• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १२, २०८२ Thu, Mar 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले विश्वासको मत लिन खोज्दा जसपालाई एकता जोगाउने चुनौती

64x64
नेपाल लाइभ आइतबार, वैशाख १९, २०७८  २२:५९
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि भनेर वैशाख २७ गतेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छन्। आइतबार बसेको मन्त्रिपरिषद्‌ बैठकले गरेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते अपराह्न १ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन बोलाएकी हुन्। 

प्रतिनिधि सभाको आकार अहिलेकै अवस्थामा रहेमा प्रधानमन्त्रीलाई विश्वासको मत पाउन १३६ सांसद्को समर्थन आवश्यक पर्छ।

प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन्। एमालेका सबै सांसद प्रधानमन्त्री ओलीको पक्षमा उभिएमा पनि बहुमत सिद्ध गर्न ओलीलाई अन्य १५ सांसदको आवश्यकता पर्छ। त्यसका लागि उनलाई एमालेबाहेक अन्य दलको समर्थन आवश्यक पर्छ। 

यो पनि पढ्नुहोस्

ओलीलाई विश्वासको मत पाउन कति सहज? नपाए के गर्लान्?आइतबार, वैशाख १९, २०७८

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले ओलीलाई समर्थन नगर्ने स्पष्ट 'संकेत' गरिसकेका छन्। तर, जनता समाजवादी पार्टी (जसपा)ले भने विश्वासको मत दिने वा नदिने भनेर कुनै निर्णय गरिसकेको छैन। 

ओली सरकारलाई लिएर जसपा अहिले दुई कित्तामा विभाजित छ। अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वको समूहले ओलीलाई साथ दिने संकेत गरेको छ। ठाकुर–महतो समूहका नेता केशव झाले आफूहरुले ओलीको पक्षमा विश्वासको मत दिने बताएका छन्। 

नेपाल लाइभसँग कुरा गर्दै नेता झाले भने, ' ‘हाम्रो पक्षले विश्वासको मत दिन्छ। अर्को पक्षले के गर्छ थाहा छैन।’ 

यो पनि पढ्नुहोस्

महन्थ-राजेन्द्र पक्ष भन्छ- ‘हाम्रो पक्षले विश्वासको मत दिन्छ, अर्को पक्षले के गर्छ थाहा छैन’ आइतबार, वैशाख १९, २०७८

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई नेतृत्वका नेताहरु भने ओलीलाई विश्वासको मत दिन नसिकने बताउँछन्। 

Ncell 2
Ncell 2

यादव–भट्टराई समूहका नेता एवम् सांसद मोहम्मद इश्तियाक राईले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताए। ‘जसपाले प्रधानमन्त्रीविरुद्ध उभिने संस्थागत निर्णय गर्छ। जो पार्टी निर्णयविरुद्ध उभिन्छ उसलाई कारबाही हुन्छ’, राईले भने ‘संयुक्त सरकारका लागि पार्टीले छलफल गरेर एउटा निष्कर्षमा पुग्छ।’ 

जसपाका अर्का नेता लक्ष्मणलाल कर्ण भने ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा पार्टीले निर्णय गरेपछि मात्रै थाहा हुने बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले समेत विश्वासको मतको विषयमा आफूहरुसँग कुनै छलफल नगरेको कर्णको भनाइ छ।

‘प्रधानमन्त्री ज्यूले हामीसँग विश्वासको मतको विषयमा कुरा गर्नु भएको छैन। हामीले विश्वासको मत दिन्छौं कि दिँदैनौ थाहा छैन, त्यो पार्टीले निर्णय गरेपछि मात्रै थाहा हुन्छ’, कर्णले भने।

जसपामा यसअघिदेखि नै तत्कालीन राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टी दुई भागमा विभाजित अवस्थामा छ। तत्कालिन राजपा सुरुदेखि नै ओलीलाई समर्थन गरेर जानुपर्ने पक्षमा उभिएको थियो।त्यसैले जसपाका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतो लगायत नेताहरु ओलीलाई नियमित रुपमा बालुवाटारमा भेटघाट गर्दै आएका थिए। 

जसपाका नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले आफ्ना माग पूरा गराउन अर्थमन्त्री विष्णु पौडेल, सत्तारुढ दल एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङ तथा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसँग भेट्ने गरेका छन्। 

