Vianet Content Block Ad new Vianet Content Block Ad new
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, चैत ११, २०८२ Wed, Mar 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वैशाख २७ अघि नै नयाँ गठबन्धनको बहुमत जुटाउने कसरत 

64x64
वीरेन्द्र ओली मंगलबार, वैशाख २१, २०७८  २२:५५
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को एउटा पक्षले त्यसअघि नै ओलीको विकल्पमा नयाँ गठबन्धनको बहुमत जुटाउने कसरत शुरु गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई विश्वासको मत दिन प्रतिनिधि सभामा औपचारिक प्रस्ताव गर्नुअघि नै नयाँ सरकार गठनका लागि बहुमत पुर्‍याउने तयारी उनीहरुले शुरु गरेका हुन्। 

माओवादी केन्द्रले मंगलबार स्थायी कमिटी बैठकबाट वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। उसको यस्तो निर्णयपछि नयाँ सरकार गठनको लागि अंकगणितीय पहल शुरु भएको हो। माओवादीले समर्थन फिर्ताको औपचारिक निर्णय गरेपछि प्रधानमन्त्री ओली स्वतः अल्पमतमा परेका छन्।  यसअघि माओवादी परिस्थिति परिपक्व बनेपछि मात्र समर्थन फिर्ता लिने भन्दै परिस्थितिको आकलन गरेर बसेको थियो। सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपालाई वैधानिकता नदिई एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रधानमन्त्री ओलीले एक महिनाभित्र विश्वासको मत लिने आकलन गरिएपनि उनले त्यस्तो अग्रसरता नलिएपछि माओवादी ‘परिस्थिति’ कुरेर बसेको थियो।

यो पनि पढ्नुहोस्

 

प्रधानमन्त्री ओली अल्पमतमामंगलबार, वैशाख २१, २०७८

माओवादीका नेताहरुले अब परिस्थिति परिपक्व बनेको बताएका छन्। प्रधानमन्त्री ओलीले २७ गते विश्वासको मत लिने निर्णय गरेपछि माओवादीलगायतका दलहरु सबभन्दा पहिले प्रधानमन्त्रीको प्रयासलाई असफल पार्न केन्द्रित हुँदैछन्। नेपाली कांग्रेसको मंगलबारको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रस्तावलाई फेल गराउने निर्णय नै गरिसकेको छ। त्यसपछि अर्को बाटो खुल्ने कांग्रेसले उल्लेख गरेको छ। 

यो पनि पढ्नुहोस्

 

कांग्रेसले भन्यो- विश्वासको मत लिने प्रस्ताव फेल गर्छौं, त्यसपछि अर्को बाटो खुल्छमंगलबार, वैशाख २१, २०७८

कांग्रेस र जसपाबाट संकेत पाएपछि नै समर्थन फिर्ता लिएर नयाँ गठबन्धन निर्माणका लागि पहल अघि बढाइएको माओवादीका नेताहरुले बताएका छन्। माओवादीका स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानमन्त्री ओलीविरुद्धको मोर्चाबन्दी बनाउँदै संयुक्त सरकार गठनको पहल गर्न समर्थन फिर्ता लिएको नेपाल लाइभलाई बताए। ‘हाम्रो प्रयास वैशाख २७ गते अघि नै बहुमत सिद्ध गर्ने हो। कांग्रेस पहिला भन्दा सकारात्मक ढंगले आएको छ। ओलीविरुद्ध एक हुनुपर्छ भनेर हामीले प्रदेश तहसम्मै सहकार्य शुरु गरिसकेका छौं। जसपाभित्र अन्तरविरोध रहे पनि त्यहाँ अहिले ओलीलाई समर्थन गनुहन्न भन्ने पक्ष बलियो हुँदै गएको छ’, पोखरलले भने, ‘हामीले शुरुदेखि नै संयुक्त सरकारका लागि संयुक्त कार्यक्रम र संयुक्त आचारसंहिता बनाएर जाउँ भनेर पहल गरेका हौं। त्यही सरसल्लाहकै आधारमा अघि बढेका छौं।’ 

कांग्रसदेखि जसपासमेतले समर्थन फिर्ता लिन सुरुदेखि नै आग्रह गरेकाले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी बनाउन सजिलो हुने भएपछि समर्थन फिर्ता लिएको पोखरेलले बताए। ‘कांग्रेस, जसपाले तपाईंहरु सबैभन्दा पहिला समर्थन फिर्ता लिनुस् भनेका थिए। आज त्यो निर्णय गरेका छौं। यो निर्णयले प्रतिगमनविरुद्ध लागेका शक्तिहरु एक ठाउँमा आउने आधार बनाएको छ’, पोखरेलले भने। 

