• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, जेठ २५, २०८२ Sun, Jun 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
काठमाडौंका अस्पतालमा अक्सिजन सकिँदै, रोकिँदै संक्रमित भर्ना (कुन अस्पतालकाे अवस्था के छ?) ठूला अस्पताल नै भन्छन्- मन खुम्च्याएर अक्सिजन छैन भन्नुपर्ने बाध्यता छ
रिता लम्साल शनिबार, वैशाख २५, २०७८  ०५:५६
1140x725

काठमाडौं–  भक्तपुरमा रहेको भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारत दुईजना कोरोना संक्रमितको मृत्यु भयो। जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार उनीहरुको मृत्युको कारण थियो– अक्सिजन अभाव।

अस्पतालमा भर्ना भएर उपचाररत कोरोना संक्रमितका आफन्तलाई अस्पतालले अक्सिजन सकिनै लागेको भन्दै अन्यत्र लैजान सुझाए।

संक्रमितका आफन्तले अन्य अस्पतालहरुमा बुझ्ने प्रयास गरे। तर अक्सिजन सहितको शय्या खाली छ भन्ने कुनै पनि अस्पताल भेटिएन। 

उपचाररत अस्पतालमा रहेको अक्सिजन पनि सकियो। अक्सिजन अभावमा दुवै जना संक्रमितको मृत्यु भयो।

०००

‘अक्सिजन नपुग्ने भएकाले नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्थामा पुगेका छौं,’ अल्का अस्पतालका अध्यक्ष कुमार थापाले अक्सिजन सहज रुपमा उपलब्ध नभएकै कारण थप कोरोना संक्रमितको उपचार गर्न सम्भव नभएको बताए।

अस्पतालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा अक्सिजन आपूर्तिमा समस्या थपिँदै गएको जनाएको छ। अक्सिजन अभाव भएकै कारण संक्रमितको उपचारमा समस्या देखिन थालेको भन्दै अल्का अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अक्सिजन सहज रुपमा उपलब्ध गराउने वातावरण बनाइदिन समेत अपिल गरेको छ। 

अस्पतालका अध्यक्ष थापाका अनुसार अल्कामा हाल ६० जना कोरोना संक्रमित उपचाररत छन्। केही ननकोभिड बिरामीहरु पनि भर्ना भएर उपचार सेवा लिइरहेका छन्।

Ncell 2
Ncell 2

अस्पतालसँग अझै केही शय्या पनि छ। तर अक्सिजन नपुग्ने भएकाले अस्पतालले थप बिरामीलाई भर्ना लिन सकेको छैन।

दैनिक १५० वटा सिलिण्डर आवश्यक भएपनि अस्पतालमा भएको अक्सिजन प्लान्टले ४४ वटा सिलिण्डर मात्र भर्न सक्ने क्षमता रहेको अस्पतालले जनाएको छ।

कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन सपोटमा उपचार गर्नुपर्ने बिरामीको संख्या पनि बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन्।

अल्का अस्पतालजस्तै काठमाडौं उपत्यकाका अघिकांश अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि अक्सिजन व्यवस्थापनमा चुनौती थपिदै गएको छ। पुल्चोकस्थित निदान अस्पताल होस् वा थापाथलीस्थित नर्भिक अस्पताल, सबैमा अक्सिजनको अभाव देखिन थालेको छ। यी अस्पतालले अक्सिजनको समस्या आउने देखिएको भन्दै थप शय्या विस्तार गरेर संक्रमित भर्ना गर्न समस्या हुने बताइरहेका छन्।

टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका सहायक महाप्रवन्धक हरि खड्काले कोरोना संक्रमितको चाप बढ्दै जाँदा अक्सिजन सहज रुपमा पाउन छाडेको बताए।

‘बिरामीको चाप बढिरहेको छ, कोरोना संक्रमितलाई अहिले सबैभन्दा पहिला अक्सिजन नै आवश्यक परेको छ,’ खड्काले भने, ‘अहिले अक्सिजनको अभाव देशभरी नै देखिएको छ, हामीलाई पनि व्यवस्थापन गर्न गाह्रो परिरहेको नै छ।’

