• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

बजेट पढ्ने ‘अल्पमत’ सरकारका अर्थमन्त्री बने विष्णु पौडेल

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख ३१, २०७८  १८:३७
1140x725

काठमाडौं– वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएसँगै आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पढ्ने अर्थमन्त्री को होला भन्ने प्रश्न उब्जिएको थियो। अहिले त्यो प्रश्नको समाधान भएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा रहेको अन्योल तत्कालका लागि टरेको छ। तर, नीति तथा कार्यक्रम संसदमा कहिले पेश हुन्छ भन्ने निश्चित भएको छैन।

बजेट त संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते संसदमा पेश हुनेछ। जुन बजेट पढ्ने अवसर अल्पमत सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेल पाउने छन्। बजेट संसद्मा पेश हुने छ। छलफलपछि सदनबाट पास हुन पर्ने छ। तर, अहिलेकै अवस्थामा बजेट पास हुने आधार भने देखिएको छैन। बजेट पास नभएको अवस्थामा सरकारले ल्याउने ‘पपुलर बजेट’ कार्यान्वयनमा आउन सक्दैन। 

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ अनुसार बहुमतको सरकार गठनका लागि कुनै दाबी नपरेपछि २७ गते विश्वासको मत गुमाएका ओलीलाई नै धारा ७६ को उपधारा ३ अुनसार प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन्। ओलीले शुक्रबारसपथ लिएर पदबहाली गरिसकेका छन्। 

प्रधानमन्त्री ओलीले वैशाख २७ गते अगाडिकै सरकारमा रहेका सारथीहरुलाई नै मन्त्री पदमा पुनः नियुक्त गरेका छन्। अर्थमन्त्रीको रुपमा विष्णुप्रसाद पौडेलले नै शपथ लिएका छन्।

अर्थमन्त्रीमा पौडेलको नियुक्तिसँगै अर्थमन्त्रालयका कर्मचारीहरुमा पनि खुसीयाली छाएको छ। खुसी हुनाको एउटै कारण हो– अर्को कुनै व्यक्ति अर्थमन्त्री भएको भए वा सरकार नै परिर्वतन भएको भए बजेट लेखनमा दुःख हुने थियो। अर्थ मन्त्रालयका एक सहसचिवले भने, ‘केही राहत भयो।  यो सरकारले निर्वाचनलक्षित बजेट बनाउन हामीलाई दवाब दिएको थियो। अब त्यसमा केही परिर्वतन गर्न परेन।’ 

ती सहसचिवले हाँस्दै भने, ‘बजेट त पास नहोला, तैपनि निर्वाचनमा जाँदा जनतालाई हामीले त गर्न खोजका थियौं, अन्यबाट भएन भन्न पाउने बजेट बन्दै छ।’

ती सहसचिवका अनुसार युवालाई रोजगारीको अवसर दिने भन्दै केही नयाँ रोजगार कार्यक्रम, वृद्ध भत्ता (सामाजिक सुरक्षा) भत्ता र कर्मचारीको तबल बढाउने तयारी छ।

यसैगरी, अर्थमन्त्री पौडेलले निर्वाचन लक्षित कार्यक्रममा समेत बजेट विनियोजन गर्दै छन्। 

Ncell 2
Ncell 2

तर, अर्थमन्त्रीले केही दिन अगाडि सरकारले कोभिडको रोकथाम तथा नियन्त्रणलक्षित बजेट ल्याउने बताएका थिए। उनले राष्ट्रिय प्राथमिकता र कोभिडलक्षित बजेट हुने बताए। ‘राजनीति गर्नेले केही राजनीतिक बजेट अवश्य ल्याउँछ,’ मन्त्री पौडेलले भने, ‘तर, देश र जनताको हकहितसँगै ‘सम्वृद्ध नेपाल सुखी नेपाली’ नारालाई साकार बनाउनेगरी बजेट आउँछ।’ 

अर्थमन्त्रालयले भने राष्ट्रिय गौरवका आयोजनालाई बढी लक्षित गर्दै बजेट विनियोजन गर्ने तयारी गरको छ। साथै आगामी आर्थिक वर्षभित्रै २ वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने गरी बजेट आउने मन्त्रालयको भनाइ छ।

प्रधानमन्त्रीको ‘ड्रिम प्रोजेक्ट’ रेलवे, पानीजहाज लगायतका प्रोजेक्टमा पनि रकम विनियोजन हुने भएको छ। साथै सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँ र कर्मचारीको तलब १२ देखि १५ प्रतिशतसम्म बढाउने तयारी भएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ।

बजेट निर्माणमा विभिन्न समितिहरुले दिएको सुझाव तथा राजनीतिक दलहरुले दिएको सुझावलाई समेत राखिने अर्थ मन्त्रालयको भनाइ छ।

कोभिड–१९ का कारण थला परेको अर्थतन्त्र सुधारका लागि केही राहतका प्याकेज आउने अर्थमन्त्रालयका एक सहसचिवले जानकारी दिए। ‘नयाँ आयोजनहरु बजेटमा खासै नहुन सक्छ,’ उनले भने, ‘तर, निर्माण चरणमा रहेका आयोजनाहरुलाई रकम अभाव हुन नदिने गरी आवश्यक मात्रामा बजेटको सुनिश्चितता हुनेछ। केही सीमित मात्रै नयाँ कार्यक्रम आउने छ जसले आय स्रोतमा लो प्रभाव पार्दैन।’

प्राथमिकता के?

