काठमाडौं– ३८ सय केजी सुन तस्करी तथा सनम शाक्य हत्या काण्डका मुख्य पात्र चूडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयको विशेष छानबिन समितिले पक्राउ गरी सार्वजनिक गरेको छ। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ठूलो संख्यामा मिडियाको उपस्थिति थियो।
पत्रकार सम्मेलनमा अभियुक्तको अनुहार छोप्नुपर्ने सर्वाेच्चको आदेश छ, सोही अनुसार प्रहरीले गोरेलाई मुखमा मास्क लगाएर सार्वजनिक गरिएको थियो। तर, पत्रकार सम्मेलनमा आफैं मास्क खोलेर उनले पत्रकारलाई फोटो खिच्न पोज दिए।
उनलाई मंगलबार नै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने छानबिन समितिका संयोजक इश्वरराज पौडेलले बताएका छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।