ग्राण्डी अस्पतालले हालसम्म डिलरमार्फत नै अक्सिजन आपूर्ति गरिरहेको उनको भनाइ छ।

सामान्य अवस्थामा दैनिक ३५ देखि ४० वटा सिलिण्डर भए पुग्ने गरेको ग्राण्डी अस्पतालमा हाल दैनिक १५० सिलिण्डरले पनि धान्न मुश्किल परिरहेको उनले बताए।

‘हामीसँग १२० वटा जति सिलिण्डर छ, एकपटक भरेको सिलिण्डर खाली हुने बित्तिकै डिलरमा पठाउने र ल्याउने गरिरहेका छौं,’ उनले भने, ‘एकपटक भरेको सिलिण्डरले बिरामीलाई २४ घण्टा नै पुग्दैन, एउटा सिलिण्डर एकदिनमा ४ पटक अक्सिजन भर्न पठाउनुपर्छ।’ ग्राण्डी अस्पतालमा हाल ५५ जना कोरोना संक्रमित उपचाररत छन्। 

उनले अस्पतालसँग थप संक्रमितको उपचार व्यवस्थापनका लागि शय्या उपलब्ध गराउन सक्ने भएपनि अक्सिजन आपूर्ति सहज नभएकै कारण उपचारत बिरामीलाई जसोतसो पुर्‍याउने प्रयासमा लागेको बताए।

‘१८ वटा आइसियु चलाइरहेका छौं, त्यहा हाइ फ्लो अक्सिजन दिनुपर्ने बिरामी छन्, आइसोलेसमा पनि प्राय सबै संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्था छ,’ उनले भने, ‘हामीले थप संक्रमितको उपचार गर्ने योजना बनाएका थियौं, तर, अक्सिजन पर्याप्त नहुने भएकाले योजना बनाएर पनि बिरामी भर्ना लिन सकेका छैनौं।’

उनले थप ३५ वटा शय्या थप गर्ने योजना अक्सिजन अभावकै कारण रोकिएको बताए।

‘धेरै फोन आउँछ, बिरामीलाई अक्सिजन आवश्यक छ, बेड खाली छ भन्दै, हामीले मन खुम्च्याएर,अक्सिजन छैन भन्नुपर्ने बाध्यता छ,’ उनले भने ‘३५ वटा शय्या थप गर्न सकिने भएपनि अक्सिजन नपुग्ने भएकाले बिरामी भर्ना गर्न सकेका छैनौं।’

ललितपुरमा रहेको मेडिसिटी अस्पतालका महाप्रवन्धक बिजय रिमालले अस्पतालमा पनि अक्सिजन अभाव हुने भएकाले थप संक्रमितलाई भर्ना गर्न सम्भव नभएको बताए।

‘बिरामी बढिरहेका छन्, अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने छ,’ उनले भने, ‘अक्सिजन अभाव नै छ, अहिले त खाली सिलिण्डर खोज्दा पनि पाउनै मुस्किल छ।’

उनले स्वास्थ्य मन्त्रालयले खाली सिलिण्डरको व्यवस्था मात्र गरिदिए पनि अक्सिजन सप्लाइमा सहज हुने बताए।

‘सरकारले खाली सिलिण्डर मात्र उपलब्ध गराएपनि अक्सिजन रिफिल गर्न सजिलो हुनेथियो,’ उनले भने, ‘हामीले अक्सिजन ल्याइरहेको उद्योगमा समस्या आयो भने त हाहाकार नै हुन्छ।’

सामान्य अवस्थामा दैनिक  ५० देखि ६० वटा सिलिण्डर मात्र खपत हुने मेडिसिटी अस्पतालमा हाल ३ सयसम्म सिलिण्डर अक्सिजन खपत भइरहेको रिमालले जानकारी दिए।

