• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग

64x64
नेपाल लाइभ शनिबार, असार २१, २०८२  १४:५८
1140x725

काठमाडौं– हमासले अमेरिकाले अघि सारेको नयाँ गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी सम्झौताको पछिल्लो प्रस्तावमा मध्यस्थकर्ताहरूलाई "सकारात्मक प्रतिक्रिया" दिएको जनाएको छ। प्यालेस्टिनी सशस्त्र समूहले एक विज्ञप्तिमार्फत आफू "वार्ताको चरणमा तत्काल प्रवेश गर्न गम्भीर रूपमा तयार" रहेको जनाएको छ।

ती वार्ताका विषयसँग निकट रहेका एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले बीबीसीलाई बताएअनुसार हमासले सामान्य ढाँचाका रूपमा स्वीकार गरेको छ।

तर उसले २० महिना देखिको युद्धको स्थायी अन्त्यको लागि वार्ता असफल भएमा शत्रुता पुनः सुरु नहुने अमेरिकी सुनिश्चिततासहित कैयौँ मुख्य संशोधनहरूको माग समेत गरेको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हमासको प्रतिक्रियाको स्वागत गर्दै गाजामा अर्को सातासम्ममा युद्धविराम सम्झौता हुन सक्ने बताएका छन्। यसबारे इजरायल सरकारले तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

ट्रम्पको दबाब
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत मङ्गलवार इजरायलले ६० दिने युद्धविरामका लागि "आवश्यक सर्तहरू" स्वीकार गरेको जनाएका थिए। उक्त अवधिमा सम्बन्धित पक्षहरूले युद्ध अन्त्य गर्नका लागि कामहरू गर्ने भनिएको छ।

ट्रम्पले हमासलाई त्यो "अन्तिम प्रस्ताव" भन्दै त्यसलाई स्वीकार गर्न पनि आग्रह गर्ने क्रममा त्यसो नगरिए उनीहरूका लागि "केही राम्रो हुनेछैन केवल झन् खराब हुनेछ" भन्दै चेतावनी दिएका थिए।

उक्त योजनामा ​​इजरायली जेलमा राखिएका प्यालेस्टिनी बन्दीहरूका बदलामा हमासले १० जीवित इजरायली बन्धकलाई क्रमिक रूपमा छाड्ने र १८ अन्य बन्धकहरूको शव बुझाउने कुरा समावेश गरिएको विश्वास गरिन्छ। गाजामा अझै पनि पचासजना बन्धकहरू छन् जसमध्ये कम्तीमा २० जीवित रहेको विश्वास गरिन्छ।

उक्त प्रस्तावमा संयुक्त राष्ट्र सङ्घ र रेडक्रसको अन्तर्राष्ट्रिय समितिको संलग्नतामा पर्याप्त मात्रामा मानवीय सहायता तत्कालै गाजा पठाइने कुरा उल्लेख रहेको बताइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

हमासका माग के छन्?

ती वरिष्ठ प्यालेस्टिनी अधिकारीका अनुसार हमासले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूद्वारा विशेष रूपमा सहायता वितरण गर्न माग गरेको छ।

उसले इजरायल र अमेरिकाको साथ पाएको गाजा ह्युमेनिटेरिअन फाउन्डेशन (जीएचएफ) द्वारा सञ्चालित विवादास्पद वितरण प्रणाली तत्काल अन्त्य गर्न माग गर्दै आएको छ।

त्यसबाहेक हमासले मुख्य संशोधनका रूपमा इजरायली सेनाको फिर्ताको माग गरेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

अमेरिकी प्रस्तावमा चाहिँ उत्तरी र दक्षिणी गाजाका केही भागबाट चरणबद्ध रूपमा सैनिकहरू फिर्ता बोलाउने कुरा समावेश रहेको विश्वास गरिन्छ।

तर ती अधिकारीका अनुसार हमासले मार्चमा पछिल्लो युद्धविराम भङ्ग हुनुअघि सेनाहरू रहेका ठाउँमा फर्कनमा जोड दिइरहेको छ।

हमासले स्थायी युद्धविरामको वार्ता असफल भएमा इजरायली हवाई र स्थल कारबाही पुनः सुरु नहुने अमेरिकी सुनिश्चितता समेत चाहेको ती प्यालेस्टिनी अधिकारीले बताएका छन्।

उक्त प्रस्तावले युद्ध अन्त्य गर्ने वार्ता पहिलो दिनबाटै सुरु हुने उल्लेख गरेको ठानिएको छ। यद्यपि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सबै बन्धकहरू रिहा नभएसम्म र हमासको सैन्य तथा शासन क्षमता नष्ट नभएसम्म युद्ध अन्त्य गर्ने कुरा अस्वीकार गर्दै आएका छन्।

