• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मंगलबार दिनभरका प्रमुख समाचार (नेपाल लाइभ डायरी- २०७८ वैशाख १४)

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  २२:४६
1140x725

काठमाडौं– मंगलबार नेपाल लाइभमा कोरोना भाइरससँग जोडिएका सामग्रीहरु नै प्राथमिकतामा रहे। शय्या भरिएको टेकु अस्पतालको भिडिओ रिपोर्ट र विभिन्न अस्पतालको अवस्था, कोहलपुरकी उपमेयरको याचना,  नेपालमा अक्सिजन उत्पादनको क्षमतादेखि मंगलबार थपिएका कोरोना संक्रमित र मृतकको तथ्यांकसम्मका समाचारहरु प्रकाशित भए।

गण्डकी प्रदेश सभाको बैठक, माओवादी केन्द्रको बैठक, जसपाका शीर्ष नेताको बैठकसँग सम्बन्धित समाचारहरु पनि चासोमा रहे। मंगलबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:

अस्पतालमा मुस्किल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार देखिएको दृश्य आज नेपाल लाइभमा प्रकाशित भएको छ। कोरोना संक्रमण भई गम्भीर बिरामी भएकाहरुले सो अस्पतालमा बेड खालि नभएको, अस्पतालमा रहेको १२ वटा भेन्टिलेटर सहितको २२ वटा आइसियुमा बिरामी भरिएका, त्यहाँ आउनेहरुले बेड नपाएपछि अन्यत्र बुझ्दा पनि नपाएका, भेन्टिलेटरमा उपचार कोरोना संक्रमित निको हुने दर समेत कम हुँदै गएको जस्ता विवरण सो रिपोर्टबाट जानकारी पाइन्छ। अन्यत्रका अस्पतालको अवस्था पनि उस्तै रहेको नेपाल लाइभमा प्रकाशित विभिन्न रिपोर्टबाट आकलन गर्न सकिन्छ।

सम्बन्धित समाचारः
कोरोना संक्रमितले भरिए टेकु अस्पतालका शय्या, कसरी हुँदैछ उपचार? [भिडियोसहित]

आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल, बिरामीको दुखेसो : सरकारीमा बेड छैन भन्छन्, निजीमा लाने पैसा छैन  

नारायणी अस्पतालका मेसु भन्छन्- समन्वय नहुँदा स्थिति भयावह बन्यो   

० ० ० 

काठमाडौंबाट बाहिरिनेको भीड
आज दिनभर नै काठमाडौं छाड्नेहरुले बसपार्क तथा मुख्य नाकाहरुमा भीड बढेको खबरहरु सार्वजनिक भइरहे। १६ गते बिहानदेखि निषेधाज्ञा जारी भएपछि मानिसहरु बाहिरिन लागेका हुन्। धेरैलाई निश्चित समयका लागि तोकिएको अहिलेको लकडाउन पछि लम्बिँदै जान सक्ने आकलन गरेका छन्। त्यसैले धेरैको उद्देश्य काठमाडौं छाड्नु रहेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

सम्बन्धित समाचारः
१६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

० ० ०

उपमेयरको याचना
मंगलबार कोहलपुर नगरपालिकाकी उमेयर सञ्जुकुमारी चौधरीले उनको नगरपालिकाको अवस्थाबारे बताएको रिपोर्ट प्रकाशित भएको छ। उनले भनेकी छिन्- ‘नगरले दुई वटा आइसोलेन सेन्टर सञ्चालनमा ल्याएको र अर्को निर्माणाधीन रहेकाले डाक्टरको अभाव भएको छ। प्रदेश र केन्द्र सरकारसँग हाम्रो अनुरोध छ कि, विज्ञ चिकित्सक र औषधि सहयोग गरिदिनु पर्‍यो।‘

सम्बन्धित समाचारः
उपमेयरको याचना- ‘अवस्था भयावह छ, डाक्टर र औषधि पठाइदिनुस्’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

० ० ०

गण्डकी प्रदेश सभामा सत्तारुढ एमालेद्वारा अवरोध
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध परेको अविश्वास प्रस्तावमा आज पनि छलफल हुने कार्यक्रम भए पनि हुन सकेन। मंगलबारको बैठक सुरु हुने बित्तिकै सत्तारुढ एमाले सांसद्हरु उठेका थिए। त्यसपछि सभामुखको समय लिएर बोलेका राजीव पहारीले सांसद्हरुको कोरोना परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै असन्तुष्टि जनाए। उनले बोलिसकेपछि एमालेका सांसद्हरु सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित गरेको बैठक आज बस्न सकेन। बरु, सांसद्हरुको कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको छ।

सम्बन्धित समाचारः
सत्तापक्षले नै अवरोध गरेपछि गण्डकी प्रदेश सभा २० मिनेटलाई स्थगित  

