• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख २६, २०८३ Sat, May 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नारायणी अस्पतालका मेसु भन्छन्- समन्वय नहुँदा स्थिति भयावह बन्याे

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  ११:४९
1140x725

काठमाडौं– देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ। सोमबार देशभर ३५ सय ५६ जना संक्रमित थपिएका छन्। सरकारले सीमा क्षेत्रमा नियमन गर्न नसक्दा संक्रमित थपिएकाे सीमा क्षेत्रका अस्पताल र स्थानीय निकायको गुनासो छ। भारतसँग सीमा जोडिएका क्षेत्रमा अहिले कोरोना संक्रमित धेरै देखिन थालेका छन्। 

सोमबार सामाजिक सञ्जाल फेसबुकमा वीरगञ्जको नारायणी अस्पतालमा तीन जना कोरोना संक्रमितको एउटै बेडमा राखेर उपचार भएको फोटो सार्वजनिक भयो। अहिले नारायाणी अस्पतालमा भारतसँग सीमा जोडिएका जिल्लाबाट उपचार गर्न आउनेको भिड लागेको छ। कोरोनाको पहिलो लहर शुरु हुँदा सवै स्थानीय तहले आइसोलेन सेन्टर बनाएर कोरोना परीक्षणका लागि स्वाब संकलन गरेर पठाएका थिए। तर, अहिले मानिसहरु सिधै अस्पतालमै आउने गरेकाले भिड बढेको नारायणी अस्पतालमा मेडिकल सुपरिटेन्डेन डा सञ्जय ठाकुरले बताए। 

‘अहिले परीक्षणका लागि आएका सबैमा लक्षण देखिएको र उनीहरूमा पहिले भन्दा जोखिम धेरै देखिएको छ,’ मेसु डा ठाकुरले भने, ‘स्थिति भवावह भनेर त्रास फैलाउनु हुँदैन।’ अहिले दैनिक १४० जनाको परीक्षण गर्दा ७० प्रतिशतसम्म पोजेटिभ देखिएको उनले बताए। ‘यी सवै लक्षण भएका संक्रमित छन्, लक्षण भएका कतिपय घरमै छन्,’ ठाकुरले भने, ‘शंका लागेपछि परीक्षणमा आउने भएकाले धेरै देखिएको वा भित्रभित्रै संक्रमण व्यापक भएको हुनसक्ने देखिन्छ।’

पहिलो लहरमा सम्बन्धित पालिकामा आइसोलेन थिए। अहिले नभएकाले पनि अस्पतालमा भिड बढेको उनको भनाइ छ। ‘अहिले पीसीआर परीक्षणदेखि भर्ना हुनेसम्म अस्पतालमा थुप्रने अवस्था छ,’ उनले भने, ‘नारायणी अस्पतालमा पनि पीसीआर गर्नेको थामिनसक्नु भिड छ।’ 

अहिले चार जिल्लाबाट मानिस पीसीआर गर्न आउँदा समस्या भएको उनले बताए। मानिसहरूमा एन्टिजिन परीक्षण गरे हुन्छ भन्ने वुझाइ नभएकाले पनि पीसीआर नै गर्न दवाव आउने गरेको उनको भनाइ छ।‘एन्टिजिन परीक्षण गरी शंका लागेमामात्र पीसीआर गरौं भनेर सम्झाउँदा चिकित्सकमाथि नै आक्रमण भयो,’ उनले भने, ‘त्यसैले पीसीआर गर्नेको भिड छ । पीसीआरको रिपोर्ट अउन समय लाग्ने भएकाले झनै समस्या भएको छ।’ 

यहाँ चिकित्सकलाई नै हातपात गरेको र पीसीआरको रिपोर्ट तत्काल दिन दवाव दिने काम भएको उनले बताए। एन्टिजिन परीक्षणको रिपोर्ट छिट्टै आउने भएकाले अव अस्पतालले त्यसतिर जोड दिने उनले बताए । अहिले अस्पतालमा ८५ जना भर्ना भएकोमा १० जनाको मृत्यु भएको र ७५ जना उपचारपछि निको हुने अवस्था रहेको उनले बताए । 