अर्थमन्त्री पौडेल तथा अर्थमन्त्रालयका उच्चपदस्थ कर्मचारी अहिले बजेट तयारीमा छन्। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणसँगै अर्थ मन्त्रालयले विभिन्न सरोकारवाला निकायसँग छलफल तथा सुझाव संकलनको काम गरिरहेको छ। अन्य मन्त्रालयहरू पनि बजेटको विषयमा छलफल गरिरहेका छन्। साथै, संघीय संसद्को अर्थसमितिले पनि निरन्तर रूपमा चालु आर्थिक वर्षको बजेट खर्च तथा नयाँ बजेटको प्राथमिकताको विषयमा छलफल गरिरहेको छ। बजेटको विषयमा समितिले अर्थलाई रायसमेत दिइसकेको छ। 

यसपटकको बजेटले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रलाई नै दिनु पर्ने पूर्वअर्थसचिव शंकर अधिकारी बताउँछन्। सरकारले स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषय र खोप व्यवस्थापनको विषयलाई पहिलो प्राथमिकतामा राखेर बजेट आउनुपर्ने अधिकारी बताउँछन्।

कोरोनाबाट प्रभावित अर्थतन्त्र बलियो बनाउन सबैभन्दा पहिले संघीय संरचनालाई पनि छरितो बनाउनुपर्ने अधिकारी बताउँछन्। ‘संघीय संरचनालाई बलियो बनाउनेगरी नीतिगत व्यवस्था बनाउनु पर्छ,’ अधिकारीले भने, ‘सांसदहरूमार्फत् खर्च हुने बजेट छ। त्यसलाई कटौती गर्नुपर्छ। अहिले स्थानीय तह नै सक्रिय रहेकाले उनीहरूमार्फत् नै काम गर्नुपर्छ।’

बजेट आकार बढाउने प्रवृत्ति बढेको उनले बताए। बजेटको आकार धेरै असन्तुलित हुन नहुने अधिकारीको तर्क छ। ‘बजेट सन्तुलित नै हुनुपर्छ’, अधिकारीले भने, ‘कोरोनाको लहर बढ्दो छ। लकडाउन गर्ने अवस्था नभएको समयमा अर्थतन्त्र चलायमान बन्दै जान्छ।’ विकास खर्च बढाउन आयोजनाहरूमा सही तवरबाट खर्च गनुपर्ने अधिकारीले बताए। बजेट तय गर्दा कार्यान्वयन गर्न सकिने खालका आयोजनामा मात्रै बजेट तय हुनुपर्ने र खर्च गर्न नसकिने आयोजनामा नाम मात्रै राखेर बजेट विनियोजन गर्न नहुने उनको भनाइ छ।

पूर्वतयारी भएको योजनाहरूमा मात्रै बजेट विनियोजन गर्नुपर्ने, जसले पुँजीगत खर्च पनि बढी हुने अवस्था आउने अधिकारीले बताए।

सामाजिक सुरक्षा भत्ता बढाउने भन्दा पनि दिगो खालको सामाजिक सुरक्षामा जोड दिनुपर्ने उनले बताए। अहिलको अवस्थामा भत्ता बढाउन सक्ने स्रोत नहुने उनको भनाइ छ।

अर्थमन्त्री विष्णु पौडेलले कोभिडले धराशायी बनाएको अर्थतन्त्र पुनर्उत्थान हुनेगरि बजेट आउने बताए।

‘बजेट निर्माणले तिब्रता पाएको छ,’ पौडेलले भने, ‘राष्ट्रिय प्राथमिकता र कोभिडले धराशायी बनेको अर्थतन्त्र पुनर्उत्थानमा सहयोग पुग्नेगरी बजेट आउँछ। बजेट कुनै एक विशेष वर्ग वा समुदायलाई लक्षित गरेर भन्दा पनि समग्र नेपालको विकासलाई आधार बनाएर आउँछ।’

बजेट छलफलकै क्रममा मन्त्री पौडेलले पूर्वअर्थमन्त्रीहरूसँग छलफल गरेका थिए। छलफलको क्रममा पूर्वअर्थमन्त्रीहरूले पपुलर बजेटको सट्टा राज्यकोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउन सुझाव दिएका थिए।

‘कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण, खस्किएको अर्थतन्त्रलाई उकास्न प्याकेज घोषणा, विकास बजेट खर्चमा वृद्धि गर्नुपर्ने र राज्य कोषमा थप दायित्व थपिने गरी कुनै नयाँ कार्यक्रम नल्याउनु उचित हुन्छ,’ छलफलमा सहभागी पूर्वअर्थमन्त्रीको धारणा थियो, ‘आकारमा ठूलो बजेटभन्दा पनि रियालिस्टिक बजेट ल्याउनुपर्‍यो। स्वास्थ्य क्षेत्र सुधार तथा कोभिड–१९ महामारी संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयास गर्नुपर्ने बजेटको प्राथमिकतामा राखिनु पर्छ।’

पूर्वअर्थमन्त्रीहरूले कोरोनाका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुनर्उत्थान गर्नका लागि एकमुष्ठ प्याकेज घोषणा गर्नुपर्ने र पुँजीगत खर्च बढाउनका लागि उपाय खोज्नुपर्ने बताएका थिए। 

व्यवसायीले बजेटमा आयकरको सिमा बढाउनुपर्ने तथा पुनर्कर्जाको सुविधाको निरन्तरता र ब्याज बढ्न नदिने गरी नीति ल्याउन सुझाव दिएका थिए।

सम्बन्धित समाचार

को बन्लान् यसपालिको बजेट पढ्ने अर्थमन्त्री?

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८  १८:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश
सम्बन्धित सामग्री
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
ताजा समाचारसबै
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
बलिउड अभिनेता सञ्जय दत्तले भेटे प्रचण्ड बिहीबार, पुस २४, २०८२
कांग्रेस विवाद : विशेष महाधिवेशनको काउन्टरमा संस्थापन पक्षले युवा भेला गर्ने बिहीबार, पुस २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्