• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

सरकारकै कारण चुलियो अक्सिजन अभाव, व्यवसायी भन्छन्– समस्या झन् विकराल हुनसक्छ

64x64
दुर्गा दुलाल बुधबार, वैशाख २९, २०७८  २०:४०
1140x725

काठमाडौं– कोरोना भाइरस संक्रमणको अवस्था भयावह बन्दै जाँदा मंगलबार काठमाडौं उपत्यकाका अधिकांश निजी अस्पतालले थप बिरामी भर्ना गर्न नसकिने भन्दै सूचना जारी गरे। अक्सिजनको अभाव भएका कारण थप बिरामी भर्ना गर्न नसकिने निजी अस्पतालहरुको जिकिर छ। 

नेपाल मेडिकल कलेज, मेडिसिटी, ओम, बयोधा, अल्का, मेडिकेयर, हेल्पिङ ह्याण्ड, दीर्घायु, गुरु, करुणा लगायत अस्पतालले अक्सिजनको अभाव भएकाले थप बिरामी भर्ना गर्न नसकिने घोषणा गरे। यो क्रम बुधबारसम्म पनि जारी छ। 

काठमाडौं उपत्यका बाहिरका निजी अस्पतालले पनि अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने भनेर सूचना जारी गर्न थालेका छन्। अस्पतालहरुले अक्सिजन अभावका कारण बिरामी भर्ना गर्न नमानेपछि देशको समग्र स्वास्थ्य प्रणाली नै थप जटिलतातर्फ धकेलिन थालेको छ। 

कतिपय अस्पतालले त बिरामी भर्ना गर्न ल्याउँदा अक्सिजन पनि सँगै बोकेर ल्याउन उर्दी जारी गरेका छन्। त्यसमध्येको एक हो, नेपाल मेडिकल कलेज। नेपाल मेडिकल कलेजले उपचाररत बिरामीको हकमा पनि अस्पतालका तर्फबाट अक्सिजन उपलव्ध गराउन नसकिने भएकाले बिरामी आफैंले ब्यवस्था गरेमा उपचार गराउने नत्र डिस्चार्ज गर्न बाध्य हुने भनेर सूचना नै निकाल्यो। अस्पताललाई अक्सिजन उपलव्ध गराउने उद्योग विग्रेकाले यो अवस्था आएको मेडिकल कलेजलको भनाइ छ।

कोरोना संक्रमित बिरामीहरुको उपचारमा अक्सिजनको चरम अभावको अवस्था सिर्जना भइरहँदा अक्सिजन उत्पादनमा संलग्न उद्योगीहरुले भने सरकारको व्यवस्थित योजना नहुँदा अहिले धेरैतिर एकैपटक समस्या देखिएको टिप्पणी गरेका छन्। उद्योगहरुमा अक्सिजन सिलिण्डरको कमी नभए पनि उत्पादनमा कठिनाइ भइरहेको उद्योगीहरुको भनाइ छ। 

सरकारकै विभिन्न निकायहरुको बीचमा समन्वय नहुँदा अहिलेको समस्या देखिएको अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाले बताए। ‘अहिले सीसीएमसीले आफूले तोकेर सूची दिएका अस्पतालहरुमा मात्र अक्सिजन उपलव्ध गराउन भनेको छ, तर स्थानीय तहहरुले सीसीएमसीको निर्णय नमान्नोस् भन्दै पत्र लेखेका छन्,’ शारडाले भने, ‘अक्सिजन उद्योगमै सर्वसाधरणहरु लाइन लागेका छन्। उत्पादन सीमित छ, माग असीमित छ। कसरी धान्ने हो थाहा छैन।’ 

