• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फोहर वर्गीकरणमा पोखरा लेखनाथ महानगर अग्रसर, कौसी खेतीदेखि ‘पिपिपी’ मोडलसम्मको अवधारणा

64x64
नेपाल लाइभ मंगलबार, जेठ ८, २०७५  ०३:४७
1140x725

पोखरा– पोखरा लेखनाथ महानगरपालिकाले कुहिने र नकुहिने फोहरको स्रोत पहिचान गरी वर्गीकरण अभियान थालेको छ। असारको पहिलो सातासम्ममा फोहरको वर्गीकरण अभियान सफल पार्ने गरी महाननगरले काम गरिरहेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन्।

पोखराका बासिन्दाले पहिले कुहिने र नकुहिने फोहर एउटै गाडीमा फाल्ने गरेका कारण बानीमा परिवर्तन ल्याउन केही समय लाग्ने महाशाखा प्रमुख बराल बताउँछिन्। ‘नागरिकमा चेतना आइसकेको छैन। कुहिने र नकुहिने फोहर छुट्याउनै गाह्रो छ।,’ बरालले भनिन्, ‘अहिले वार्मअप गरिरहेका छौं। यसले भोलिका दिनमा सजिलो हुनेछ।’

फोहर उठाउन महानगरले अहिले ३२ वटा गाडी प्रयोग गरिरहेको सरसफाइ शाखाका नायबसुब्बा हर्कबहादुर गायकले जानकारी दिए। ती गाडीले महानगरभरी दिनमा १ सय ६० टन फोहर संकलन गर्छन्। फोहर संकलन गर्न महानगरपालिकाको नगरसभाले तोकेअनुसार मासिक ८ रुपैयाँदेखि ९ हजारसम्म लिने गरिएको छ।

फोहरको वर्गीकरण पोखरा महानगरपालिका–३, ले चैत १ गतेबाट नै थालेको हो। त्यसैगरी वडा–११ ले चैत १ गतेबाट र ७ नम्बर वडाले जेठ १ गतेबाट सुरु गरेका छन्। वडा नम्बर १७ ले जेठ १५ गतेबाट फोहरको वर्गीकरण गरी संकलन गर्ने बताइएको छ। वडा नम्बर २, ५, १२, १३ र २९ मा पनि चाँडै नै यो अभियान चलाइने बरालले जानकारी दिइन्। महानगरले अहिले फोहर वर्गाीकरणको पूर्वभ्यासका लागि सम्बन्धित वडामा छलफल कार्यक्रम गरिरहेको छ।

कौसी खेतीको अवधारणा

कुहिने फोहोरलाई सकेसम्म घरमै व्यवस्थापन गर्न कौसी खेतीको अवधारणा महानगरले ल्याएको छ। जनघनत्व बढी भएको ठाउँमा कम्पोस्ट मलका लागि छुट्टै ठाउँको अभाव हुने भएकाले कौसीमै तरकारी खेती गर्न प्रेरित गरिरहेको बरालले बताइन्। ‘कुहिने फोहरलाई आफ्नो घरको कौसीमा नै तरकारी खेतीमा प्रयोग गर्न सकिन्छ। अहिले सकेसम्म त्यसैमा जोड दिइरहेका छौँ।,’ उनले भनिन् । महानगरले कौसीखेतीको तालिम पनि दिँदै आएको छ।

फोहोरको वर्गीकरण नभए वैज्ञानिक व्यवस्थापन नहुने महाशाखा प्रमुख बरालले बताइन्। ‘वर्गाीकरण नै भएन भने त आम्दानी हुने फोहर कुन हो? मल हुने फोहर कुन हो थाहा नै हुँदैन,’ उनले भनिन्, ‘हामीले पैसालाई नै पुरिरहेको अवस्था छ।’

फोहरको वर्गाीकरणमा बानी बसाल्न सकिए ‘ल्यान्डफिल्ड साइट’ नै नचाहिने बरालको भनाइ छ। फोहरको वर्गीकरण गर्दा ‘अपरेसन कस्ट’ बढी लाग्ने उनले बताइन्। प्रत्येक वडामा सकेसम्म कुहिने र नकुहिने फोहर उठाउन छुट्टाछुट्टै गाडीको व्यवस्था गर्ने र सम्भव नभएमा चलनचल्तीमै रहेको गाडीलाई छुट्टै संकेत बनाएर प्रयोग गरिरहेको बरालले जानकारी दिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

