काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतोले नेतृत्व गरेको पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएको छ।
प्रधानमन्त्री ओलीले आउँदो वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेपछि जसपाको यो पक्षको प्रतिक्रिया आएको हो।
प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेको जानकारी आइतबार बेलुकीको मन्त्रिपरिषद् बैठकमा गराएका छन्। योसँगै सरकारले वैशाख २७ गते नै संघीय संसद्को बजेट अधिवेशन डाक्न सिफारिस गरेको छ।
हामीले जसपाको महन्थ-राजेन्द्र पक्षका नेता केशव झालाई अब प्रधानमन्त्रीलाई विश्वासको मत दिनुहुन्छ त? भनेर सोधेका थियौं। झाले भने, ‘हाम्रो पक्षले विश्वासको मत दिन्छ। अर्को पक्षले के गर्छ थाहा छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।