केही समय अगाडि सिलिण्डरको समस्या देखिएको भएपनि अहिले भने त्यो समाधान भएको उनले बताए। अस्पताल भन्दा बाहिर अहिले अन्य उद्योगलाई अक्सिजन दिन नपरेका कारण सिलिण्डरको समस्या धेरै नभएको, तर सरकारले जतिसक्दो छिटो खाली सिलिण्डर उपलव्ध गराउनुपर्ने उनको भनाइ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘अहिले भएको समस्या भनेको प्रोडक्सनको हो। बजारमा आजभन्दा भोलि गम्भीर बिरामीको संख्या बढेको बढ्यै छ,’ शारडाले भने ‘काठमाडौं उपत्यकामा मात्रै दैनिक २२ हजार सिलिण्डरको माग छ। ८ हजारको भन्दा धेरै उत्पादन हुन सकेको छैन।’ 

सीसीएमसीको निर्णय व्यावहारिक नभएको उनको भनाइ छ। ‘सीसीएमसीले भनेको अस्पताललाई मात्र सीधै दिने निर्णय व्यावहारिक नहुने देखिएको छ,’ उनले भने, ‘उद्योगहरुको लाखौं–लाख उधारो दिएका छन्। उक्त सिलिण्डर अस्पतालमा रहेको छ।’ सरकारले यसमा विचार नगरी अक्सिजन उपलव्ध गराउने सूची बनाएको उनको वुझाइ छ। उद्योगहरुले यसलाई नमान्ने भएकाले समस्या हुने देखिएको उनले बताए।

सरकारले प्रहरी लगाएर सिलिण्डर जम्मा गर्दै भर्ने भनेपछि यसले समाधान नगर्ने उनको वुझाइ छ। ‘उद्योगवालालाई लगेर थुनेर कसले उद्योग चलाउने हो ?’ उनले भने, ‘उद्योगी र सरकारका बीचमा यस्तो समयमा सम्वन्वय हुनुपर्नेमा द्वन्द्व वढ्दा झन अभाव सिर्जना हुन्छ, त्यसको मारमा बिरामी पर्नेछन्।’ 

यस्तै, स्थानीय तहहरुले आफ्नो सिफारिसमा मात्र उपलव्ध गराउन दबाब दिन थालेकाले अर्को समस्या शुरु भएको उनको भनाइ छ। ‘जस्तो मेरो उद्योग रहेको क्षेत्रको दक्षिणकाली नगरपालिकाले अहिले हामीलाई सीसीएमसीको निर्णयलाई मान्यता दिएर अक्सिजन नदिन पत्र लेखेको छ,’ उनले भने, ‘यो नगरभित्रको कुन अस्पताललाई अक्सिजन दिने हो त्यो कुरा नगरलाई मात्र थाहा हुने भन्दै पत्र लेखेको छ। हामी कसलाई मान्यता दिएर अक्सिजन दिने ?’ 

त्यस्तै, उद्योगमै आएर लाइन बसेका सर्वसाधरणको अवस्थाले झन चिन्तित बनाएको उनले बताए। ‘सर्वसाधारण नागरिक खाली सिलिण्डर बोकेर दिनभर लाइनमा बसेका छन्,’ उनले भने, ‘उनीहरुको पीडा झन दर्दनाक सुनिन्छ। कसरी नदिने? अवको अवस्था झन् जटिल हुने देखिएको छ।’ बिरामीका आफन्तहरु अक्सिजन उद्योगमै आएर लाइन लाग्न थालेपछि अवस्था झन् भयावह हुने उनको अनुमान छ।  

कान्तिपुर अक्सिजन उद्योगका म्यानेजर कुमार चुडालले अक्सिजनको अभाव अझै बढ्नसक्ने खतरा रहेको बताए। सरकारले भएका सिलिण्डरहरुको रेकर्ड राखेर व्यवस्थित वितरण भन्दा कोटा तोक्न हतार गरेकाले आगामी दिनमा संक्रमित वढेसँगै यो समस्या झन् जटिल हुने उनको भनाइ छ। 

अक्सिजन उत्पादन गर्ने उद्योगहरु अहिले दोहोरो मारमा परेको पनि उनी सुनाउँछन्। महामारीका समयमा अक्सिजन अभाव नहोस् भनेर उद्योगहरुले काम गरिरहेको, तर अहिले उद्योगमै समेत सर्वसाधारण लाइन लाग्न थालेकाले झन् भयावह समस्या आउने हो कि भन्ने चिन्ता रहेको उनले बताए। 

