फाइल तस्विर काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आह्वान गरेको सर्वदलीय बैठकमा संसदको चौंथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि उपेक्षा गरिएको छ।
आफूहरुलाई बैठकको खबर नआएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताएका हुन्।
आज प्रधानमन्त्रीको सचिवालयले जारी गरेको सूचनामा गणतन्त्र पक्षधर दलहरुको बैठक भनिएको थियो। रास्वपा घोषितरुपमा गणतन्त्रवादी दल नै हो।
बैठक अहिले ७ बजे सिंहदरबारमा बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।