• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक ९, २०८३ Mon, Oct 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०८२  १४:५८
1140x725

काठमाडौं– हमासले अमेरिकाले अघि सारेको नयाँ गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको पछिल्लो प्रस्तावमा मध्यस्थकर्ताहरूलाई "सकारात्मक प्रतिक्रिया" दिएको जनाएको छ। प्यालेस्टिनी सशस्त्र समूहले एक विज्ञप्तिमार्फत आफू "वार्ताको चरणमा तत्काल प्रवेश गर्न गम्भीर रूपमा तयार" रहेको जनाएको छ।

ती वार्ताका विषयसँग निकट रहेका एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले सामान्य ढाँचाका रूपमा स्वीकार गरेको छ।

तर उसले २० महिना देखिको युद्धको स्थायी अन्त्यको लागि वार्ता असफल भएमा शत्रुता पुनः सुरु नहुने अमेरिकी सुनिश्चिततासहित कैयौँ मुख्य संशोधनहरूको माग समेत गरेको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै गाजामा अर्को सातासम्ममा युद्धविराम सम्झौता हुन सक्ने बताएका छन्। यसबारे इजरायल सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

ट्रम्पको दबाब
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मङ्गलवार इजरायलले ६० दिने युद्धविरामका लागि "आवश्यक सर्तहरू" स्वीकार गरेको जनाएका थिए। उक्त अवधिमा सम्बन्धित पक्षहरूले युद्ध अन्त्य गर्नका लागि कामहरू गर्ने भनिएको छ।

ट्रम्पले हमासलाई त्यो "अन्तिम प्रस्ताव" भन्दै त्यसलाई स्वीकार गर्न पनि आग्रह गर्ने क्रममा त्यसो नगरिए उनीहरूका लागि "केही राम्रो हुनेछैन केवल झन् खराब हुनेछ" भन्दै चेतावनी दिएका थिए।

उक्त योजनामा ​​इजरायली जेलमा राखिएका प्यालेस्टिनी बन्दीहरूका बदलामा हमासले १० जीवित इजरायली बन्धकलाई क्रमिक रूपमा छाड्ने र १८ अन्य बन्धकहरूको शव बुझाउने कुरा समावेश गरिएको विश्वास गरिन्छ। गाजामा अझै पनि पचासजना बन्धकहरू छन् जसमध्ये कम्तीमा २० जीवित रहेको विश्वास गरिन्छ।

उक्त प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा पर्याप्त मात्रामा मानवीय सहायता तत्कालै गाजा पठाइने कुरा उल्लेख रहेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हमासका माग के छन्?

ती वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूद्वारा विशेष रूपमा सहायता वितरण गर्न माग गरेको छ।

उसले इजरायल र अमेरिकाको साथ पाएको गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित विवादास्पद वितरण प्रणाली तत्काल अन्त्य गर्न माग गर्दै आएको छ।

त्यसबाहेक हमासले मुख्य संशोधनका रूपमा इजरायली सेनाको फिर्ताको माग गरेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अमेरिकी प्रस्तावमा चाहिँ उत्तरी र दक्षिणी गाजाका केही भागबाट चरणबद्ध रूपमा सैनिकहरू फिर्ता बोलाउने कुरा समावेश रहेको विश्वास गरिन्छ।

तर ती अधिकारीका अनुसार हमासले मार्चमा पछिल्लो युद्धविराम भङ्ग हुनुअघि सेनाहरू रहेका ठाउँमा फर्कनमा जोड दिइरहेको छ।

हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा इजरायली हवाई र स्थल कारबाही पुनः सुरु नहुने अमेरिकी सुनिश्चितता समेत चाहेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

उक्त प्रस्तावले युद्ध अन्त्य गर्ने वार्ता पहिलो दिनबाटै सुरु हुने उल्लेख गरेको ठानिएको छ। यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरू रिहा नभएसम्म र हमासको सैन्य तथा शासन क्षमता नष्ट नभएसम्म युद्ध अन्त्य गर्ने कुरा अस्वीकार गर्दै आएका छन्।