कांग्रेसभित्र संयुक्त सरकार बनाउने वा अर्ली इलेक्सनमा जाने भन्नेबारे दुइथरी मत देखापरेको थियो। ओली सरकारले एकपछि अर्को वितन्डा मच्चाउन थालेपछि अग्रसरता लिनुपरेको कांग्रेसका एक नेताले बताए। त्यसबाहेक पछिल्लो समय कोरोना संक्रमण भयावह बन्दै जानु र यस्तो बेला चुनावी खर्चलाई मध्यनजर गरेरसमेत अर्ली इलेक्सनमा जान कठिन वातावरण बनेकाले ओलीविरुद्ध उभिन सहज भएको ती नेताको भनाई छ।

Ncell 2
Ncell 2

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओली हिँड्न खोजेको बाटोसोमबार, वैशाख २०, २०७८

कोरोनाको कहर र त्यसले पार्ने आर्थिक असरले मुलुकलाई निक्कै क्षति पुर्‍याउने भएकाले अर्ली इलेक्सनमा जाने माहोल कमजोर बनेको बुझाई कांग्रेसमा बाक्लिएको बताइन्छ। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले पनि प्रधानमन्त्री ओलीको विश्वासको मत लिने प्रस्ताव असफल गराउन पार्टी लागिपर्ने बताए। ‘२७ गतेअघि अविश्वासको प्रस्ताव ल्याउनेबारे छलफल गर्न पार्टीमा ठोस निर्णय भइसकेको छैन, अविश्वास प्रस्ताव ल्याउने विषयमा अरु दलसँग पनि छलफल गर्नुपर्ने हुन्छ। कांग्रेसको निर्णय विश्वासको मत असफल गराउने हो’, महताले भने, ‘सत्ताबाहिर रहेका सबै दलसँग छलफल गरी विश्वासको मत लिने प्रस्तावलाई फेल गराउन अहिले हामी लाग्छौं। त्यसपछिको अवस्थामा पार्टीले फेरि निर्णय गर्दै अघि बढ्छ।’ 

यस्तो छ नयाँ गठबन्धनको अंकगणितीय कसरत 
अहिले प्रतिनिधि सभाका कूल २७५ सदस्यमध्ये माओवादीका चार सदस्य (सांसद) पदमुक्त भइसकेकाले २७१ जना मात्र सदस्य छन्। कांग्रेस र जसपाका ४ सांसद निलम्बित रहेकाले मत दिन पाउँदैनन्। तर, उनीहरुको संख्या मौजुदा कुल संख्यामा गणना हुन्छ। कांग्रेसमा ६१ जना, माओवादी केन्द्रका सभामुखसहित ४९ जना सांसद छन्। सभामुखले मत दिने नपाउने भएकाले माओवादीका ४८ सांसद छन्। बहुमत पुर्‍याउन १ सय ३६ सांसद आवश्यक पर्छ। कांग्रेस र माओवादीको मात्रै मत १ सय ९ पुग्छ। अहिलेको अवस्थामा नयाँ गठबन्धन बनाउन कांग्रेस र माओवादीलाई थप २७ मत आवश्यक पर्छ। 

जसपाका ३४ सांसदमध्ये दुई जना निलम्बित छन्। त्यसमध्ये जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवको पक्षमा १८ जना सांसद खुलेका छन्। यसअघि वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारणी समिति बैठकमा १८ जना सांसद यो पक्षमा खुलेका थिए। बाबुराम र उपेन्द्र पक्षका केही सांसद उपत्यकाबाहिर भएकाले अनुपस्थित हुँदा हस्ताक्षरमा सहभागी नभएको नेताहरुको दाबी छ। 

हस्ताक्षर गरेका जसपाका १८ जना सांसद जोड्दा नयाँ गठबन्धन निर्माणका लागि ९ सांसद अपुग हुन्छन्। तर, नयाँ सरकार गठन गर्ने प्रक्रिया अघि बढे त्यो संख्या बढ्दै जाने जसपा नेता गंगानारायण श्रेष्ठले बताए। नयाँ समीकरण बन्ने सम्भावना बढ्दै गए जसपामा बिचधारमा बसेका सांसदहरु समेत बाबुराम र उपेन्द्रपक्षमा तानिने उनीहरुको विश्वास छ। 

