भक्तपुर– रिसोर्टमा लगेर महिलालाई बलात्कार गरी फरार भएको अभियोगमा भक्तपुर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ललितपुर महालक्ष्मी नगरवालिका –७ बस्ने विक्रम बस्नेतलाई शुक्रबार भक्तपुरबाटै पक्राउ गरेको हो।
बस्नेतले गत पुस ५ गते सूर्यबिनायक–९ नंखेलस्थित सिटीगाँउ रिसोर्टमा लगेर ती महिलालाई करणी गरी फरार रहेकामा आज उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए।
घटना पुरानो भएपनि एक महिनाअघि मात्र युवतीले जाहेरी दिएकी थिइन्।
पक्राउ परेपछि बस्नेतले सहमतिमै सम्बन्ध राखेको दाबी गरेका छन्। सुरुमा मिलेमतोमै सम्बन्ध राखेपनि पछि बिवाद भएपछि युवतीले उजुरी दिएको प्रहरी आशंका छ। ‘तर युवतीले जाहेरी दिएपछि हामीले मुद्दा दर्ता गर्नेपर्छ,’ परिसरका एक प्रहरी अधिकारीले भने।
अधिकांश बलात्कारका मुद्दामा सहमतिमा सम्बन्ध राख्ने र पछि सम्बन्ध बिग्रिएपछि सहमतिबिना सम्बन्ध राखेको भनेर उजुरी आउने गरेको प्रहरी अधिकारीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।