३ सय बेड चलाउने तयारी 
अस्पतालले सकेसम्म धेरै सुविधा दिने प्रयास जारी राखेको उनले बताए । अहिले अस्पतालले ४० बेड चलाएको अव छिटै विस्तार गरेर ३ सयसम्म पु¥याउने उनले बताए। ‘सरकारले क्लिनिकल १५ र २५ आईसीयू गरी ४० बेड चलाउन भनेको थियो,’ उनले भने, ‘हामीले अहिले सय बेड पुर्‍याएका छौं।’ 

nimb
nimb
Ncell 2
Ncell 2

अक्सिजनको अभावको समस्या हुन नदिन अस्पतालले सिलिन्डर खाली भएपछि तत्काल रिफिल गर्ने व्यवस्था मिलाएको मेसु ठाकुरले बताए। ‘आधा घन्टा कुनै बिरामी बसेको भरमा दुई जना एउटै बेडमा राखेर उपचार गरेको भनेर गलत प्रचार गर्ने काम भएको छ,’ उनले भने, ‘सर्लाही र महोत्तरीबाट आएका बिरामीको उपचार गरिरहेका छौं।’ 

अस्पतालमा सञ्चालित विभिन्न सेवा अन्यत्र सारेर बेड क्षमता बनाउने तयारी गरिएको उनले बताए। छिट्टै ३ सयसम्म बेड चलाउने तयारी गरेको उनको भनाइ छ। ‘सर्जिकलको ४५ बेड खाली गरेका छौं, इमरजेन्सीको पनि थप गरेर सयभन्दा धेरै बेड आजदेखि सञ्चालन ल्याएका छौं,’ उनले भने, ‘केही भेन्टिलेटर आउँदै छन्। अहिलेसम्म पुर्‍याएका छौं।’ 

कर्मचारीको अभाव 
कर्मचारी कम हुँदा भने समस्या भएको उनले बताए। कोभिडमा दुई वटा समूहमा चिकित्सक र कर्मचारी चाहिने भएकाले क्षमता अनुसार अस्पताल चलाउन समस्या भएको उनले बताए। ‘अस्पतालमा काम गर्दागर्दै संक्रमित हुन सक्ने भएकाले काम गर्ने र होम आइसोलेन बस्ने दुवै व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘अहिले सात जना चिकित्सकलाई संक्रमण भइसकेको छ भने केही नर्स र अन्य कर्मचारीमा लक्षणसमेत देखिएको छ।’ 

प्रदेश र संघीय सरकारसँग थप जनशक्ति माग गरिरहेको उनले बताए। अस्पतालले १० जना मेडिकल अफिसर, २० जना स्टाफ नर्स, २० जना स्वीपर र ५ जना कर्मचारी आवश्यक भएको जानकारी गराएको उनले बताए। एक सिफ्टमा काम गर्नेमा संक्रमण भएमा अर्कोले काम गर्नुपर्ने भएकाले यी जनशक्ति तत्काल पूर्ति हुनुपर्ने उनका भनाइ छ। 

होली र भारतीय मजदुरका कारण फैलियो संक्रमण
संक्रमण व्यापक रुपमा फैलिनुको मुख्य कारण नागरिकले स्वास्थ्य मापदण्ड पालना नगर्नु र भारतका विभिन्न शहरबाट निर्वाध नेपाल प्रवेश गर्नु रहेको उनले बताए। ‘मुख्य रुपमा होलीमा जम्मा भएको भिड, भारतका विभिन्न शहरबाट आएका मानिसले लापरवाही र अनियन्त्रित रुपमा भारतबाट श्रमिक भित्रनु नै संक्रमणको प्रमुख कारण हो,’ मेसु ठाकुरले भने ‘भारतका अत्यधिक संक्रमति भएको स्थानबाट आएका मानिसले पनि बजारभरि संक्रमण फैलाए।’ 

