काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले पूर्व राजा ज्ञानेन्द्र शाह मूर्ति चोर भएको आरोप लगाएका छन् ।
सोमबार पार्टी निकट खेलकुद महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन् ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले पूर्वराजालाई मूर्ति चोरसम्म मात्र भनेनन् उनले मूर्ति बेचेर नेपालमा हेरोइन भित्र्याउने पहिलो व्यक्तिसमेत रहेको दाबी गरेका छन् ।
नेता खनालले भने, ‘त्यति बेलाका अधिराजकुमारहरू ज्ञानेन्द्र, धीरेन्द्र नेपालको मूर्ति चोर्ने, बाहिर लाने, उनीहरूसँग डिप्लोमेटिक ब्याग हुन्थ्यो । डिप्लोमेटिक ब्यागमा खानतलासी हुँदैन, त्यो खानतलासी नहुने डिप्लोमेटिक ब्यागमा देशका अमूल्य चिजहरू बाहिर लाने र बाहिरबाट हेरोइन जस्ता चिजहरू ल्याउने काम गर्थे ।’
यस्तै उनले चिहानमा गाडेको राजतन्त्र ब्यूँतिने कुनै सम्भावना नरहेको पनि दाबी गरे । राजावादीहरूको चरित्र तीनकुने घटनाबाटै प्रस्ट भइसकेको उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।