• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओलीलाई विश्वासको मत पाउन कति सहज? नपाए के गर्लान्?
64x64
किशोर दहाल आइतबार, वैशाख १९, २०७८  २२:२४
1140x725

काठमाडौं- सर्वोच्च अदालतको प्रतिनिधि सभा विघटनलाई बदर गर्ने २०७७ फागुन ११ को फैसलापछि नैतिक संकटमा परेका र फागुन २३ गतेको नेकपाले वैधता नपाउने फैसलापछि गणितिय रुपमै अल्पमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा उनले त्यसबारे जानकारी गराएका हुन्।

संविधानको धारा १०० (१) मा ‘प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्नेछ’ भन्ने व्यवस्था छ। सोही प्रावधान अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन्। प्रधानमन्त्री ओलीको यस निर्णयसँगै फागुन २३ गते यताको एउटा चर्चित विषयको निरुपण हुने भएको छ।

विश्वासको मत पाउलान्?
प्रतिनिधि सभाको आकार २७५ सदस्यीय भए पनि माओवादीका चार सांसद् पदमुक्त भएकाले प्रतिनिधि सभामा तत्काल कायम रहेको सांसद् संख्या २७१ छ। निलम्बित सांसद्हरुले मतदान प्रक्रियामा भाग लिन नपाएता पनि संसद्को आकारमा उनीहरुको संख्या पनि जोडिन्छ। प्रतिनिधि सभाका चार सांसद् (नेपाली कांग्रेसका २ र जसपाका २) अहिले निलम्बित अवस्थामा छन्। त्यसैले प्रतिनिधि सभाको आकार अहिलेकै अवस्थामा रहेमा प्रधानमन्त्रीलाई विश्वासको मत पाउन १३६ सांसद् आवश्यक पर्छ।

विश्वासको मतका लागि ओलीलाई आफ्नै दल नेकपा एमालेको सबैभन्दा ठूलो भर हुनेछ। त्यहाँ १२१ जना सांसद् छन्। तर, एमाले विभाजित अवस्थामा छ। सो पार्टीका माधवकुमार नेपाल पक्षका कर्णाली प्रदेश सभाका सदस्यहरुले दुई हप्ताअघि मात्रै फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई मत दिएका थिए। त्यसैले सो पक्षले ओलीलाई मत दिन्छन् वा दिँदैनन् भन्ने विषय अहिलेसम्म अन्योलमै छ।

माधव नेपाल पक्षका प्रतिनिधि सभामा करिब ३५ सांसद् छन्। २७ जनालाई त ओलीले स्पष्टीकरण नै सोधेका छन्। त्यसैले ती मत रणनीतिक रुपमा प्रयोग हुने आकलन गर्न सकिन्छ। अर्थात्, कुनै महत्त्वपूर्ण परिवर्तन सम्भव हुने स्थिति बनेमा मात्रै उनीहरुले ओलीको विपक्षमा मत दिनसक्छन्। यसर्थ आफ्नै पार्टीभित्र ओलीले ढुक्कसँग पाउने मत भनेको उनको पक्षमा खुलेका करिब ८६ जना सांसद् र फ्लोर क्रस गर्न नचाहने माधव नेपाल पक्षका केही सांसद्हरुको हो। बाँकी मत तत्कालीन परिस्थितिमा भर पर्नेछ।

कांग्रेस र माओवादी केन्द्रका सांसद्हरुमध्ये १०९ जना मतदानका लागि योग्य छन्। ६३ जना सांसद् रहेको कांग्रेसका दुई सांसद् निलम्बित छन्। ५३ जना सांसद् रहेको माओवादी केन्द्रका ४ जना पदमुक्त भएका छन्, एक जना सभामुख भएका कारणले (सामान्यतयाः) मत दिन पाउँदैनन्। यी दुवै पार्टीको मत सामान्य अवस्थामा ओलीको विपक्षमा जाने हो।

प्रतिनिधि सभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)सँग ३२ जना सांसद् (३४ जनामा दुई निलम्बित) छन्। तर, जसपा सांसदहरु अत्यन्तै विभाजित अवस्थामा छन्। एउटै संसदीय दल बनिनसकेको र दुई थरी पत्र सार्वजनिक गर्न थालिसकेका जसपाभित्रका बाबुराम भट्टराई र उपेन्द्र यादव एक पक्षमा छन्, महन्थ ठाकुर र राजेन्द्र महतो अर्को पक्षमा छन्।