गाजामा हमला कायमै
शुक्रवार अमेरिका युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहँदा इजरायलले गाजा स्ट्रिपभर कैयौँ मारिनेगरी बमवारी जारी राखेको थियो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले शुक्रवार जनाए अनुसार पछिल्ला पाँच सातामा जीएचएफका सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ५०९ जना र सहायता बोकेका गाडीका लस्कर नजिकै १०४ जनाको मारिएको विवरण सार्वजनिक गरेको छ।

उक्त राष्ट्रसङ्घीय कार्यालयकी प्रवक्ता रविना शामदासानीले आफूहरूले तथ्याङ्क प्रमाणित गर्ने र जिम्मेवार को हो भनेर पत्ता लगाउने काम गरिरहेको बताइन्।

तर उनले "इजरायली सेनाले वितरण बिन्दुमा पुग्न खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोलाबारी र गोली चलाएको प्रस्ट छ" भनेकी छन्। जीएचएफले संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयबाट "सिधै" आइरहेको भन्दै त्यो विश्वसनीय नभएको बताएको छ।

उक्त निकायले ती तथ्याङ्क आफ्नो प्रयासमा "झूटो कलङ्क" लगाउन प्रयोग गरिएको आरोप लगाएको छ। जीएचएफका अध्यक्षले यो साता आफ्नो स्थलहरूमा वा नजिकै कुनै पनि हिंसात्मक घटना नभएकोमा जोड दिए।

उता गाजाबाट ६० किलोमिटर मात्र पर रहेको इजरायली सहर तेल अभिभमा बाँकी बन्धकहरूका परिवार र उनीहरूका समर्थकहरूले अमेरिकी नियोगबाहिर एक र्‍याली आयोजना गर्दै ट्रम्पलाई ती सबैलाई रिहा गर्ने "सम्झौता" गराउन आग्रह गरेका छन्।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमलाको जबाफमा इजरायली सेनाले गाजामा कारबाही सुरु गरेको थियो। हमासको हमलामा त्यसबेला झण्डै १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।

गाजामा त्यसबेलादेखि कम्तिमा ५७,२६८ जना मारिएको उक्त भूभागको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कहाँ छन् रवि लामिछाने?
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ?
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत
सम्बन्धित सामग्री
हुथी आक्रमणपछि दुई सातादेखि बन्द रियाद विमानस्थलमा उडान फेरि सञ्चालनमा, तर अझै आक्रमणको चेतावनी ‘फ्लाइट राडार’ नामक उडान अनुगमन साइटले आइतबार बिहान रियाद विमानस्थलबाट एउटा विमान उडेर साउदी सहर जेद्दाहतर्फ गइरहेको देखाएको छ । आइतबार, कात्तिक ८, २०८३
कङ्गोमा इबोलाविरुद्धको खोप परीक्षण सुरुः महामारी नियन्त्रणमा नयाँ आशा इबोलाको बुन्डिबुग्यो प्रजातिविरुद्धको यस दोस्रो र तेस्रो चरणको परीक्षणलाई स्वाहिली भाषामा ‘आशा’ अर्थ लाग्ने ‘तुमैनी’ नाम दिइएको छ । आइतबार, कात्तिक ८, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार किम शनिबार चीनको सीमावर्ती सहर डान्दोङ पुगेका हुन्। उनी उत्तर कोरिया र चीनलाई जोड्ने हालै... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
कहाँ छन् रवि लामिछाने? आइतबार, कात्तिक ८, २०८३
साइबर जोखिमले बन्द सरकारी वेबसाइट कहिले खुल्छन् ? आइतबार, कात्तिक ८, २०८३
जलवायु अनुकूलन कोषमा नेपालका तीन परियोजना स्वीकृत आइतबार, कात्तिक ८, २०८३
एनपीएलमा नियोफिन तीन वर्षका लागि प्लेटिनम क्याप प्रायोजक आइतबार, कात्तिक ८, २०८३
क्रिकेट हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन आइतबार, कात्तिक ८, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटनाग्रस्त, तीनको मृत्यु आइतबार, कात्तिक ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्