• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्पतालका पिँढी र छिँडीमा अन्तिम श्वास लिँदै संक्रमित, तर प्रधानमन्त्री भन्छन्- बेडको कमी छैन

64x64
दुर्गा दुलाल शनिबार, जेठ १, २०७८  १४:०८
1140x725

काठमाडौं- ‘यतिबेला हामीसँग अस्पतालहरुमा बेडहरुको खासै कमी छैन। तर, अस्पतालका बेड एकातिर बिरामी अर्कोतिर पर्ने अवस्था छ। बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने सबैको इच्छा हुन्छ ताकि बाँच्न सकियोस्। खास–खास अस्पतालमा मानिस केन्द्रित हुने अरु ठाउँहरुमा बेड रिक्त भएको छ। सबै ठाउँमा बेडहरुको उपलव्धता छ। बेडमात्र हैन अक्सिजनसहितको बेडहरु र आवश्यक मात्रामा अन्य उपकरणसहित चिकित्सक र नर्ससमेत उपलव्ध छन्। अस्पतालमा यी प्रवन्ध गर्ने काममा सरकार लागेको छ। देशभित्र रहेका लिक्विड अक्सिजन प्लान्टहरु सञ्चालन गर्ने अनि विदेशबाट पनि ल्याएर भर्ने काममा सरकार लाग्ने छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारमा पदबहाली गर्नसाथै यस्तो दाबी गरे।  

३ वर्ष बहुमतको सरकार चलाएर अहिले फेरि अल्पमतको सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री ओलीले यस्तो दाबी गरिहँदा देशभर अक्सिजन र बेडको भने हाहाकार भइरहेको छ।

अक्सिजनको अभावमा गत बुधबारमात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको प्रतिवेदन मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।

शुक्रबार २०३ जना संक्रमितले ज्यान गुमाए भने एकै दिन ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भयो। यसरी दैनिक रुपमा यो संख्यामा संक्रमित थपिँदै गर्दा काठमाडौ उपत्यकाकै ठूला अस्पतालहरु संक्रमितले खचाखच छन्।  

टेकु, वीर, ट्रमा सेन्टर, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा बिरामीहरु भित्र राख्ने सम्भावना नभएर आँगनमै राखेर उपचार भइरहेको छ। निजी अस्पतालहरुले अक्सिजन अभावमा बिरामीहरु भर्ना गर्न बन्द गरिसकेका छन्।

कुन अस्पतालको अवस्था के छ? 
प्रधानमन्त्री ओलीले कहिले बालुबाटारबाट विदेशी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएरअवस्था नियन्त्रणमै रहेको दाबी गर्दै आएका छन् भने कहिले अस्पतालहरुमा बेड खालि नै रहेको जिकिर गरिरहेका छन्। 

तर, दैनिक रुपमा गम्भीर संक्रमितको संख्या वढ्दै जाँदा आईसीयू र भेन्टिलेटर मात्र नभएर अक्सिजन र बेड अभाव भइरहेको अस्पतालहरु जनाइरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

अक्सिजनको अभावमा गत बुधबारमात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको प्रतिवेदन मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।

उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्याण्डस, दीर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टारलगायतका अस्पतालहरु तथा रुपन्देहीको युनिभर्सल अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने बताएकोले यो अवस्थाको गम्भीर रुपमा ख्याल गर्न आयोगले सरकारलाई भनेको छ।

आयोगले सरकारले पहिलो लहर शुरु भएदेखि गर्नुपर्ने तयारी नगरेका कारण अहिले देशको अवस्था भयावह भएको निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री भने गल्ती स्वीकार गर्न तयार देखिएका छैनन्।

कोभिडको पहिलो लहर शुरु हुँदा प्रतिनिधि सभामा र राष्ट्रिय सभामा उभिएर 'कोरोना केही होइन सामान्य फ्लू हो' देखि 'नेपालीको रोग प्रतिरोधी क्षमता उच्च रहेकाले तातोपानी र बेसार पानी खान' प्रधानमन्त्रीले सुझाव दिएका थिए।

दोस्रो लहर शुरु हुँदा देशभर आमसभा र उद्घाटनमा दौडिएका प्रधानमन्त्री ओलीले अम्बाको पात उमालेर खानेदेखि अन्य औषधि सुझाएर नागरिकलाई निर्धक्क हुन भनेका थिए। तर, अहिले संक्रमण तिव्रगतिमा फैलिएपछि उनले आफूलाई बचाउमा उभ्याउदै विज्ञको कुरा सुन्न र जनता अटेरी हुदाँ संक्रमण फैलिएको भन्न थालेका छन्। 

1140x725

टहरामा कोरोना संक्रमितको उपचार गर्दै टेकु अस्पताल 
प्रधानमन्त्रीले अस्पतालमा प्रशस्त बेड भएको दाबी गरिहँदा देशको एकमात्र सरुवा रोगको उपचार गर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टहरामै बेड थप गरी कोरोना संक्रमितको उपचार गरिरहेको छ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरामै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेरसमेत अस्पतालले उपचार सेवा दिइरहेको छ। 

अस्पतालका मेडिकल अफिसर डा श्रवण कुमार मण्डलका अनुसार अस्पतालको सेतो भवनको बायाँपट्टि रहेकोे खाली भागबाट सबैतिर टिनले ढाकेर नयाँ बेड राखिएको छ। 