केही दिनअघि भट्टराई-यादव पक्षले बहुमत सदस्यसहित केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएपछि त्यहाँभित्रको अवस्था लगभग स्पष्ट भएको स्थिति छ। १८ जना सांसद्ले ओलीको विरुद्ध आउने अविश्वासको प्रस्तावलाई सघाउने भनेर हस्ताक्षर नै गरिसकेको यो पक्षले दाबी गरिरहेको छ। त्यसैले भट्टराई-यादवसँग कम्तीमा १८ र बढीमा थप केही सांसद् रहेको आकलन गर्न सकिन्छ। सो पक्ष ओलीसँग रुष्ट भएकाले उनको विपक्षमा मत दिने स्पष्ट छ।

जसपाकै ठाकुर-महतो पक्षसँग बढीमा १४ सांसद् देखिन्छन्, त्यसमा पनि केही सांसद् कम हुनसक्छन्। यो पक्षको मत भने ओलीलाई नै खस्ने स्पष्ट जस्तै छ। उनीहरुले ओलीसँग पछिल्लो समय बढाएको निकटता मात्रै होइन, ठाकुर-महतो निकट नेताहरुले ओलीलाई सघाउने सार्वजनिक रुपमै भन्न थालेका छन्।

यसबाहेक प्रतिनिधि सभामा नेमकिपाको एक, राष्ट्रिय जनमोर्चाको एक, राप्रपाको एक र स्वतन्त्र सांसद् एक जना छन्। तर, ओलीलाई सघाउन भने नेमकिपा मात्रै तयार देखिन्छ।

यसरी प्रतिनिधि सभामा ओलीको पक्षमा एमालेको उनी पक्षका ८६, जसपाको ठाकुर-महतो पक्षका १४ तथा नेमकिपाको एक सांसद् देखिन्छन्। ती सबै गर्दा उनले १०१ मत पाउने देखिन्छ। एमालेभित्रको अर्को पक्षमा रहेका ३५ मध्ये सबैले मत दिएको अवस्थामा मात्रै उनको पद सुरक्षित हुनसक्छ।

ओलीले स्पष्टीकरण सोधेका २७ जनालाई पदमुक्त नै  गर्न सफल भए भने प्रतिनिधि सभाको सदस्य संख्या २४४ हुन आइपुग्छ। त्यतिबेला बहुमतका लागि १२३ जना चाहिन्छ। त्यतिबेला पनि ओलीको कठिनाइ कम हुँदैन।

समग्रमा जसपा विभाजित अवस्थामै र त्यहाँभित्र अहिलेकै शक्ति सन्तुलन कायम रहेको अवस्थामा प्रधानमन्त्री ओलीले विश्वासको मत पाउने सम्भावना क्षीण छ। तर, ओलीले बहुमत पुर्‍याउनै चाहेमा यसबीचमा धेरै उथलपुथल सिर्जना गर्नसक्छन्। त्यसले फरक अवस्था सिर्जना गर्न सक्छ।

विश्वासको मत पाउन चाहन्छन् ओली?
पुस ५ गते प्रतिनिधि सभा विघटन भयो र फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाद्वारा पुनःस्थापित भयो। लगत्तै फागुन २३ गतेको अर्को फैसलाद्वारा एमाले र माओवादी केन्द्र अलग्गिए। त्यसपछि नै विश्वासको मतको चर्चा सुरु भएको हो। तर, सम्बद्ध सबै पक्ष विश्वासको मतपछिको राजनीतिक परिदृश्यको जोडघटाउमा लागेका कारण यो विषय अल्झिरहेको थियो।

यथार्थमा प्रधानमन्त्री ओली प्रतिनिधि सभा विघटन गर्ने आफ्नो कदमलाई पुष्टि गर्ने प्रयत्नमै छन्। उनले अदालतले प्रतिनिधि सभा पुनःस्थापित गरे पनि आफ्नो कदम सही थियो भन्ने जिद्दी छाडेका छैनन्। यसअघि असंवैधानिक तवरबाट प्रतिनिधि सभा विघटन गरेका उनले त्यसपछि भने संवैधानिक प्रक्रिया पूरा गरेर प्रतिनिधि सभा विघटन गर्ने ध्याउन्नमा रहेको संकेत गर्दै आएका छन्। त्यसमा सफल भएमा उनले आफ्नो दलभित्रको किचलो अन्त्य गर्ने अवसर पाउनेछन् र पुस ५ को असंवैधानिक कदमलाई राजनीतिक आवश्यकताको लेपन लगाउन पाउनेछन्।

अर्कोतिर, कांग्रेस सभापति शेरबहादुर देउवा पनि दलभित्र र आगामी सत्ता सम्भावनाको स्वार्थको कारण चुनाव चाहिरहेका छन्। खालि, चुनाव हुने मितिले आफ्नो महाधिवेशनको परिणामलाई असर नपारोस् भन्ने मात्रै उनको तत्कालको चासो हो। त्यसमा पनि प्रधानमन्त्री ओलीले भरोसा दिलाइसकेको बताइन्छ।

