काठमाडाैं- नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले राष्ट्रपतिले मध्यरातमा डकैती गरेको आरोप लगाएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी नपुग्ने भन्दै खारेज गर्ने निर्णय गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
'मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे,' उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।