• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मंगलबार दिनभरका प्रमुख समाचार (नेपाल लाइभ डायरी- २०७८ वैशाख १४)

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  २२:४६
1140x725

काठमाडौं– मंगलबार नेपाल लाइभमा कोरोना भाइरससँग जोडिएका सामग्रीहरु नै प्राथमिकतामा रहे। शय्या भरिएको टेकु अस्पतालको भिडिओ रिपोर्ट र विभिन्न अस्पतालको अवस्था, कोहलपुरकी उपमेयरको याचना,  नेपालमा अक्सिजन उत्पादनको क्षमतादेखि मंगलबार थपिएका कोरोना संक्रमित र मृतकको तथ्यांकसम्मका समाचारहरु प्रकाशित भए।

गण्डकी प्रदेश सभाको बैठक, माओवादी केन्द्रको बैठक, जसपाका शीर्ष नेताको बैठकसँग सम्बन्धित समाचारहरु पनि चासोमा रहे। मंगलबार नेपाल लाइभमा प्रकाशित केही मुख्य समाचारहरु यसप्रकार छन्:

अस्पतालमा मुस्किल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सोमबार देखिएको दृश्य आज नेपाल लाइभमा प्रकाशित भएको छ। कोरोना संक्रमण भई गम्भीर बिरामी भएकाहरुले सो अस्पतालमा बेड खालि नभएको, अस्पतालमा रहेको १२ वटा भेन्टिलेटर सहितको २२ वटा आइसियुमा बिरामी भरिएका, त्यहाँ आउनेहरुले बेड नपाएपछि अन्यत्र बुझ्दा पनि नपाएका, भेन्टिलेटरमा उपचार कोरोना संक्रमित निको हुने दर समेत कम हुँदै गएको जस्ता विवरण सो रिपोर्टबाट जानकारी पाइन्छ। अन्यत्रका अस्पतालको अवस्था पनि उस्तै रहेको नेपाल लाइभमा प्रकाशित विभिन्न रिपोर्टबाट आकलन गर्न सकिन्छ।

सम्बन्धित समाचारः
कोरोना संक्रमितले भरिए टेकु अस्पतालका शय्या, कसरी हुँदैछ उपचार? [भिडियोसहित]

आईसीयू र भेन्टिलेटर पाउनै मुस्किल, बिरामीको दुखेसो : सरकारीमा बेड छैन भन्छन्, निजीमा लाने पैसा छैन  

नारायणी अस्पतालका मेसु भन्छन्- समन्वय नहुँदा स्थिति भयावह बन्यो   

० ० ० 

काठमाडौंबाट बाहिरिनेको भीड
आज दिनभर नै काठमाडौं छाड्नेहरुले बसपार्क तथा मुख्य नाकाहरुमा भीड बढेको खबरहरु सार्वजनिक भइरहे। १६ गते बिहानदेखि निषेधाज्ञा जारी भएपछि मानिसहरु बाहिरिन लागेका हुन्। धेरैलाई निश्चित समयका लागि तोकिएको अहिलेको लकडाउन पछि लम्बिँदै जान सक्ने आकलन गरेका छन्। त्यसैले धेरैको उद्देश्य काठमाडौं छाड्नु रहेको देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

सम्बन्धित समाचारः
१६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी हुने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुको भीड

० ० ०

उपमेयरको याचना
मंगलबार कोहलपुर नगरपालिकाकी उमेयर सञ्जुकुमारी चौधरीले उनको नगरपालिकाको अवस्थाबारे बताएको रिपोर्ट प्रकाशित भएको छ। उनले भनेकी छिन्- ‘नगरले दुई वटा आइसोलेन सेन्टर सञ्चालनमा ल्याएको र अर्को निर्माणाधीन रहेकाले डाक्टरको अभाव भएको छ। प्रदेश र केन्द्र सरकारसँग हाम्रो अनुरोध छ कि, विज्ञ चिकित्सक र औषधि सहयोग गरिदिनु पर्‍यो।‘

सम्बन्धित समाचारः
उपमेयरको याचना- ‘अवस्था भयावह छ, डाक्टर र औषधि पठाइदिनुस्’