उनीहरुबीच भएको समझदारीअनुसार नै मधेस आन्दोलनसँग सम्बन्धित विभिन्न १५ मुद्दामा प्रतिवादी बनाइएका १२० जनाविरुद्धको मुद्दा फिर्ता गर्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय भइसकेको छ। 

सरकारले गरेको सोही निर्णयलाई देखाएर ओलीबाट मात्रै आफूहरुका माग पूरा हुने भन्दै ठाकुर–महतो पक्षले ओलीसँग समझदारी गरेर जानुपर्ने मत राख्दै आएका छन्। जसपाका अरु माग समेत ओलीबाटै पुरा गर्न सकिने भएकाले उनीसंग सहमती गरेर जानुपर्ने ठाकुर–महतो पक्षका नेताहरुको भनाइ छ। 

तर, अर्को पक्ष (यादब–भट्टराई) समूह भने जसरी पनि सत्ताबाट ओलीलाई विस्थापित गर्नुपर्ने लाइनमा छन्। संसद विघटनयता ओलीविरुद्ध मोर्चाबन्दी बनाउँदै आएका उनीहरु संसद पुन:स्थापनापछि ओलीको विकल्पमा संयुक्त सरकार बनाउने कसरतमा सक्रिय छन्। 

यसबीच जसपा कार्यकारिणी समितिको वैशाख १४ गते बसेको बैठकले ओलीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउने निर्णय समेत गरेको छ। उक्त निर्णयमा जसपाका १८ जना सांसदले हस्ताक्षर समेत गरिसकेका छन्। जसपामा भट्टराई र यादव ठाकुर महतोमाथि हावी हुँदै गएका छन्।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि जसपालाई भने एकता जोगाउने चुनौती आइलागेको छ। जसपाकै एक नेता ओलीलाई विश्वासको मत दिने वा नदिने विषयले पार्टी फुट्नसक्नेतर्फ पनि पार्टीका शीर्ष नेताहरुले विचार पुर्‍याउनुपर्ने बताउँछन्। यस्तो अवस्थामा पार्टी एकतालाई पहिलो संकल्प बनाउनुपर्ने ती नेताको भनाइ छ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन
सम्बन्धित सामग्री
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष केसीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार, चैत ११, २०८२
ज्येष्ठ सदस्य केसीले आज शपथ लिने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् । बुधबार, चैत ११, २०८२
नेपाली बाहेकको भाषामा शपथ लिन ४७ सांसदले टिपाए नाम सांसदद्वय उज्ज्वलकुमार झा र मातृकाप्रसाद यादवले मैथिली भाषामा शपथ लिँदैछन् । कृपाराम रानाले राना थारू भाषामा शपथ लिने तयारी गरेका छन... मंगलबार, चैत १०, २०८२
ताजा समाचारसबै
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय बुधबार, चैत ११, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका खेलेनन् : जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार, चैत ११, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि घट्यो सुनको मूल्य मंगलबार, चैत १०, २०८२
पदभार ग्रहणपछि केसीले भने- सभामुखको आसनमा बसेपछि दलगत पूर्वाग्रहभन्दा माथि उठ्नुपर्छ बुधबार, चैत ११, २०८२
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा, बिहीबार सुनुवाइ हुने मंगलबार, चैत १०, २०८२
यस्तो छ २३ र २४ भदौको घटना जाँचबुझ आयोगको प्रतिवेदन बुधबार, चैत ११, २०८२
कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण, इन्धन डिपोमा आगलागी बुधबार, चैत ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेविसंघको नीतिगत निर्णय : कांग्रेससँग सम्वन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने शुक्रबार, चैत ६, २०८२
रवि लामिछानेको अभिव्यक्तिप्रति बाबुराम भट्टराईको टिप्पणी- फलेको हाँगो निहुरिन्छ भन्ने झल्कियो बुधबार, चैत ४, २०८२
राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये २ दलले प्रमुख सचेतकको सुविधा नपाउने आइतबार, चैत ८, २०८२
इजरायलमा इरानको भीषण हमला, नेतन्याहू भन्छन्- आजको रात निकै कठिन आइतबार, चैत ८, २०८२
इरानको न्युक्लियर सेन्टरमा आक्रमण, इजरायलद्वारा आरोप अस्वीकार, अमेरिकी कारबाहीमा टिप्पणी नगर्ने दाबी शनिबार, चैत ७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्