• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर २४, २०८२ Wed, Dec 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

अस्पतालका पिँढी र छिँडीमा अन्तिम श्वास लिँदै संक्रमित, तर प्रधानमन्त्री भन्छन्- बेडको कमी छैन

64x64
दुर्गा दुलाल शनिबार, जेठ १, २०७८  १४:०८
1140x725

काठमाडौं- ‘यतिबेला हामीसँग अस्पतालहरुमा बेडहरुको खासै कमी छैन। तर, अस्पतालका बेड एकातिर बिरामी अर्कोतिर पर्ने अवस्था छ। बेडमा भन्दा सुविधासम्पन्न अस्पतालमा जाने सबैको इच्छा हुन्छ ताकि बाँच्न सकियोस्। खास–खास अस्पतालमा मानिस केन्द्रित हुने अरु ठाउँहरुमा बेड रिक्त भएको छ। सबै ठाउँमा बेडहरुको उपलव्धता छ। बेडमात्र हैन अक्सिजनसहितको बेडहरु र आवश्यक मात्रामा अन्य उपकरणसहित चिकित्सक र नर्ससमेत उपलव्ध छन्। अस्पतालमा यी प्रवन्ध गर्ने काममा सरकार लागेको छ। देशभित्र रहेका लिक्विड अक्सिजन प्लान्टहरु सञ्चालन गर्ने अनि विदेशबाट पनि ल्याएर भर्ने काममा सरकार लाग्ने छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिंहदरबारमा पदबहाली गर्नसाथै यस्तो दाबी गरे।  

३ वर्ष बहुमतको सरकार चलाएर अहिले फेरि अल्पमतको सरकारको नेतृत्वमा पुगेका प्रधानमन्त्री ओलीले यस्तो दाबी गरिहँदा देशभर अक्सिजन र बेडको भने हाहाकार भइरहेको छ।

अक्सिजनको अभावमा गत बुधबारमात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको प्रतिवेदन मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।

शुक्रबार २०३ जना संक्रमितले ज्यान गुमाए भने एकै दिन ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भयो। यसरी दैनिक रुपमा यो संख्यामा संक्रमित थपिँदै गर्दा काठमाडौ उपत्यकाकै ठूला अस्पतालहरु संक्रमितले खचाखच छन्।  

टेकु, वीर, ट्रमा सेन्टर, पाटन अस्पताल र त्रिवि शिक्षण अस्पतालमा बिरामीहरु भित्र राख्ने सम्भावना नभएर आँगनमै राखेर उपचार भइरहेको छ। निजी अस्पतालहरुले अक्सिजन अभावमा बिरामीहरु भर्ना गर्न बन्द गरिसकेका छन्।

कुन अस्पतालको अवस्था के छ? 
प्रधानमन्त्री ओलीले कहिले बालुबाटारबाट विदेशी सञ्चार माध्यमलाई अन्तर्वार्ता दिएरअवस्था नियन्त्रणमै रहेको दाबी गर्दै आएका छन् भने कहिले अस्पतालहरुमा बेड खालि नै रहेको जिकिर गरिरहेका छन्। 

तर, दैनिक रुपमा गम्भीर संक्रमितको संख्या वढ्दै जाँदा आईसीयू र भेन्टिलेटर मात्र नभएर अक्सिजन र बेड अभाव भइरहेको अस्पतालहरु जनाइरहेका छन्। 

Ncell 2
Ncell 2

अक्सिजनको अभावमा गत बुधबारमात्रै रुपन्देहीमा नौ जना तथा नेपालगञ्जमा छ जनाको र बिहीबार काठमाडौंका वीर अस्पताल तथा ट्रमा सेन्टरमा १८ जनाको मृत्यु भएको प्रतिवेदन मानव अधिकार आयोगले सार्वजनिक गरेको छ।

उपत्यकाका मेडिकेयर, मेडिसिटी, ओम, हेल्पिङ ह्याण्डस, दीर्घायु, करुणा, बयोधा, मध्यपुर ठिमी, स्टारलगायतका अस्पतालहरु तथा रुपन्देहीको युनिभर्सल अस्पतालले अक्सिजनको अभाव देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने बताएकोले यो अवस्थाको गम्भीर रुपमा ख्याल गर्न आयोगले सरकारलाई भनेको छ।

आयोगले सरकारले पहिलो लहर शुरु भएदेखि गर्नुपर्ने तयारी नगरेका कारण अहिले देशको अवस्था भयावह भएको निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री भने गल्ती स्वीकार गर्न तयार देखिएका छैनन्।

कोभिडको पहिलो लहर शुरु हुँदा प्रतिनिधि सभामा र राष्ट्रिय सभामा उभिएर 'कोरोना केही होइन सामान्य फ्लू हो' देखि 'नेपालीको रोग प्रतिरोधी क्षमता उच्च रहेकाले तातोपानी र बेसार पानी खान' प्रधानमन्त्रीले सुझाव दिएका थिए।