उनका अनुसार अस्पतालसँग हाल ५० देखि ६० वटा मात्र अक्सिजन सिलिण्डर छ। सोही सिलिण्डरलाई पालैपालो भर्ने गरेको उनले सुनाए। मेडिसिटि अस्पतालमा मात्र १२० जना कोरोना संक्रमित उपचारत छन्। यस्तै ४० जनाको हाराहारीमा ननकोभिड बिरामी समेत रहेका छन्।

अस्पतालमा उपचाररत अधिकांश कोरोना संक्रमितलाई अक्सिजन दिनुपर्ने अवस्थाका रहेको रिमालले बताए।

उनले अक्सिजन सहज रुपमा आपूर्ति भए मेडिसिटी अस्पतालले २००जनासम्म कोरोना संक्रमितको उपचर गर्न सक्ने जानकारी दिए। सिसिएमसी र गृह मन्त्रालयमा समेत आफुहरुले थप संक्रमितको उपचार गर्न सक्ने जानकारी गराउँदै अक्सिजन आपूर्तिमा सहज गरिदिन पत्राचार समेत गरेको उनले बताए।

‘हामीले स्वास्थ्य मन्त्रालयल, सिसिएमसी, गृह मन्त्रालयलाई पत्र नै लेखिसकेका छौं, हामीलाई अक्सिजन देऊ हामी थप संक्रमित हेर्छौ भनेर,’ उनले भने, ‘हामीले अस्पताललाई फूल फेजमा चलाउदा ६०० सिलिण्डर आवश्यक पर्छ। त्यति अक्सिजन भए, २०० जनासम्म संक्रमित हेर्न सक्छौं।’

सानेपास्थित स्टार अस्पतालका निर्देशक डा शैल रुपाखेतीले अक्सिजन सहज रुपमा उपलब्ध नहुने भएकाले नयाँ कोरोना संक्रमितलाई भर्ना लिन नसकिएको बताए।

‘अक्सिजन अभावको समस्या आइरहेको छ, सप्लायर्सले जसोतसो ल्याउनुुहुन्छ, तर सहज छैन,’ उनले भने, ‘त्यसले गर्दा हामीले थप संक्रमित राख्न शय्या थप्न सकेका छैनौं। नयाँ संक्रमितले अक्सिजन सहितको बेड छ भनेर सोध्दा छैन भन्नुपर्ने अवस्था छ।’

उनका अनुसार कोरोना महामारी अघि स्टार अस्पतालमा दैनिक ५० देखि ६० वटा अक्सिजन सिलिण्डर खपत हुने गरेका थियो। तर कोरोना संक्रमितको उपचार गर्न थालेपछि दैनिक २५० देखि ३०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ।

उनले कोरोना संक्रमितको उपचारका लागि आकस्मिक सेवा विभागलाई समेत वार्ड नै बनाएर सञ्चालन गरिएको जानकारी दिए। 

उनका अनुसार आइसोलेसन, क्याबिन, आइसियु भेन्टिलेटर सहित ५२ जना कोरोना संक्रमित उपचाररत छन्। सबै संक्रमितलाई अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्था रहेको उनले बताए।

अस्पतालले थप ३० बेड कोरोना संक्रमितका लागि छुट्याउन सक्ने अवस्था रहेपनि अक्सिजनको सहज आपूर्ति नभएकै कारण बेड थप नगरिएको रुपाखेतीको भनाइ छ।

‘हामीले संक्रमितको उपचारका लागि ३० बेड थप्ने भनेका थियौं, तर अक्सिजन अभाव हुने देखिएरै थप्न सकेका छैनौं,’ उनले भने, ‘अहिले भएका संक्रमितका लागि प्रतिघण्टा १० वटा ठूलो सिलिण्डरको अक्सिजन खपत हुन्छ। सानो सिलिण्डर  खपत हुन्छ।’

उनले अस्पतालमा अक्सिजन प्लान्ट नभएको र अक्सिजन प्लान्ट राख्न तीन महिना लाग्ने भएकाले तत्कालै राख्न सम्भव नभएको बताए।