यो पनि पढ्नुहोस्

 

जसपामा महन्थ र राजेन्द्र पक्षले शुरु गर्‍यो सांसदको हस्ताक्षर संकलनमंगलबार, वैशाख २१, २०७८

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध जसपा आन्दोलनमा गएको थियो। फेरि ओलीलाई नै समर्थन गर्दा ऊमाथि नैतिक संकट पनि आउनसक्छ। त्यसकारण प्रधानमन्त्री ओलीसँगै मिलेर जाने भन्दा नयाँ गठबन्धनसँग सम्झौता गरेर जाँदा राजनीतिक रुपमा फाइदा हुने बहस पनि जसपामा छ। त्यो बहस चलाइरहेको बाबुराम–उपेन्द्र पक्ष आफ्नो पक्षमा १८ भन्दा बढी सांसद जुट्नेमा विश्वस्त देखिएको छ। 

जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने आफ्नो पक्षमा कति सांसद छन् भनेर देखाउन सकेको छैन। मंगलबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आफ्नो पक्षमा रहेका सबै सांसद पनि उपस्थित हुन नसकेपछि ठाकुर र महतोले सबै सांसदलाई काठमाडौं आइपुग्न निर्देशन दिएका छन्। जसपाका अरु सांसद आफ्नो पक्षमा पार्न दुबै पक्षवीच कडा टक्कर चलिरहेको छ।

यो पनि पढ्नुहोस्

 

ओलीले विश्वासको मत लिन खोज्दा जसपालाई एकता जोगाउने चुनौतीआइतबार, वैशाख १९, २०७८

महन्थ–राजेन्द्र पक्षका एक नेता आफूहरु ओली सरकारमै जानुपर्छ भन्ने केही नभएको, आफ्नो मुद्धा सम्बोधन हुनुपर्छ भन्नेमा केन्द्रित रहेको बताउँछन्। त्यसो हुँदा कांग्रेस र माओवादीले जसपाका मुद्धा सम्बोधन गर्नेगरी सम्झौता गरेमा नयाँ गठबन्धन बनाउन सजिलै बहुमत पुग्ने सम्भावना पनि देखिन्छ। त्यस्तै, प्रतिनिधि सभामा राष्ट्रिय जनमोर्चाको १, नेपाल मजदुर किसान पार्टीको १ र राष्ट्रिय प्रजातन्त्र पार्टीको १ सिट छ। नयाँ गठबन्धन बनेर संयुक्त सरकार बन्ने स्थिति भएमा साना दलले समेत ओलीविरुद्धको मोर्चाबन्दीलाई सघाउन सक्ने नेताहरु बताउँछन्। 

प्रधानमन्त्री ओलीको पक्षमा भने एमालेका १२१ सांसद छन्। १२१ सांसदमध्ये ३५ जना माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका छन्। ३५ मध्ये नेपालपक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेर ओलीले आक्रोशित बनाइसकेका छन्। यसअघि कर्णाली प्रदेशमा नेपाल पक्षका चार सांसदले फ्लोर क्रस गरेर माओवादीका मुख्यमन्त्रीको सरकार जोगाइदिएका र ओलीपक्षका नेता यामलाल कँडेलको मुख्यमन्त्री बन्ने योजना तुहाइदिएका थिए। प्रतिनिधि सभामा पनि त्यो स्थिति दोहोरिन सक्ने धेरैको आकलन छ। ओलीको आफ्नै पार्टी एमालेमा अहिलेसम्म करिव ८६ जना सांसद् मात्रै उनको पक्षमा खुलेका छन्। ३४ सांसद रहेको जसपाका २ जना निलम्बनमा रहेकाले ३२ जनाले मतदान गर्न पाउँछन्। तर, जसपाबाट पनि ओलीले एकमुस्ठ मत पाउने सम्भावना निकै कम छ। 

यो पनि पढ्नुहोस्

 

ओलीलाई विश्वासको मत पाउन कति सहज? नपाए के गर्लान्?आइतबार, वैशाख १९, २०७८

 

प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  २२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार, चैत ११, २०८२
ज्येष्ठ सदस्य केसीले आज शपथ लिने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । बुधबार, चैत ११, २०८२
नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्