० ० ०

गण्डकी प्रदेश सभामा सत्तारुढ एमालेद्वारा अवरोध
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध परेको अविश्वास प्रस्तावमा आज पनि छलफल हुने कार्यक्रम भए पनि हुन सकेन। मंगलबारको बैठक सुरु हुने बित्तिकै सत्तारुढ एमाले सांसद्हरु उठेका थिए। त्यसपछि सभामुखको समय लिएर बोलेका राजीव पहारीले सांसद्हरुको कोरोना परीक्षण नगरी बैठक सञ्चालन गरिएको भन्दै असन्तुष्टि जनाए। उनले बोलिसकेपछि एमालेका सांसद्हरु सिटबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले २० मिनेटका लागि स्थगित गरेको बैठक आज बस्न सकेन। बरु, सांसद्हरुको कोरोना परीक्षणका लागि स्वाब संकलन थालिएको छ।

सम्बन्धित समाचारः
सत्तापक्षले नै अवरोध गरेपछि गण्डकी प्रदेश सभा २० मिनेटलाई स्थगित  

सत्ता पक्षको अवरोधप्रति विपक्षीको टिप्पणी : कोरोनाको बहानामा सत्ता टिकाउने खेल

संक्रमितले पनि मतदान गर्न पाउनेगरी गण्डकी प्रदेश सभा सञ्चालन गर्ने सहमति

० ० ०

पीसीआरपरीक्षणमा बढी शुल्क लिए कारबाही गरिने

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआरपरीक्षणका नाममा तोकिएकोभन्दा बढी शुल्क लिने ल्याबलाई कारबाही गरिने चेतावनी दिएको छ। मन्त्रालयले हाल पीसीआर परीक्षणका लागि सरकारी स्वामित्वका ल्याबहरुमा १ हजार र निजी ल्याबहरुमा २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको जनाएको छ।

सम्बन्धित समाचारः
पीसीआर परीक्षण गर्दा बढी शुल्क लिए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी  

० ० ०

१० जिल्लामा कोरोनाका सक्रिय संक्रमित ५०० नाघ्यो
हालसम्म १५ जिल्लामा २०० भन्दा माथि संक्रमित पुगेका छन्। त्यस्तै ५०० भन्दा माथि संक्रमित रहेका जिल्लाको संख्या १० पुगेको छ। उपत्यकाका तीन जिल्लामा मात्रै अहिले १० हजार २०१ जना सक्रिय संक्रमित रहेका छन्। सबैभन्दा धेरै संक्रमित काठमाडौं रहेका छन्। काठमाडौंमा सात हजार ९६६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

सम्बन्धित समाचारः
यी हुन् २०० भन्दा बढी संक्रमित रहेका १५ जिल्ला, १० जिल्लामा ५०० नाघ्यो

० ० ०

जसपा बैठक अनिर्णित
सत्ता गठबन्धनबारे छलफल गर्न बसेको जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरु बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई, राजेन्द्र महतो र राजेन्द्र श्रेष्ठको बैठक विना निष्कर्ष टुंगिएको छ। मंगलबार दिउँसो बसेको बैठकमा कार्यकारिणी समितिको बैठक बोलाउन भट्टराईले राखेको प्रस्ताव ठाकुर र यादवले अस्वीकार गरेका थिए।

सम्बन्धित समाचारः
सत्ता-समीकरणबारे अनिर्णित जसपा बैठक बोलाउनेमै एकमत हुन सकेन

० ० ०

नेप्से ९२.४६ अंकले बढ्यो
लकडाउनको हल्लासँगै लगातार दुई दिन पहिरो गएको सेयरबजारमा आज सकारात्मक उछाल देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९२.४६ अंकले बढेर २५९९.०८ विन्दुमा कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि दोहोरो अंकले बढेको छ। सेन्सेटिभ १४.४८ अंकले बढेर ४६७.२८ विन्दुमा कायम भएको छ।
 

सम्बन्धित समाचारः
दुई दिन पहिरो गएको सेयर बजारमा फर्कियो हरियाली, नेप्से ९२.४६ अंकले बढ्यो

० ० ०

राष्ट्रिय सभाको निर्वाचनको लागि १ करोड 
जेठ ६ गते हुन लागेको राष्ट्रिय सभाको उपनिर्वाचनका लागि निर्वाचन आयोगले १ करोड ६१ लाख ३० हजार बजेट अनुमान गरेको छ। त्यस्तै, उपनिर्वाचनका लागि डिल्ली रत्न श्रेष्ठ निर्वाचन अधिकृत तोकिएका छन्। श्रेष्ठ मकवानपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश हुन्।