अक्सिजन उत्पादक संघका उपाध्यक्ष तथा सीता अक्सिजन ग्यास प्लान्टका  सञ्चालक प्रलाद तिमल्सिना पनि सरकारले व्यवस्थापन गरे मात्रै अक्सिजनको आपूर्तिमा देखिएको समस्या समाधान हुने बताउँछन्। 

'अहिले अक्सिजन उत्पादनसँग व्यवस्थापनको पनि समस्या छ। व्यवस्पापन गर्ने कुरामा सरकारले ध्यान दिनु जरुरी छ। सरकारले व्यवस्थापन गर्नसके मात्रै अक्सिजनको आपूर्तिमा अहिले देखिएको समस्याको समाधान हुन्छ,' तिमल्सिना भन्छन्, 'व्यवस्थापन हुन सकेन भने आवश्यक ठाउँमा नपुग्ने, नचाहिने ठाउँमा बढी स्टक हुने समस्या दोहोरिन्छ।'

अक्सिजन उत्पादक संघको उपाध्यक्ष काठमाडौं उपत्यका बाहिरका अक्सिजन उद्योगलाई पनि पूर्ण क्षमतामा चलाउनु पर्ने बताउँछन्। 'उपत्यका बाहिरका उद्योगहरु अहिले पूर्ण क्षमतामा चलेका छैनन्। उपत्यका बाहिरका उद्योगलाई पूर्ण क्षमतामा चलाउन सक्यो भनेपनि अक्सिजनको अभावलाई केही हदसम्म सम्बोधन गर्न सकिन्छ,' तिमल्सिना भन्छन्।

कति छन् अक्सिजन उत्पादन गर्ने उद्योग? 
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव शारडाका अनुसार देशभरमा साना–ठूला गरी निजी क्षेत्रबाट सञ्चालित २० वटा अक्सिजन उद्योगहरु छन्। तीमध्ये पनि काठमाडौं उपत्यकामा ८ वटा अक्सिजन उद्योग छन्।  

उपत्यकामा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन नहुँदै दैनिक ८ हजार सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले बताए। काठमाडौं बाहिर बिराटनगर, रुपन्देही, दाङ , पोखरा लगायतका शहरमा थुप्रै अक्सिजन उद्योग रहेका छन्। 

२४ घन्टा चलाउन नसक्दा समस्या 
नेपाल अक्सिजन उत्पादक संघका अध्यक्ष सारडाले उपत्यकाका अक्सिजन उद्योगहरु २४ सै घन्टा सञ्चालन भएपनि बाहिर रहेका उद्योगले दैनिक १२ घण्टा मात्रै अक्सिजन उत्पादन गरिरहेको बताए। खाली सिलिण्डर समयमै नपुग्दा उद्योगहरु २४ सै घन्टा चल्न नसकेको उनले बताए। 

देशमा सालाखाला १ लाख सिलिण्डर रहेको उनले बताए। नेपालमा सक्रिय संक्रमितको संख्या यो बराबर नभएको र अधिकांश संक्रमित घरमै रहेकाले चरम अभाव नहुने, तर व्यवस्थापन चुस्त हुनुपर्ने उनले बताए। यी सवै सिलिण्डरलाई सरकारी रेकर्डमा ल्याएर सबै उद्योगमा भर्न  लगाउने हो भनेर भर्खरै चीनबाट आएको र अन्य देशबाट पनि आउदै गरेको सहयोगको सिलिण्डरलाई व्यवस्थित गरेर अस्पतालहरुलाई वितरण गर्नुपर्ने उनको विचार छ। 

यो पनि पढ्नुहोस्

काठमाडौंका अस्पतालमा अक्सिजन सकिँदै, रोकिँदै संक्रमित भर्ना (कुन अस्पतालकाे अवस्था के छ?)शनिबार, वैशाख २५, २०७८

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्