• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नारायणी अस्पतालका मेसु भन्छन्- समन्वय नहुँदा स्थिति भयावह बन्याे

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  ११:४९
1140x725

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। सोमबार देशभर ३५ सय ५६ जना संक्रमित थपिएका छन्। सरकारले सीमा क्षेत्रमा नियमन गर्न नसक्दा संक्रमित थपिएकाे सीमा क्षेत्रका अस्पताल र स्थानीय निकायको गुनासो छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा अहिले कोरोना संक्रमित धेरै देखिन थालेका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा वीरगञ्जको नारायणी अस्पतालमा तीन जना कोरोना संक्रमितको एउटै बेडमा राखेर उपचार भएको फोटो सार्वजनिक भयो। अहिले नारायाणी अस्पतालमा भारतसँग सीमा जोडिएका जिल्लाबाट उपचार गर्न आउनेको भिड लागेको छ। कोरोनाको पहिलो लहर शुरु हुँदा सवै स्थानीय तहले आइसोलेन सेन्टर बनाएर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाएका थिए। तर, अहिले मानिसहरु सिधै अस्पतालमै आउने गरेकाले भिड बढेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन डा सञ्जय ठाकुरले बताए। 

‘अहिले परीक्षणका लागि आएका सबैमा लक्षण देखिएको र उनीहरूमा पहिले भन्दा जोखिम धेरै देखिएको छ,’ मेसु डा ठाकुरले भने, ‘स्थिति भवावह भनेर त्रास फैलाउनु हुँदैन।’ अहिले दैनिक १४० जनाको परीक्षण गर्दा ७० प्रतिशतसम्म पोजेटिभ देखिएको उनले बताए। ‘यी सवै लक्षण भएका संक्रमित छन्, लक्षण भएका कतिपय घरमै छन्,’ ठाकुरले भने, ‘शंका लागेपछि परीक्षणमा आउने भएकाले धेरै देखिएको वा भित्रभित्रै संक्रमण व्यापक भएको हुनसक्ने देखिन्छ।’

पहिलो लहरमा सम्बन्धित पालिकामा आइसोलेन थिए। अहिले नभएकाले पनि अस्पतालमा भिड बढेको उनको भनाइ छ। ‘अहिले पीसीआर परीक्षणदेखि भर्ना हुनेसम्म अस्पतालमा थुप्रने अवस्था छ,’ उनले भने, ‘नारायणी अस्पतालमा पनि पीसीआर गर्नेको थामिनसक्नु भिड छ।’ 

अहिले चार जिल्लाबाट मानिस पीसीआर गर्न आउँदा समस्या भएको उनले बताए। मानिसहरूमा एन्टिजिन परीक्षण गरे हुन्छ भन्ने वुझाइ नभएकाले पनि पीसीआर नै गर्न दवाव आउने गरेको उनको भनाइ छ।‘एन्टिजिन परीक्षण गरी शंका लागेमामात्र पीसीआर गरौं भनेर सम्झाउँदा चिकित्सकमाथि नै आक्रमण भयो,’ उनले भने, ‘त्यसैले पीसीआर गर्नेको भिड छ । पीसीआरको रिपोर्ट अउन समय लाग्ने भएकाले झनै समस्या भएको छ।’ 

यहाँ चिकित्सकलाई नै हातपात गरेको र पीसीआरको रिपोर्ट तत्काल दिन दवाव दिने काम भएको उनले बताए। एन्टिजिन परीक्षणको रिपोर्ट छिट्टै आउने भएकाले अव अस्पतालले त्यसतिर जोड दिने उनले बताए । अहिले अस्पतालमा ८५ जना भर्ना भएकोमा १० जनाको मृत्यु भएको र ७५ जना उपचारपछि निको हुने अवस्था रहेको उनले बताए । 

३ सय बेड चलाउने तयारी 
अस्पतालले सकेसम्म धेरै सुविधा दिने प्रयास जारी राखेको उनले बताए । अहिले अस्पतालले ४० बेड चलाएको अव छिटै विस्तार गरेर ३ सयसम्म पु¥याउने उनले बताए। ‘सरकारले क्लिनिकल १५ र २५ आईसीयू गरी ४० बेड चलाउन भनेको थियो,’ उनले भने, ‘हामीले अहिले सय बेड पुर्‍याएका छौं।’ 

Ncell 2
Ncell 2
nimb
nimb

अक्सिजनको अभावको समस्या हुन नदिन अस्पतालले सिलिन्डर खाली भएपछि तत्काल रिफिल गर्ने व्यवस्था मिलाएको मेसु ठाकुरले बताए। ‘आधा घन्टा कुनै बिरामी बसेको भरमा दुई जना एउटै बेडमा राखेर उपचार गरेको भनेर गलत प्रचार गर्ने काम भएको छ,’ उनले भने, ‘सर्लाही र महोत्तरीबाट आएका बिरामीको उपचार गरिरहेका छौं।’ 