उनले स्टार अस्पताललाई फूल फेजमा कोरोना संक्रमितको उपचार गर्न दैनिक ६०० सिलिण्डर आवश्यक पर्ने बताए।
अस्पतालले शय्या थप गर्ने भन्दा पनि भएकै शय्यामा उपचाररत बिरामीलाई अक्सिजन खोज्नतिर लागेको उनले बताए।

डा रुपाखेतीले भने, ‘अहिले बेड थप गर्ने भन्दा पनि भर्ना भइसकेका बिरामीलाई कसरी नियमित अक्सिजन पु¥याउन सकिएला भनेर चिन्तामा छौं।’

उनले कोरोना संक्रमणको दर यसरी नै तिव्र रुपमा बढ्दै गए भएका अक्सिजन पनि उमेर समूह र प्राथमिकता निर्धारण गरेर उपचार गर्नुपर्ने अवस्था आउनसक्ने बताए।

‘यसरी नै संक्रमित बढे भने त भोलि कुन उमेरका कस्ता व्यक्तिलाई बचाउने भनेर प्राथमिकिकरण गरेर अक्सिजन दिनुपर्ने अवस्था नलाउला भन्न सकिन्न,’ उनले भने, ‘त्यो अवस्था आउन नदिन सरकारले अक्सिजन, भेन्टिलेटर लगायतका सामाग्री सहज रुपमा उपलब्ध गराउन सहयोग गनुपर्छ।’

सरकारले अक्सिजन उत्पादन गर्ने उद्योगहरुलाई आफ्नो मातहतमा राखेर सबै अस्पतालमा सहज रुपमा अक्सिजन सप्लाई गर्नुपर्ने डा रुपाखेतीको धारणा छ।

‘सरकारले सबै अक्सिजन बनाउने उद्योगलाई आफ्नो मातहतमा लिएर, कसले कति उत्पादन गर्न सक्छ हेरेर सोही अनुसार कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुमा कसले कति खपत गर्छ सोही आधारमा सहजिकरण गर्न आवश्यक छ,’ उनले भने, ‘सरकारले जसरी रेमडिसिभिर औषधि वितरण गर्छ, त्यसैगरी अक्सिजन कम्पनीलाई आफ्नो कन्ट्रोलमा राखेर अक्सिजन वितरण गर्न आवश्यक छ, अक्सिजन त रेमडिसिभिर भन्दा पनि महत्वपूर्ण छ।’

सरकारी अस्पतालमा केहीमा समस्या, केहीमा अक्सिजन थप हुँदै
भक्तपुरमा अस्पतालमा पनि अक्सिजन अभावकै अवस्था रहेको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन्। 

उनले नर्मल फ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई समेत दिनमा दुईवटासम्म सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेकोमा हाल अधिकांशलाई हाइ फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था रहेको जानकारी दिइन्।

उनका अनुसार हाइ फ्लोमा अक्सिजन दिँदा दुईघण्टामै तीनचारवटा सिलिण्डर सकिने गरको छ।

‘हामीकहाँ पनि अक्सिजन एकदमै सर्टेज छ। ८० जना बिरामी छन्। सबैलाई अक्सिजन दिनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘कतिपयलाई हाइ फ्लोमा अक्सिजन दिनुपर्ने अवस्था छ।’

अस्पतालसँग १०० वटा अक्सिजन सिलिण्डर रहेको र संक्रमतिको उपचारका लागि उक्त सिलिण्डर अपुग रहेको डा गौतमको भनाइ छ। 

‘फिलिङ भएको १०० सिलिण्डर अक्सिजनले पुग्नै छाडिसक्यो,’ उनले भनिन्, ‘अक्सिजन खोज्दै नयाँ बिरामी भर्ना हुन आए भने छैन भन्नुपर्ने बाध्यता छ।’ उनले अस्पतालले क्षमताभन्दा दुईगुणा बढी संक्रमित राखेर उपचार गरिरहेको पनि जानकारी दिइन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले पनि अक्सिजन व्यवस्थापन गर्न सहज नभएको बताए।