सत्ता पक्षको अवरोधप्रति विपक्षीको टिप्पणी : कोरोनाको बहानामा सत्ता टिकाउने खेल

संक्रमितले पनि मतदान गर्न पाउनेगरी गण्डकी प्रदेश सभा सञ्चालन गर्ने सहमति

० ० ०

पीसीआरपरीक्षणमा बढी शुल्क लिए कारबाही गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआरपरीक्षणका नाममा तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने चेतावनी दिएको छ। मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ।

सम्बन्धित समाचारः
पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी  

० ० ०

१० जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५०० नाघ्यो
हालसम्म १५ जिल्लामा २०० भन्दा माथि संक्रमित पुगेका छन्। त्यस्तै ५०० भन्दा माथि संक्रमित रहेका जिल्लाको संख्या १० पुगेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै अहिले १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा धेरै संक्रमित काठमाडौं रहेका छन्। काठमाडौंमा सात हजार ९६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

सम्बन्धित समाचारः
यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो

० ० ०

जसपा बैठक अनिर्णित
सत्ता गठबन्धनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठको बैठक विना निष्कर्ष टुंगिएको छ। मंगलबार दिउँसो बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउन भट्टराईले राखेको प्रस्ताव ठाकुर र यादवले अस्वीकार गरेका थिए।

सम्बन्धित समाचारः
सत्ता-समीकरणबारे अनिर्णित जसपा बैठक बोलाउनेमै एकमत हुन सकेन

० ० ०

नेप्से ९२.४६ अंकले बढ्यो
लकडाउनको हल्लासँगै लगातार दुई दिन पहिरो गएको सेयरबजारमा आज सकारात्मक उछाल देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा कायम भएको छ।
 

सम्बन्धित समाचारः
दुई दिन पहिरो गएको सेयर बजारमा फर्कियो हरियाली, नेप्से ९२.४६ अंकले बढ्यो

० ० ०

राष्ट्रिय सभाको निर्वाचनको लागि १ करोड 
जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको छ। त्यस्तै, उपनिर्वाचनका लागि डिल्ली रत्न श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका छन्। श्रेष्ठ मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन्।

सम्बन्धित समाचारः
राष्ट्रिय सभाको उपनिर्वाचनका लागि श्रेष्ठ तोकिए निर्वाचन अधिकृत

बादलको ठाउँमा निर्वाचन गर्न १ करोड ६१ लाख खर्च लाग्ने  

० ० ०

थप ४३६४ मा कोरोना संक्रमण, १८ जनाको मृत्यु
सोमबार देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ६७२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, २४ घण्टामा १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। काठमाडौं उपत्यकामा आज थप १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचारः
एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप १ हजार ९६६ मा कोरोना संक्रमण, सक्रिय संक्रमित १२ हजार नजिक

० ० ०

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला
नेकपा (माओवादी केन्द्र)ले अब सबै कमिटीहरुमा ३५ प्रतिशत महिला राख्ने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठले पारित गरेको अन्तरिम विधानमा सो व्यवस्था गरिएको हो। त्यस्तै, पार्टीको सबै समितिहरुको पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने निर्णय गरिएको छ। पार्टीको सबै समितिमा सबै समितिमा ४० वर्षसम्मका युवाहरुलाई कम्तीमा ३० प्रतिशत राख्नैपर्ने गरी निर्णय पनि गरिएको छ।

सम्बन्धित समाचारः    
माओवादी केन्द्रका हरेक कमिटीमा अब महिला ३५ र युवा ३० प्रतिशत अनिवार्य  

० ० ०

विभिन्न जिल्लामा निषेधाज्ञा जारी
नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञाको आदेश जारी गर्ने क्रम शुरु भएको छ। मुख्य शहरमा ५०० र अन्य शहरमा २०० जना संक्रमित देखिए निषेधाज्ञा आदेश जारी गर्ने अधिकार जिल्ला प्रशासनलाई दिइएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको आधारमा मंगलबार मात्रै आधा दर्जन जिल्ला प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन्।

सम्बन्धित समाचारः
यी जिल्लामा छ निषेधाज्ञा, कहाँ कहिलेदखि कहिलेसम्म?

० ० ०

अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अस्पतालहरूमा तुरुन्त अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।

सम्बन्धित समाचारः
अस्पतालहरूमा तुरुन्त अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न संसदीय समितिको निर्देशन

० ० ०
सरकारको निर्देशन- स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू
कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (मंगलबार) सचिवस्तरीय निणर्य गर्दै  कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन समेत निर्देशन दिएको छ।

सम्बन्धित समाचारः
अस्पतालहरूलाई सरकारको निर्देशन- स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू, ५० प्रतिशतको पालो मिलाएर उपचारमा खटाउनू 
 


प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार !
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
सम्बन्धित सामग्री
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! सोमबारदेखि लगातार तीन दिनसम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म दुईवटा बस निःशुल्क सञ्चालन गर्ने व्यवस्था सशस्त्र प्रहरीले मिलाएको छ। मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्