अस्पतालमा सञ्चालित विभिन्न सेवा अन्यत्र सारेर बेड क्षमता बनाउने तयारी गरिएको उनले बताए। छिट्टै ३ सयसम्म बेड चलाउने तयारी गरेको उनको भनाइ छ। ‘सर्जिकलको ४५ बेड खाली गरेका छौं, इमरजेन्सीको पनि थप गरेर सयभन्दा धेरै बेड आजदेखि सञ्चालन ल्याएका छौं,’ उनले भने, ‘केही भेन्टिलेटर आउँदै छन्। अहिलेसम्म पुर्‍याएका छौं।’ 

कर्मचारीको अभाव 
कर्मचारी कम हुँदा भने समस्या भएको उनले बताए। कोभिडमा दुई वटा समूहमा चिकित्सक र कर्मचारी चाहिने भएकाले क्षमता अनुसार अस्पताल चलाउन समस्या भएको उनले बताए। ‘अस्पतालमा काम गर्दागर्दै संक्रमित हुन सक्ने भएकाले काम गर्ने र होम आइसोलेन बस्ने दुवै व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अहिले सात जना चिकित्सकलाई संक्रमण भइसकेको छ भने केही नर्स र अन्य कर्मचारीमा लक्षणसमेत देखिएको छ।’ 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश र संघीय सरकारसँग थप जनशक्ति माग गरिरहेको उनले बताए। अस्पतालले १० जना मेडिकल अफिसर, २० जना स्टाफ नर्स, २० जना स्वीपर र ५ जना कर्मचारी आवश्यक भएको जानकारी गराएको उनले बताए। एक सिफ्टमा काम गर्नेमा संक्रमण भएमा अर्कोले काम गर्नुपर्ने भएकाले यी जनशक्ति तत्काल पूर्ति हुनुपर्ने उनका भनाइ छ। 

होली र भारतीय मजदुरका कारण फैलियो संक्रमण
संक्रमण व्यापक रुपमा फैलिनुको मुख्य कारण नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्नु र भारतका विभिन्न शहरबाट निर्वाध नेपाल प्रवेश गर्नु रहेको उनले बताए। ‘मुख्य रुपमा होलीमा जम्मा भएको भिड, भारतका विभिन्न शहरबाट आएका मानिसले लापरवाही र अनियन्त्रित रुपमा भारतबाट श्रमिक भित्रनु नै संक्रमणको प्रमुख कारण हो,’ मेसु ठाकुरले भने ‘भारतका अत्यधिक संक्रमति भएको स्थानबाट आएका मानिसले पनि बजारभरि संक्रमण फैलाए।’ 

राजनीतिक दलको पनि जिम्मेवारी छ 
संक्रमण धेरै फैलिनुको जिम्मेवारी राजनीतिक दलले पनि लिनुपर्ने उनको बुझाइ छ । ‘संक्रमण केही कमी हुने बित्तिकै भएका पार्टी प्रवेशदेखि भाषणसम्मका कार्यक्रमले पनि संक्रमणलाई तिव्र रुपमा बढाएको छ,’ उनले भने, ‘पार्टी प्रवेशदेखि भेटघाटका कार्यसमेत भिड जम्मा गरेरै सम्पन्न भएका हुन्।’ मास्क नलगाउनेदेखि भाषण गर्ने कार्यले संक्रमणलाई तिव्र बनाएको उनको भनाइ छ। 

भारतमा महामारी नरोकिएसम्म नेपालमा नियन्त्रण असम्भव देखिएको उनले बताए। ‘तत्काल संत्क्रमण नियन्त्रण नगर्ने हो भने हामी कुन अवस्थामा जान्छौं भन्न सकिँदैन,’ मेसु ठाकुरले भने, ‘भिड जम्मा हुन नदिने काम तत्काल गरिहाल्नुपर्छ।’  पीसीआर परीक्षणकाे दायरा बढाउने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र संक्रमितलाई अलग नगर्ने हो भने अवस्था थप जटिलतातर्फ जाने उनले बताए। 

तस्बिर सामाजिक सञ्जाल

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चार दिनमै फेरि कारागारमा
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि
दशैंको खानपान र ग्यास्ट्राइटिस
सम्बन्धित सामग्री
चार दिनमै फेरि कारागारमा उनी कारागारबाट भागेको चार दिनमै फेरि कारागारमै पुगेका छन् । मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्