डा राजभण्डारीका अनुसार सामान्य अवस्थामा दैनिक ५ देखि १० वटा मात्र अक्सिजन सिलिण्डर खपत हुने गरेकोमा हाल दैनिक ४०० देखि ५०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ।

‘हामीलाई पनि अक्सिजन आपूर्ति गर्न सहज छैन,’ उनले भने, ‘सामान्य अवस्थामा भन्दा दोब्बर खपत भइरहेको छ।’

अस्पतालमा रहेको लिक्विड अक्सिजन प्लान्टमा २० हजार क्युबिक फिट क्षमता रहेको उनले बताए। सो प्लान्ट सामान्य अवस्थामा तीन महिनासम्मलाई पुग्ने गरेको मा हाल १५ दिनमै सकिने गरेको डा राजभण्डारीको भनाइ छ।

‘लिक्विड प्लान्टको अक्सिजन हरेक एक घण्टामा ६ वटा सिलिण्डर सकिन्छ,’ उनले भने, ‘आकस्मिक सेवामा हरेक दिन ५० देखि ६० वटा आवश्यक पर्छ।’ उनले भारतले आयातमा रोक नलगाए अस्पतालमा अक्सिजन अभाव नहुने बताए।

‘भारतले निर्यात रोक्दा ५ दिनसम्म आएन, हिजोदेखि आपूर्ति भएको छ,’ उनले भने, ‘हाम्रोमा अक्सिजन भन्दा पनि संक्रमित राख्ने ठाउँ नै अभाव छ।’

त्रिवि शिक्षण अस्पतालमा अक्सिजन अभावको अवस्था नभए पनि माग धेरै हुँदा र अक्सिजन प्लान्ट बिग्रिदा समस्या हुने गरेको अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीले बताए।

‘हाम्रोमा चाप धेरै भएर कहिलेकाँही समस्या पर्छ, धेरै ठाउँमा एकैपटक वितरण हुँदा समय समयमा समस्या आउँछ,’ उनले भने, ‘कोरोना संक्रमितलाई हरेक मिनेट ५०, ६० को फ्लो मा दिनुपर्छ, धेरै  ठाउँमा एकैपटक चलाउँदा अक्सिजन प्लान्टलाई धान्न गाह्रो हुने रहेछ।’ 

कोरोना संक्रमितका लागि शय्या समेत बढाउँदै गएको टिचिङ अस्पतालमा ५०० सिलिण्डर स्वास्थ्य मन्त्रालयले पठाउने भनेपनि हालसम्म प्राप्त नभएको उनले जानकारी दिए।

कोरोना संक्रमतिका लागि अक्सिजन अभाव हुन नदिन अस्पतालले २० टन भण्डारण क्षमता रहेको लिक्विड अक्सिजन ट्यांक समेत ल्याइसकेको बताए। तर उक्त अक्सिजन ट्यांक इन्स्टल हुन एकतासात लाग्ने उनले बताए।

‘अस्पतालमा २० टन क्षमता रहेको लिक्विड अक्सिजन ट्यांक ल्याइसकेका छौं,’ उनले भने, ‘अबको सात दिन भित्रमा इन्स्टल हुनेछ।’

अधिकारीका अनुसार टिचिङ अस्पतालले १ करोड ५० लाख रकममा २० टन भण्डारण क्षमता रहेको लिक्विड अक्सिजन प्लान्ट खरिद गरेको हो।

वीर अस्पतालमा लामो समयदेखि बिग्रिएको प्लान्ट सञ्चालनमा आएको छ। प्लान्ट सञ्चालनमा आएसँगै धेरै संक्रमितको उपचारका लागि फाइदा पुग्ने अस्पतालका चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार वीरको नयाँ भवनमा ५ सय शय्या चलाए पनि अहिलेको प्लान्टबाट अक्सिजन पुर्‍याउन सकिने सम्भावना छ।

