काठमाडौं– प्रधानमन्त्री लगायत मन्त्रीहरुले सम्पती विवरण सार्वजनिक गरेका छन्।
विवरण अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको बैंक खातामा ४२ लाख रुपैयाँ छ। एभरेष्ट बैंकमा रहेको खातामा ४२ लाख रुपैयाँ रहेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ। जून रकम तलब भत्ता बापतको भएको उल्लेख गरिएको छ।
ओलीको सम्पती श्रीमती राधिका शाक्यको नाममा छ। २ वटा घर छन्। २ कित्ता जग्गा छ, जसमध्ये एउटा १ रोपनी र अर्काे डेढ रोपनी छ। जून जग्गामा २ वटा घर छन्।
त्यस्तै झापाको पृथ्वीनगरमा १० कठ्ठा जग्गा छ। ओलीसँग करिब १७÷१८ तोला गहना रहेको उल्लेख छ।
त्यस्तै श्रीमती राधिकाको नाममा ३ वटा बैंकमा खाता छन्। माछापुच्छ«े बैकमा ४ लाख, प्रभ बैंकमा ६ लाख, राष्ट्रिय वचतपत्रमा २५ लाख रुपैयाँ लगानी छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचत रहेको उनको भनाई छ। राष्ट्र बैंकका पूर्व कर्मचारीका रुपमा उक्त बचतपत्रमा लगानी गरेको सम्पती विवरणमा उल्लेख छ। 


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।