापात भएको महसुस उनीहरुको छ। 

सन् १९५३ मा कोरिया टुक्रिएर दुई कोरिया बन्न पुगेको र त्यसपछि जो जहाँ छन् त्यहीँ बस्नुपर्ने भएकोले एकै परिवारका सदस्यहरु पनि दुई देशका नागरिक मात्र नभएर ‘शत्रु’ का रुपमा बाँच्नुपरिरहेको पीडालाई कम गर्नसके हुन्थ्यो भन्ने कामना गरिरहेका छन्। 

कोरियामा विकसित नाटकीय परिवर्तनले संसारमा नै सकारात्मक तरङ्ग भने ल्याएको छ। यस तरङ्गका कारण कोरियाली प्रायद्धीपहुँदै विश्वसम्मै शान्तिको आशाको सञ्चार भएको छ। बारम्बारको क्षेप्यास्त्र परीक्षण र अमेरिका र दक्षिण कोरियामाथि नै आक्रमणको धम्कीका कारण गएको वर्षभरि लगभग विश्व राजनीतिको केन्द्रमा रहेको र अमेरिका तथा विश्वकै टाउको दुखाइ बनेको उत्तर कोरियाली नेतामा अहिले देखापरेको यो नरमपनले शान्ति र सौहार्दको रुप लिन सकोस् भन्ने मनोकांक्षा यतिखेर विश्व र अझ बढी त कोरियाली नागरिक छन्। 

वार्ता रोकिएको पत्र बिहीबार राष्ट्रपति ट्रम्पले उत्तरका नेता किमलाई पठाएका छन्। पत्रमा धेरै कटुता छैन। उनले लेखेका छन्, तपाईँहरुतर्फको आक्रोस र दुस्मनीको भावले गर्दा यो शिखर बैठक जुन १२ मा नगर्नेमा अमेरिका पुगेको छ, तर वार्ता सधैँलाई स्थगित होइन।' अनि उनले नेता किमलाई फोन गर्नु पनि भनेका छन्। फेरि त्यो पत्र पढिसकेपछि उत्तरका नेता किमले पनि आफूहरु अमेरिकासँग जुनसुकै समय पनि वार्तामा बस्न तयार छौं भनेका छन्। 

अमेरिका अझै पनि केही सर्त उत्तर कोरियाले पूरा गर्नुपर्छ भन्छ तर उत्तर कोरिया आफूले गर्नुपर्ने भन्दा बढी गरेका छौँ भन्छ। शान्ति सम्झौता बमोजिम नै अणु अस्त्रको उत्पादन नगरेको तथा परीक्षणस्थल पनि भत्काएको तर यसको मूल्यांकन नभएको उत्तर कोरिया बताउँछ। तर, पनि यतिखेर विश्वको चासो र खोजीको विषय हो, अमेरिका-कोरिया वार्ता किन भाँडियो र कहिले हुन्छ ? यी हरेक प्रश्नले शिखर वार्ता र कोरियाली प्रायद्वीपमा शान्ति खोजेको छ। 

- रासस, विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, जेठ १२, २०७५  ०९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्?
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै
सम्बन्धित सामग्री
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै सर्वोच्च अदालतको इजलास नम्बर २ मा उक्त मुद्दाको पेसी तोकिएको हो । शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान आयोगले सबै प्रदेश सरकार र स्थानीय तहहरूलाई आगामी २०८२ माघ मसान्तभित्र राष्ट्रिय योजना आयोगले सञ्चालनमा ल्याएको विद्युतीय प्रणाली www... शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान प्रतिवेदनमा भनिएको छ, “समग्रमा हेर्दा ८४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ बराबरको भएको समितिको मूल्याङ्कन छ, आन्दोलनका क्रममा सातै प्रदेश... शुक्रबार, मंसिर २६, २०८२
ताजा समाचारसबै
पाल्पामा जिप दुर्घटना, ३ जनाको मृत्यु शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
हेटौँडा सडक विस्तार विरुद्धको मुद्दाबारे सर्वोच्चमा सुनुवाइ हुँदै शुक्रबार, मंसिर २६, २०८२
प्रदेश र स्थानीय तहमा समपूरक तथा विशेष अनुदानका लागि प्रस्ताव आह्वान शुक्रबार, मंसिर २६, २०८२
जेन जेड आन्दोलनमा साढे ८४ अर्ब बराबरको क्षति, पुनर्निर्माणमा ३६ अर्ब ३० करोड लागत लाग्ने अनुमान शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
जाहेरवालाका वकिल न्यायाधीशको आफन्त परेपछि रवि-छविको मुद्दा हेर्न नमिल्नेमा बिहीबार, मंसिर २५, २०८२
कुलमान र हितेन्द्रबीच भेट बिहीबार, मंसिर २५, २०८२
राष्ट्रपति पौडेल भेट्न पुगिन् प्रधानमन्त्री कार्की बिहीबार, मंसिर २५, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै, को–को बन्दै छन्? शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्