कस्ता बिरामीलाई कति अक्सिजन आवश्यक?
सरकारले बनाएको मेडिकल अक्सिजनको प्रयोग तथा आवश्यकता निर्धारण सम्बन्धी मापदण्ड २०७८ मा उल्लेख भएअनुसार आइसियुमा र भेन्टिलेटरमा राखी उपचार गर्नुपर्ने क्रिटिकल बिरामीका लागि प्रतिदिन औसतमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्ने देखिन्छ। आइसियुमा रहेका बिरामीले प्रतिमिनेट १० लिटर अक्सिजन लिइरहेका हुन्छन्।

यस्तै एचडीयुमा राखी उपचार गर्नुपर्ने जटिल बिरामीका लागि प्रतिदिन औसतमा १२ हजार लिटर अक्सिजन आवश्यक पर्छ। उनीहरुले प्रतिमिनेट ८ लिटर अक्सिजन लिइरहेका हुन्छन्।

यसैगरी, अस्पतालमा अक्सिजन सहित उपचार गर्नुपर्ने बिरामीका लागि प्रतिदिन औसतमा ६ हजार लिटर अक्सिजन आवश्यक पर्छ। बिरामीले प्रतिमिनेट ४ लिटर अक्सिजन लिइरहेका हुन्छन्।

सरकारले कोरोना संक्रमितको उपचारा लागि तोकिएका अस्पतालहरुले बेड संख्याका आधारमा कम्तीमा ७ दिनका लागि मेडिकल अक्सिजन मौज्दात राख्नुपर्ने जनाएको छ। तर अस्पतालहरुले भने सरकारले तोकेको मापदण्ड अनुसार अक्सिजन मौज्दात राख्न सकेका छैननन्।

प्रकाशित मिति: शनिबार, वैशाख २५, २०७८  ०५:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको दावी शनिबार, जेठ २४, २०८२
२ लाखका योजना पनि संघीय सरकार अन्तर्गत राखियो : वर्षमान पुन शनिबार, जेठ २४, २०८२
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु शनिबार, जेठ २४, २०८२
बर्खा लाग्यो अब पार्टीले उपयुक्त समयमा आन्दोलन गर्छ : अध्यक्ष लिङ्देन शनिबार, जेठ २४, २०८२
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा शुक्रबार, जेठ २३, २०८२
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री
नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सरकारलाई दोष लगाउनु उचित होइन् : सञ्चार मन्त्री शुक्रबार, जेठ २३, २०८२
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो)
महिला टोलीका प्रमुख प्रशिक्षक प्याट्रिकसँग पत्रकार सम्मेलन (भिडियो) शुक्रबार, जेठ २३, २०८२
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो)
विद्वान गुरुङले मागीखाने भाँडो बनाएको भन्दै सडकमा उत्रिए तरुण दलका कार्यकर्ता (भिडियो) शुक्रबार, जेठ २३, २०८२
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे
संसद् चल्न नसक्दा महत्त्वपूर्ण विधेयकहरू अड्किए: सभामुख घिमिरे शुक्रबार, जेठ २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाको भर्जिनियामा एकै परिवारका ४ नेपाली मृत फेला, गोली हानी हत्याको आशंका शनिबार, जेठ २४, २०८२
संग्रहालयमा राखिएको २०० वर्ष पुरानो कन्डम, के छ यसमा विशेष ? शनिबार, जेठ २४, २०८२
एलोन मस्कसँगको झडपपछि ट्रम्पले आफ्नो टेस्ला कारको बारेमा कस्तो निर्णय लिए? शनिबार, जेठ २४, २०८२
नेपाली नागरिकका लागि टीपीएस कार्यक्रम खारेज हुने, घर फर्कने तयारी गर्न अमेरिकाको सुझाव शुक्रबार, जेठ २३, २०८२
महानगरको न्यायिक समितिमा आउने अधिकांश मुद्दा भवन खाली गराइपाउँ भन्ने विवाद शनिबार, जेठ २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
चार जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कुन जिल्लामा को? आइतबार, जेठ १८, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्