सम्बन्धित समाचारः
राष्ट्रिय सभाको उपनिर्वाचनका लागि श्रेष्ठ तोकिए निर्वाचन अधिकृत

बादलको ठाउँमा निर्वाचन गर्न १ करोड ६१ लाख खर्च लाग्ने  

० ० ०

थप ४३६४ मा कोरोना संक्रमण, १८ जनाको मृत्यु
सोमबार देशभर थप ४ हजार ३ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १४ हजार ६७२ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। त्यस्तै, २४ घण्टामा १८ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ। काठमाडौं उपत्यकामा आज थप १ हजार ९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित समाचारः
एकैदिन ४ हजार ३६४ जनामा कोरोना संक्रमण, थप १८ जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप १ हजार ९६६ मा कोरोना संक्रमण, सक्रिय संक्रमित १२ हजार नजिक

० ० ०

माओवादी केन्द्रका सबै कमिटीमा ३५ प्रतिशत महिला
नेकपा (माओवादी केन्द्र)ले अब सबै कमिटीहरुमा ३५ प्रतिशत महिला राख्ने भएको छ। मंगलबार बसेको पार्टीको स्थायी कमिटीको बैठले पारित गरेको अन्तरिम विधानमा सो व्यवस्था गरिएको हो। त्यस्तै, पार्टीको सबै समितिहरुको पदाधिकारीमा एक जना महिला अनिवार्य राख्ने निर्णय गरिएको छ। पार्टीको सबै समितिमा सबै समितिमा ४० वर्षसम्मका युवाहरुलाई कम्तीमा ३० प्रतिशत राख्नैपर्ने गरी निर्णय पनि गरिएको छ।

सम्बन्धित समाचारः    
माओवादी केन्द्रका हरेक कमिटीमा अब महिला ३५ र युवा ३० प्रतिशत अनिवार्य  

० ० ०

विभिन्न जिल्लामा निषेधाज्ञा जारी
नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएसँगै निषेधाज्ञाको आदेश जारी गर्ने क्रम शुरु भएको छ। मुख्य शहरमा ५०० र अन्य शहरमा २०० जना संक्रमित देखिए निषेधाज्ञा आदेश जारी गर्ने अधिकार जिल्ला प्रशासनलाई दिइएको छ। मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयको आधारमा मंगलबार मात्रै आधा दर्जन जिल्ला प्रशासनले निषेधाज्ञा आदेश जारी गरेका छन्।

सम्बन्धित समाचारः
यी जिल्लामा छ निषेधाज्ञा, कहाँ कहिलेदखि कहिलेसम्म?

० ० ०

अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले अस्पतालहरूमा तुरुन्त अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले कोभिड-१९ को संक्रमण तीव्र रूपमा फैलिरहेकोले अस्पतालहरूमा अक्सिजन, भेन्टिलेटरसहितको आईसीयूको अभावमा बिरामीहरु छटपटिएर मर्ने अवस्था आउन नदिनका लागि उक्त व्यवस्था गर्न निर्देशन दिएको हो।

सम्बन्धित समाचारः
अस्पतालहरूमा तुरुन्त अक्सिजन र भेन्टिलेटरसहितको आईसीयू व्यवस्था गर्न संसदीय समितिको निर्देशन

० ० ०
सरकारको निर्देशन- स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू
कोरोना भाइरस संक्रमण बढ्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन अस्पतालहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले आज (मंगलबार) सचिवस्तरीय निणर्य गर्दै  कोभिड-१९ संक्रमणको दोस्रो लहर फैलिएका कारण अस्पतालमा सेवा लिन आउने संक्रमित बिरामीको प्रभावकारी उपचार व्यवस्थापनका लागि लामो बिदा बसेका कर्मचारी तुरुन्त बोलाउन समेत निर्देशन दिएको छ।

सम्बन्धित समाचारः
अस्पतालहरूलाई सरकारको निर्देशन- स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनू, ५० प्रतिशतको पालो मिलाएर उपचारमा खटाउनू 
 


प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  २२:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले
सम्बन्धित सामग्री
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
भारतीय छ लाखसहित दुई पक्राउ जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक... शनिबार, वैशाख २६, २०८३
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आ... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्