प्रतिनिधि सभाको तेस्रो ठूलो दल माओवादी केन्द्रले भने चुनाव पटक्कै चाहेको छैन। चुनावैपिच्छे खुम्चिँदै गएको जनाधार मुख्य कारण हो नै, प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमका विरुद्ध सबैभन्दा सशक्त आन्दोलन गरेकाले त्यसको आवश्यकता पुष्टि नै गराउन पाएको छैन माओवादीले। त्यसैले वर्तमान प्रतिनिधि सभाबाट नयाँ सम्भावना खोज्ने वा चुनावमा जाने भन्ने दोसाँधमा रहिरह्यो माओवादी। ओलीले समर्थन फिर्ता लिन सार्वजनिक हुँकार गर्दा पनि उसले सुनेको नसुन्यै गरिरह्यो।

अविश्वासको प्रस्ताव अपेक्षा गरेका ओली त्यस्तो सम्भावना नदेखिएपछि आफै अघि सरेका छन्। तर, उनले विश्वासको मत लिन सफल भइएला र थप एक वर्ष ढुक्कसँग प्रधानमन्त्री बनौंला भन्ने अभिप्राय राखेजस्तो देखिँदैन। बरु यो निर्णयलाई उनले विगत केही महिनादेखि प्रतिनिधि सभालाई पंगु साबित गर्न खोजेको प्रयासकै विस्तारित रुपमा बुझ्नु मनाशिव हुन्छ।

विश्वासको प्रस्तावमाथि मतदान हुनासाथ उनले केही लाभ हासिल गर्नेछन्। पहिलो, त्यही बिन्दुबाट जसपा विभाजनको औपचारिक सुरुवात हुनसक्छ। दोस्रो, आफ्नै पार्टीभित्रको माधवकुमार नेपाल पक्षको अवस्था पनि स्पष्ट हुन्छ। फ्लोर क्रस गर्ने वा नगर्ने विवादले नेपालको शक्ति झनै घट्न सक्छ। अर्कोतिर, ठूलो संख्याले फ्लोर क्रस गरे भने पार्टीभित्रको किचलोलाई लिएर ओलीको ओलीको टाउको दुखाइ पनि समाप्त हुन्छ। किनकि, नेपाल पक्ष औपचारिक रुपमै एमालेबाट अलग्गिने अवस्था आउँछ। ओलीको यो निर्णयले जसपा र एमाले भित्रको माधवकुमार नेपाल पक्षलाई अप्ठ्यारो सिर्जना हुनसक्छ।

विश्वासको मत पाएमा ओली थप शक्तिशाली हुने छन्। नपाएमा, मुलुकलाई चुनावमा होम्ने उनको अभिष्ट साकार हुने दिशातिर मुलुक अघि बढ्ने छ। किनकि, ओलीले विश्वासको मत पाउन नसकेपछि उनलाई विस्थापन गर्न संविधानको धारा ७६ (२) बमोजिम प्रतिनिधि सभामा रहेका दलहरुले बहुमतको हस्ताक्षर जम्मा पार्न सक्नुपर्छ। त्यसो  गर्न केही महिनायताका प्रयास असफल भएको यथार्थ छँदैछ।

बहुमतको सरकार बन्न नसकेको स्थितिमा संविधानको धारा ७६ (३) अनुसार ओली नै अल्पमतको प्रधानमन्त्री नियुक्त हुनेछन्। ओलीको क्याबिनेटमा रहेका एक मन्त्रीले आइतबार साँझ नेपाल लाइभसँग भने पनि, '२७ गते प्रधानमन्त्रीले विश्वासको मत पाउनुहुन्छ। पाउनु भएन भने सोही दिन उहाँ धारा ७६(३) अनुसारको प्रधानमन्त्री नियुक्त हुनुहुन्छ।' 

त्यतिबेला पनि उनले विश्वासको मत नपाउन सक्छन्। किनकि, संसद्को शक्ति समीकरणमा खास बदलाव आउने अवस्था छैन। त्यसपछि धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्न झनै असम्भवप्रायः छ। परिणामतः ओलीले प्रतिनिधि सभालाई वैधानिक रुपमा विघटन गरी मुलुकलाई चुनावमा होम्न सफल हुनेछन्, जुन उनले केही महिनायता चाहिरहेका थिए।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा त्यस्तै, देश बर्बाद भयो, झुर भयो भन्नेहरूप्रति पनि विश्वास नगर्न विद्यार्थीहरूलाई सुझाएका छन्। उनले अध्ययन, विश्लेषण र समीक्षाका आधा... शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा–काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रममा सम्बो... शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अ... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
कसैले देशमा खतरा आयो भनेर भनेको कुरा नपत्याउनू : गगन थापा शनिबार, असार २१, २०८२
०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको छ : अध्यक्ष दाहाल शनिबार, असार २१, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्