• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश ७ : ‘हेल्लो सिएम’ कार्यक्रममा मुख्यमन्त्रीलाई पहिलो गुनासो– ट्राफिक व्यवस्थापन कहिले हुन्छ?

64x64
नेपाल लाइभ मंगलबार, जेठ ८, २०७५  ०५:४३
1140x725

धनगढी– सोमबार साँझ ४ बजेदेखि प्रदेश ७ को मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रत्यक्ष रुपमा जनताका गुनासा सुन्न र सम्बोधन गर्न ‘हेल्लो सीएम’ कार्यक्रम सुरु भयो। कार्यक्रममा पहिलो कल गरे हाल धनगढीमा बस्दै आएका डोटीको शिखर नगरपालिका–२ का करनजंग शाहीले। 

उनले धनगढीमा अस्तव्यस्त अवस्थामा रहेको ट्राफिक व्यवस्थापनबारे मुख्यमन्त्रीसंग गुनासो गर्दे भने,‘मुख्यमन्त्रीज्यू नमस्कार, प्रदेशको अस्थायी राजधानी धनगढीमा ट्राफिक व्यवस्थापन नभएर साह्रै समस्या छ। कहिले समाधान गर्नुहुन्छ?’

आफैले फोन उठाउँदै मुख्यमन्त्री त्रिलोचन भट्टले जवाफ दिए, ‘तपाईंलाई धन्यवाद। म यो समस्या छिटो समाधानका लागि ट्राफिक कार्यालयलाई निर्देशन दिने छु।’ 

मुख्यमन्त्री भट्टसँगै प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख सचिव, सचिवहरू, कैलालीका प्रमुख जिल्ला अधिकारी, कर्मचारीहरू तथा ठूलो संख्यामा सञ्चारकर्मीहरूको उपस्थितिमा सुरु भएको ‘हेल्लो सीएम’ कार्यक्रममा प्राप्त पहिलो गुनासोको सम्बोधनका लागि मुख्यमन्त्रीको कार्यालयले तत्काल कैलाली जिल्ला ट्राफिक कार्यालयलाई सूचना गरेको छ। 

मुख्यमन्त्री कार्यालयका प्रवक्ता विशनसिंह थापाले सञ्चारकर्मीहरूलाई जानकारी दिए–,‘हामीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई यो समस्या समाधान गर्न निर्देशन गरेका छौं।’


 
शाहीले ‘हेल्लो सीएम’ कार्यक्रममा कमजोर ट्राफिक व्यवस्थापनबारे गरेको गुनासो आम धनगढीवासीको चासोको विषय हो। तीव्र रूपमा शहरीकरण भइरहेको धनगढीमा सडकका दुवै किनारा अतिक्रमण गरेर मनलाग्दी ढंगबाट राखिएका ठेला, टहरा, अव्यवस्थित पार्किङ, ट्राफिक नियमको उलङ्घन, ठाउँ–ठाउँमा भत्किएका तथा साँघुरा सडकका साथै प्रतिदिन थपिने सवारी साधनका कारण धनगढीमा ट्राफिक व्यवस्थापन कठिन बन्दै गएको छ।

प्रदेशका मुख्यमन्त्री भट्टले ‘जनगुनासो तथा सुझाव दिने’ विषय लेखिएको होर्डिङ बोर्ड छोपेको पर्दा हटाएर तथा जनताका तर्फबाट आएको पहिलो गुनासो सुनेर ‘हेल्लो सीएम’ कार्यक्रमको शुभारम्भ गरेका थिए।

मुख्यमन्त्री भट्टले ‘हेल्लो सीएम’ कार्यक्रममा गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्न मातहातका मन्त्रालय तथा कार्यालयहरुलाई निर्देशन दिएका थिए। ‘अहिले दुर्गम क्षेत्रका जनताले विभिन्न समस्या भोगिरहेका छन् तर गुनासो गर्ने ठाउँ‘ पाएका छैनन् भने कतिपय गुनासो गरेपनि सम्बोधन नहुने भनेर निराश हुन्छन्।’ उनले भने, ‘हामीले यो जनतालाई सिधै सरकारसँग जोड्ने प्रयासले कार्यक्रम ल्याएका हौँ। त्यसैले यसमा आएका गुनासो प्राथमिकताका साथ सम्बोधन हुनुपर्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

उनले कार्यालयले यो कार्यक्रम सुरुवात गरेको तर, सफल सबैको सहयोगबाट मात्र हुने जिकिर गरे।

प्रदेश सरकार गठन भएको ३ महिना पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले १६६०–९१५२७२३ नम्बरको पैसा नलाग्ने टोलफ्रि नम्बर सञ्चालनमा ल्याएको हो। 

प्रदेशका कोही पनि नागरिकले फोन, एसएमएस तथा फ्याक्स गरेर आफनो समस्या, गुनासो तथा सुझाव प्रदेश सरकारलाई दिन सक्ने गरी व्यवस्था मिलाइएको छ। मुख्यमन्त्रीको कार्यालयले सञ्चालनमा ल्याएको सो सेवा हरेक दिन बिहान ७ बजेदेखि सॉझ ७ बजेसम्म सञ्चालन हुने छ।

Xtrem

Xtrem

प्रदेश प्रमुख सचिव लक्ष्मीराम पौडेलले भने,‘हामीले २४सैं घण्टा यो सेवा सञ्चालन गर्ने उद्देश्य लिएका छौँ, तर विविध कारणले अहिले बिहान ७ देखि सॉझ ७ बजेसम्म मात्र सञ्चालन हुने छ।’ प्रमुख सचिव पौडेलले बिस्तारै जनताको गुनासोको संख्या अनुसार सेवा प्रवाहको समयावधि बढाउँदै लगेर २४सैं घण्टा सञ्चालन गर्ने अवस्थामा पुर्याउने बताए।

‘हेल्लो सीएम’ कार्यक्रममा दुर्घटना, विपद्सम्बन्धी घटना र उद्दार, प्रदेशस्थित सार्वजनिक निकायले वितरण गर्ने सेवा सुविधामा भेदभाव गरिएको वा वञ्चित गरिएको, सार्वजनिक निकायबाट प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न अवरोध वा बाधा पुगेको, गैह्रकानुनी क्रियाकलाप वा त्यस्तो कार्यबाट कुनै व्यक्तिलाई हानी नोक्सानी भएको, संविधान र प्रचलित कानुन प्रदत्त हक अधिकारको उपयोगमा बाधा, अवरोध वा विभेद गरिएमा, भ्रष्टाचारजन्य तथा महिला हिंसा वा अन्य लैगिंक हिंसा सम्बन्धी क्रियाकलाप गरेको लगायतका विषयमा गुनासो टिपाउन सकिनेछ।

प्रदेशका प्रमुख सचिव पौडेलले भने,‘हेलो सिएममा आएको जनताका गुनासोलाई आवश्यकता अनुसार जरुरी गुनासोलाई ४ घण्टाभित्र र सामान्य गुनासालाई बढीमा एक हप्ताभित्र सम्बोधन गर्ने व्यवस्था मिलाएका छौं।’ 

उनले गुनासा सम्बोधनका लागि कार्यविधि बनिसकेको बताए। उनले भने,‘हरेक गुनासोको ढिलोचाँडो सम्बोधन हुन्छ। हामीलाई तपाईंहरुको समस्या, गुनासो, सुझाव आवश्यक रहेको छ।’

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्