गाजामा हमला कायमै
शुक्रवार अमेरिका युद्धविराम प्रस्तावमा हमासको प्रतिक्रिया पर्खिरहँदा इजरायलले गाजा स्ट्रिपभर कैयौँ मारिनेगरी बमवारी जारी राखेको थियो।

संयुक्त राष्ट्र सङ्घको मानव अधिकार कार्यालयले शुक्रवार जनाए अनुसार पछिल्ला पाँच सातामा जीएचएफका सहायता वितरण केन्द्रहरू नजिकै कम्तीमा ५०९ जना र सहायता बोकेका गाडीका लस्कर नजिकै १०४ जनाको मारिएको विवरण सार्वजनिक गरेको छ।

उक्त राष्ट्रसङ्घीय कार्यालयकी प्रवक्ता रविना शामदासानीले आफूहरूले तथ्याङ्क प्रमाणित गर्ने र जिम्मेवार को हो भनेर पत्ता लगाउने काम गरिरहेको बताइन्।

तर उनले "इजरायली सेनाले वितरण बिन्दुमा पुग्न खोजिरहेका प्यालेस्टिनीहरूमाथि गोलाबारी र गोली चलाएको प्रस्ट छ" भनेकी छन्। जीएचएफले संयुक्त राष्ट्र सङ्घको तथ्याङ्क गाजाको स्वास्थ्य मन्त्रालयबाट "सिधै" आइरहेको भन्दै त्यो विश्वसनीय नभएको बताएको छ।

उक्त निकायले ती तथ्याङ्क आफ्नो प्रयासमा "झूटो कलङ्क" लगाउन प्रयोग गरिएको आरोप लगाएको छ। जीएचएफका अध्यक्षले यो साता आफ्नो स्थलहरूमा वा नजिकै कुनै पनि हिंसात्मक घटना नभएकोमा जोड दिए।

उता गाजाबाट ६० किलोमिटर मात्र पर रहेको इजरायली सहर तेल अभिभमा बाँकी बन्धकहरूका परिवार र उनीहरूका समर्थकहरूले अमेरिकी नियोगबाहिर एक र्‍याली आयोजना गर्दै ट्रम्पलाई ती सबैलाई रिहा गर्ने "सम्झौता" गराउन आग्रह गरेका छन्।

सन् २०२३ को अक्टोबर ७ मा भएको हमलाको जबाफमा इजरायली सेनाले गाजामा कारबाही सुरु गरेको थियो। हमासको हमलामा त्यसबेला झण्डै १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो।

गाजामा त्यसबेलादेखि कम्तिमा ५७,२६८ जना मारिएको उक्त भूभागको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १४:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री
सम्बन्धित सामग्री
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै नि... सोमबार, भदौ २९, २०८३
अफगानिस्तानमा फेरि आतंकको अखडा बन्दै अल–कायदा द वासिङ्टन पोस्टको रिपोर्टअनुसार सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि उत्पन्न सुरक्षा शून्यताको फाइदा उठाउँदै अल–काय... आइतबार, भदौ २८, २०८३
इजरायली प्रधानमन्त्रीले कपाल र मेकअपमा गरे ७ करोडभन्दा बढी खर्च सन् २०२३ को सेप्टेम्बरदेखि नोभेम्बरसम्म प्रधानमन्त्रीको कपाल सजाउन करिब २ हजार ६ सय डलर र मेकअपमा करिब १ हजार ५८० डलर खर्च भएको अभिल... आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्प भन्छन्, ‘अहिले कुनै निर्णय भएको छैन’ सोमबार, भदौ २९, २०८३
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : बलायर सोमबार, भदौ २९, २०८३
काठमाडौंको बन्द कोठामा बसेर पाठ्यक्रम निर्माण गर्ने अभ्यास अन्त्य गर्नुपर्छ : शिक्षामन्त्री सोमबार, भदौ २९, २०८३
प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : मन्त्री बादी सोमबार, भदौ २९, २०८३
पशुपतिका चारवटै ढोका खुला, ९ हजार बढीले गरे दर्शन सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
ढोगेको तस्बिर सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले लेखे– ‘राष्ट्रपति कार्यालयमा पुग्दा शरीरमा रगतले लतपतिएको ज्याकेट थियो’ आइतबार, भदौ २८, २०८३
कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङको राजीनामा स्वीकृत आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्