जथाभावी फोहर फाल्नेलाई १ लाखसम्म जरिवाना

फोहर व्यवस्थापन गर्न महानगरले ‘फोहर व्यवस्थापन नियमावली–२०७४’ बनाएको छ। नियमावली २०७४ चैत २८ गतेको नगरसभाले पारित गरेको हो। नियमावली अनुसार फोहरको वर्गीकरण नगरे प्रत्येकपटक नै ५ सय रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ। ‘सकेसम्म कोही पनि नागरिक कारबाहीमा नपरुन् भन्ने छ तर अटेरी गर्नेलाई हामी छोड्दैनौं,’ बरालले भनिन्। गाडीमा फोहर नफाली बाटोमा फाल्नेलाई समेत विभिन्न ढंगबाट पत्ता लगाइ कारवाही गरिरहेको उनको भनाइ थियो। सार्वजनिक स्थानमा फोहर गर्नेलाई फोहरको प्रकृति हेरी १ हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था नियमावलीमा छ।

नकुहिने फोहरलाई ल्यान्डफिल्ड साइडको एक ठाउँमा राख्ने र त्यहाँ रहेका महानगरका स्वयम्सेवकले छुट्याउने काम गर्छन्। त्यसरी छुट्याइसकेपछि निजी कम्पनी ‘आर्क दी इन्जिनियरिङ’ले व्यवस्थापन गर्छ। सो कम्पनीले महानगरलाई वार्षिक ८ लाख रुपैयाँ दिनेगरी सम्झौता भएको छ। कम्पनीले गएको २ वर्षदेखि नै फोहर संकलन गरिरहेको छ।

व्यवस्थापनमा ‘पिपिपी मोडल’ 

Xtrem

Xtrem

महागरको फोहर व्यवस्थापन गर्न ८ वटा वडाबाहेक सार्वजनिक निजी साझेदारी(पिपिपी) मोडलअनुसार काम भइरहेको छ। यस मोडलअनुसार फोहर संकलन गरेबापतको रसिदबाट ८० प्रतिशत आम्दानी सम्बन्धित संस्थाले र बाँकी २० प्रतिशत महानगरको खातामा जम्मा हुन्छ। तर महानगरकै मातहतमा फोहर संकलन गर्नेमा १४, १८, २०, २१, २२, २३, २४ र २५ नम्बर वडा छन्।

महानगरले सोचेजस्तो सरसफाइ अभियान सशक्त रुपमा अघि नबढेकाले होटल व्यवसायीलाई फोहरको वर्गीरणसहित उचित व्यवस्थापन गरिदिन बरालले आग्रह गरिन्। घरबाट निस्केका फोहर महानगरको गाडी नआउँदासम्म घरमै राख्न उनले सूचित गरिन्। महानगरभित्र पर्चा, पम्पेल्ट, ब्यानर आदिले फोहर गर्ने गरेको उनको भनाइ थियो। घरपालुवा जनावरलाई पनि बाटोमा शौच गराउन ल्याए कारबाही गरिने महानगरले जनाएको छ। त्यसका लागि महानगरले चाँडै सूचना जारी गर्ने बरालले जानकारी दिइन्।

महानगरको फोहर व्यवस्थापन गर्न मरेका गाईभैंसी मुख्य समस्याका रुपमा आएको महानगरले बताएको छ। ‘जहाँ गाईभैंसी मरे त्यहीं गाड्ने भन्ने नियम छ तर महानगरमा कहाँ गाड्ने त?’, बरालले प्रश्न गरिन्। महानगरमा मरेका गाईभैंसी गाड्न ठाउँ अभाव भएकाले सार्वजनिक ठाउँमा सार्वजनिक भवन बनाउन नहुने उनको तर्क छ। ‘सार्वजनिक ठाउँमा ठूला बिल्डिङ नबनाएर मरेका गाईभैंसी पुर्ने ठाउँ बनाउनुपर्छ,’उनले भनिन्।

महानगरको फोहर उठाउने गाडी बिहानै ७ बजे नै ‘फिल्ड’मा जाने र मुख्य बजारमा ७ देखि १५ दिनको फरकमा जाने शाखाका नायबसुब्बा गायकले जानकारी दिए। महानगरले अहिले एउटा गाडीमा १ चालक र २ सहयोगी गरी ३ जनाका दरले कामदार खटाएको छ। सरसफाइ क्षेत्रमा काम गर्ने कर्मचारी ७० जना छन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०७५  ०३:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्