आकस्मिक सेवा कक्षमा ठाउँ नपुगेपछि अस्पतालले टहरामै १० बेड थप गरेर बिरामीलाई उपचार गरिरहेको डा मण्डलले जानकारी दिए। ‘बिरामी धेरै आएपछि कुर्सीमै राखेर पनि सेवा दिनुपर्ने अवस्था आयो, आकस्मिक सेवा कक्षभित्र बेड खाली छैन, प्यासेज पनि भरियो,’ उनले भने, ‘जस्ताले बारेर १० बेड थप गरेका थियौं, यहाँ पनि बिरामीले भरिएका छन्।’ 

शुक्रराज अस्पतालमा अहिले ४० भन्दा बढी कोरोना संक्रमितहरु आकस्मिक सेवा विभागमा उपचाररत छन्। 

पाटन अस्पतालको अवस्था उस्तै
पाटन अस्पताल रेफरल अस्पताल हो। यहाँ रेफर भएर आउने धेरै विरामी रहेका छन्। अस्पतालमा हाल कोरोना संक्रमितका लागि ३०० बेड व्यवस्थापन गरिएको अस्पतालका निर्देशक डा रवि शाक्य बताउँछन्। तीमध्ये २१ वटा आईसीयू बेड वयस्क व्यक्तिका लागि छ भने ५ वटा बालबालिकाहरुका लागि छुट्याइएको छ। दुईवटा भेन्टिलेटर बालबालिकाका लागि छुट्याइएको छ। सबै गरेर १७ वटा भेन्टिलेटर रहेको  निर्देशक शाक्यले बताए।

पाटन अस्पतालमा ११७ जना आइसोलेसनमा रहेका छन् भने १० जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  पाटन अस्पतालका आईसीयू, एचडीयु बेडहरु भरिइसकेको डा शाक्यले जानकारी दिए।

अन्य बेडहरु पनि खाली नरहेको उनले बताए। अव नयाँ भर्नाका लागि पालो कुर्ने बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ। 

राष्ट्रिय ट्रमा सेन्टरमा बेड मात्र होइन अक्सिजनको समस्या
सरकारले राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने निर्णय गर्‍यो। ट्रमामा अहिले १०५ जना संक्रमित उपचारमा छन्। गम्भीर प्रकारका यी बिरामीहरुले अक्सिजनको अभावको तनाव केही दिनदेखि झेलिरहेका छन्।

निमित्त निर्देशक सन्तोष पौडेलले वुधवार त सामाजिक सञ्जालमा नै आक्रोश पोख्न वाध्य हुन पर्यो। उनले अक्सिजन अभाव हुँदा ५० सिलिन्डर अक्सिजन आपूर्ति गर्ने कम्पनी शंकर अक्सिजन उद्योगबाट वुक गरेर आए, तर अस्पताल आइपुग्नु अघि नै प्रहरीले खासेर लगेपछि दिक्दार मानेर दुःख मनाउ गरेका थिए।  पौडेलले बेड भन्दा पनि ठूलो समस्या अक्सिजन भएको बताए। 

टिचिङ अस्पतालको अवस्था उस्तै
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको दृश्य पनि उस्तै छ। अस्पतालमा अहिले ३२५ जना आइसोलेसनमा छन् भने १८ जना आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अस्पतालमा भएका बेडहरु बिरामीले भरिभराउ छन्।

अस्पतालले नयाँ आउने बिरामीहरुलाई भूइँ राखेर उपचार गरिरहेको कोडिभ-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। ‘विगत केही दिनदेखि हामीले बेड नपुगेर भूइँमा राखेर पनि उपचार गरेका थियौ, आज अलि कम भएको छ,’ दासले भने, ‘हाम्रोमा ३४० जना रनिङ्ग केस छन्। थपिएमा वहाँहरुका लागि बेड छैन, वैकल्पिक व्यवस्था गर्नपर्छ।’ 

उपत्यकाबाहिर कतै जनशक्ति छैन, कतै बेड
उपत्यका बाहिरको अवस्था पनि उस्तै छ। शहरकेन्द्रित क्षेत्रहरुमा जनशक्ति र बेड दुवै अभाव शुरु भएको छ भने गाउँ केन्द्रित अस्पतालमा जनशक्तिको अभाव छ। जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू समेत प्रयोग नहुने अवस्थामा रहेका छन्। 

देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३४ आईसीयू र ३७१ भेन्टिलेटरमा गरी १ हजार ७ सय ५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै प्रभावित उपचारका लागि आउने अस्पताल हो भेरी अस्पताल। अस्तपालमा पहिलो लहर भन्दा दोस्रो लहरमा धेरै समस्या भएको छ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको आकस्मिक सेवा विभागमा टेन्ट राखेर उपचार शुरु गरिएको  छ। टेन्टभित्र अक्सिजन सपोर्टमा उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालको आकस्मिक सेवा विभागका १६ वटा बेडमा बिरामी भरिएपछि आकस्मिक विभाग अगाडि नै टेन्ट राखेर बिरामीलाई उपचार गरिएको अस्पतालका निर्देशक डा प्रकाश बहादुर थापाले जानकारी दिए। उनका अनुसार अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोरोना वार्डमा बेड खालि नहुँदासम्मका लागि बिरामीलाई टेन्टमै होल्ड गरिएको हो। 

‘इमर्जेन्सीका १६ मध्ये सबै बेडमा बिरामी भरिएकाले इमर्जेन्सी अगाडि पाल टाँगेरसमेत केही राहत दिने प्रयास गरेका छौं,’ उनले भने, ‘अक्सिजन सिलिन्डर वा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोभिड वार्डमा बेड खालि नहोउन्जेल ‘होल्ड गर्ने’ गरिएको हो। अस्पतालसम्म आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नु भन्दा अक्सिजन दिएर ज्यान बचाउने अन्तरिम तर बाध्यात्मक परिस्थिति हो यो।’ 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्