राजनीतिक दलको पनि जिम्मेवारी छ 
संक्रमण धेरै फैलिनुको जिम्मेवारी राजनीतिक दलले पनि लिनुपर्ने उनको बुझाइ छ । ‘संक्रमण केही कमी हुने बित्तिकै भएका पार्टी प्रवेशदेखि भाषणसम्मका कार्यक्रमले पनि संक्रमणलाई तिव्र रुपमा बढाएको छ,’ उनले भने, ‘पार्टी प्रवेशदेखि भेटघाटका कार्यसमेत भिड जम्मा गरेरै सम्पन्न भएका हुन्।’ मास्क नलगाउनेदेखि भाषण गर्ने कार्यले संक्रमणलाई तिव्र बनाएको उनको भनाइ छ। 

भारतमा महामारी नरोकिएसम्म नेपालमा नियन्त्रण असम्भव देखिएको उनले बताए। ‘तत्काल संत्क्रमण नियन्त्रण नगर्ने हो भने हामी कुन अवस्थामा जान्छौं भन्न सकिँदैन,’ मेसु ठाकुरले भने, ‘भिड जम्मा हुन नदिने काम तत्काल गरिहाल्नुपर्छ।’  पीसीआर परीक्षणकाे दायरा बढाउने, कन्ट्याक्ट ट्रेसिङ गर्ने र संक्रमितलाई अलग नगर्ने हो भने अवस्था थप जटिलतातर्फ जाने उनले बताए। 

तस्बिर सामाजिक सञ्जाल

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  ११:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल
सम्बन्धित सामग्री
नेपाल दूरसञ्चार प्राधिकरणमा अध्यक्ष र ४ सदस्य पदका लागि आवेदन आह्वान मन्त्रालयले आज एक सूचना जारी गर्दै प्राधिकरणको अध्यक्ष पदमा एक जना र सदस्य पदमा चार जना नियुक्त गर्न आवेदन आह्वान गरेको हो । इच्छुक... शनिबार, वैशाख २६, २०८३
भारतीय छ लाखसहित दुई पक्राउ जिल्लाको नरैनापुर गाउँपालिकातर्फ हिँडेका उनीहरूलाई अटो रिक्सामा विशेष सूचनाका आधारमा जाँच गर्दा अवैध भारतीय ५०० र १००० का नोटसहित पक... शनिबार, वैशाख २६, २०८३
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यका लागि दरखास्त आह्वान प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले एक सूचना जारी गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आ... शनिबार, वैशाख २६, २०८३
ताजा समाचारसबै
ज्वालामुखी विस्फोट हुँदा तीन पर्यटकको मृत्यु शनिबार, वैशाख २६, २०८३
जावलाखेलमा रास्वपा सांसदका लागि प्रशिक्षण सुरु शनिबार, वैशाख २६, २०८३
होर्मुज जलसन्धि क्षेत्रमा शान्ति कायम गर्न कूटनीतिक पहल शनिबार, वैशाख २६, २०८३
‘वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ’ : राष्ट्रपति पौडेल शनिबार, वैशाख २६, २०८३
‘हल्लाको पछि नलाग्नुहोस्,उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैन,तपाईँहरू हाम्रो साझेदार हो’ : अर्थमन्त्री डा. वाग्ले शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
प्रधान न्यायाधीश सिफारिसविरुद्ध दायर तीन रिट निवेदन सर्वोच्चद्वारा दरपिठ शुक्रबार, वैशाख २५, २०८३
धनगढी पुगे गगन, सभापति मान्न सकिन्नँ’ भनेका मुख्यमन्त्री स्वागत गर्न विमानस्थलमै पुगे शनिबार, वैशाख २६, २०८३
सुकुम्वासी बस्ती नहटाउन सर्वोच्चको अन्तरिम आदेश शुक्रबार, वैशाख २५, २०८३
आज यस्तो रहनेछ देशभरको मौसम शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्