दोस्रो लहर शुरु हुँदा देशभर आमसभा र उद्घाटनमा दौडिएका प्रधानमन्त्री ओलीले अम्बाको पात उमालेर खानेदेखि अन्य औषधि सुझाएर नागरिकलाई निर्धक्क हुन भनेका थिए। तर, अहिले संक्रमण तिव्रगतिमा फैलिएपछि उनले आफूलाई बचाउमा उभ्याउदै विज्ञको कुरा सुन्न र जनता अटेरी हुदाँ संक्रमण फैलिएको भन्न थालेका छन्। 

1140x725

टहरामा कोरोना संक्रमितको उपचार गर्दै टेकु अस्पताल 
प्रधानमन्त्रीले अस्पतालमा प्रशस्त बेड भएको दाबी गरिहँदा देशको एकमात्र सरुवा रोगको उपचार गर्ने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले टहरामै बेड थप गरी कोरोना संक्रमितको उपचार गरिरहेको छ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दै जाँदा आकस्मिक सेवा लिन आउने गम्भीर अवस्थाका कोरोना संक्रमित बढ्न थालेपछि अस्पतालले जस्ताको टहरामै बेड थप गरी सेवा सञ्चालन गरेको हो। शय्या अभावमा संक्रमितलाई प्लाष्टिकको कुर्सीमा राखेरसमेत अस्पतालले उपचार सेवा दिइरहेको छ। 

अस्पतालका मेडिकल अफिसर डा श्रवण कुमार मण्डलका अनुसार अस्पतालको सेतो भवनको बायाँपट्टि रहेकोे खाली भागबाट सबैतिर टिनले ढाकेर नयाँ बेड राखिएको छ। 

आकस्मिक सेवा कक्षमा ठाउँ नपुगेपछि अस्पतालले टहरामै १० बेड थप गरेर बिरामीलाई उपचार गरिरहेको डा मण्डलले जानकारी दिए। ‘बिरामी धेरै आएपछि कुर्सीमै राखेर पनि सेवा दिनुपर्ने अवस्था आयो, आकस्मिक सेवा कक्षभित्र बेड खाली छैन, प्यासेज पनि भरियो,’ उनले भने, ‘जस्ताले बारेर १० बेड थप गरेका थियौं, यहाँ पनि बिरामीले भरिएका छन्।’ 

शुक्रराज अस्पतालमा अहिले ४० भन्दा बढी कोरोना संक्रमितहरु आकस्मिक सेवा विभागमा उपचाररत छन्। 

पाटन अस्पतालको अवस्था उस्तै
पाटन अस्पताल रेफरल अस्पताल हो। यहाँ रेफर भएर आउने धेरै विरामी रहेका छन्। अस्पतालमा हाल कोरोना संक्रमितका लागि ३०० बेड व्यवस्थापन गरिएको अस्पतालका निर्देशक डा रवि शाक्य बताउँछन्। तीमध्ये २१ वटा आईसीयू बेड वयस्क व्यक्तिका लागि छ भने ५ वटा बालबालिकाहरुका लागि छुट्याइएको छ। दुईवटा भेन्टिलेटर बालबालिकाका लागि छुट्याइएको छ। सबै गरेर १७ वटा भेन्टिलेटर रहेको  निर्देशक शाक्यले बताए।

पाटन अस्पतालमा ११७ जना आइसोलेसनमा रहेका छन् भने १० जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।  पाटन अस्पतालका आईसीयू, एचडीयु बेडहरु भरिइसकेको डा शाक्यले जानकारी दिए।

अन्य बेडहरु पनि खाली नरहेको उनले बताए। अव नयाँ भर्नाका लागि पालो कुर्ने बाहेक अर्को विकल्प नभएको उनको भनाइ छ। 

राष्ट्रिय ट्रमा सेन्टरमा बेड मात्र होइन अक्सिजनको समस्या
सरकारले राष्ट्रिय ट्रमा सेन्टरलाई पनि कोरोना संक्रमितको उपचार गर्ने अस्पताल बनाउने निर्णय गर्‍यो। ट्रमामा अहिले १०५ जना संक्रमित उपचारमा छन्। गम्भीर प्रकारका यी बिरामीहरुले अक्सिजनको अभावको तनाव केही दिनदेखि झेलिरहेका छन्।

निमित्त निर्देशक सन्तोष पौडेलले वुधवार त सामाजिक सञ्जालमा नै आक्रोश पोख्न वाध्य हुन पर्यो। उनले अक्सिजन अभाव हुँदा ५० सिलिन्डर अक्सिजन आपूर्ति गर्ने कम्पनी शंकर अक्सिजन उद्योगबाट वुक गरेर आए, तर अस्पताल आइपुग्नु अघि नै प्रहरीले खासेर लगेपछि दिक्दार मानेर दुःख मनाउ गरेका थिए।  पौडेलले बेड भन्दा पनि ठूलो समस्या अक्सिजन भएको बताए। 

टिचिङ अस्पतालको अवस्था उस्तै
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको दृश्य पनि उस्तै छ। अस्पतालमा अहिले ३२५ जना आइसोलेसनमा छन् भने १८ जना आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। अस्पतालमा भएका बेडहरु बिरामीले भरिभराउ छन्।

अस्पतालले नयाँ आउने बिरामीहरुलाई भूइँ राखेर उपचार गरिरहेको कोडिभ-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। ‘विगत केही दिनदेखि हामीले बेड नपुगेर भूइँमा राखेर पनि उपचार गरेका थियौ, आज अलि कम भएको छ,’ दासले भने, ‘हाम्रोमा ३४० जना रनिङ्ग केस छन्। थपिएमा वहाँहरुका लागि बेड छैन, वैकल्पिक व्यवस्था गर्नपर्छ।’ 

उपत्यकाबाहिर कतै जनशक्ति छैन, कतै बेड
उपत्यका बाहिरको अवस्था पनि उस्तै छ। शहरकेन्द्रित क्षेत्रहरुमा जनशक्ति र बेड दुवै अभाव शुरु भएको छ भने गाउँ केन्द्रित अस्पतालमा जनशक्तिको अभाव छ। जनशक्ति नहुँदा भेन्टिलेटर र आईसीयू समेत प्रयोग नहुने अवस्थामा रहेका छन्। 

देशभर हाल १७ सय बढी कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन्। १ हजार ३ सय ३४ आईसीयू र ३७१ भेन्टिलेटरमा गरी १ हजार ७ सय ५ जना संक्रमित उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

लुम्बिनी प्रदेशको सबैभन्दा धेरै प्रभावित उपचारका लागि आउने अस्पताल हो भेरी अस्पताल। अस्तपालमा पहिलो लहर भन्दा दोस्रो लहरमा धेरै समस्या भएको छ।

बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालको आकस्मिक सेवा विभागमा टेन्ट राखेर उपचार शुरु गरिएको  छ। टेन्टभित्र अक्सिजन सपोर्टमा उपचार शुरु गरिएको अस्पतालले जनाएको छ।

अस्पतालको आकस्मिक सेवा विभागका १६ वटा बेडमा बिरामी भरिएपछि आकस्मिक विभाग अगाडि नै टेन्ट राखेर बिरामीलाई उपचार गरिएको अस्पतालका निर्देशक डा प्रकाश बहादुर थापाले जानकारी दिए। उनका अनुसार अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोरोना वार्डमा बेड खालि नहुँदासम्मका लागि बिरामीलाई टेन्टमै होल्ड गरिएको हो। 

‘इमर्जेन्सीका १६ मध्ये सबै बेडमा बिरामी भरिएकाले इमर्जेन्सी अगाडि पाल टाँगेरसमेत केही राहत दिने प्रयास गरेका छौं,’ उनले भने, ‘अक्सिजन सिलिन्डर वा अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर कोभिड वार्डमा बेड खालि नहोउन्जेल ‘होल्ड गर्ने’ गरिएको हो। अस्पतालसम्म आइपुगेका जटिल बिरामीलाई फिर्ता गर्नु भन्दा अक्सिजन दिएर ज्यान बचाउने अन्तरिम तर बाध्यात्मक परिस्थिति हो यो।’ 

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, व... बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम अहिले गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । बुधबार, मंसिर २४, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा थुनछेक बहसपछि अधिकारीसँग धरौटी माग गर्ने आदेश गरेको हो । विशेष अदालतका... मंगलबार, मंसिर २३, २०८२
ताजा समाचारसबै
समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता बुधबार, मंसिर २४, २०८२
‘एलिमिनेटर’ मा आज काठमाडौँ र लुम्बिनी भिड्दै बुधबार, मंसिर २४, २०८२
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : संयोजक दाहाल बुधबार, मंसिर २४, २०८२
आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस बुधबार, मंसिर २४, २०८२
आज यस्तो रहनेछ देशभरको मौसम बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
कुलमानद्वारा सर्वोच्चको आदेश लक्षित प्रतिक्रिया– मैले सकिनँ भनेपछि सरुवा गरेको हो, प्रतिशोध साँधेर होइन मंगलबार, मंसिर २३, २०८२
एनपीएल: सुदूरपश्चिम फाइनलमा, विराटनगरलाई अर्को मौकाको पर्खाइ मंगलबार, मंसिर २३, २०८२
नागरिक उड्ययन प्राधिकरणका निलम्बित महानिर्देशकसँग ५ लाख धरौटी माग मंगलबार, मंसिर २३, २०८२
काठमाडौँमा राप्रपाले गर्‍यो शक्ति प्रदर्शन मंगलबार, मंसिर २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्