• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘भूमिगत’ जीवनबाट फर्केका ‘विप्लव’ कहाँ छन्, के गर्दै छन्?

64x64
वीरेन्द्र ओली आइतबार, चैत ८, २०७७  १९:४७
1140x725

काठमाडौं- सरकारले दुई वर्षअघि प्रतिबन्ध लगाएको ‘नेपाल कम्युनिस्ट पार्टी’का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिबन्ध हटेलगत्तै गत फागुन २१ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्वजनिक भए। त्यसदिन सभागृहबाट हिंसात्मक भूमिगत राजनीति छाडेर मूलधारको शान्तिपूर्ण राजनीतिमा सहभागी हुने घोषणा गरेका उनी यतिखेर गुमनामजस्तै छन्। उनी पछिल्लो समय कतै देखिएका छैनन्, कतै सुनिएका पनि छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्त्व दिएर ‘शान्तिपूर्ण राजनीतिमा तानेका’ विप्लव अहिले कहाँ छन्? के गर्दै छन्? गत फागुन २५ गते कपिलवस्तुको शिवराजगढी नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को राष्ट्रिय भेलालाई सम्बोधन गरेका ‘विप्लव’को प्रतिबन्ध फुकुवापछिको पहिलो र अन्तिम सार्वजनिक कार्यक्रम त्यही थियो। त्यसयता उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। कुनै सञ्‍चारमाध्यममा सुनिएका पनि छैनन्।

कस्तो भेटघाट र प्रशिक्षण?
जानकारहरूका अनुसार ‘विप्लव’ले फागुन २६ गते कपिलवस्तुकै शिवराजगढी नगरपालिकामा अखिल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय कमिटी सदस्यहरूलाई सम्बोधन गरेका थिए। त्यो कार्यक्रम भने ‘गोप्य’ थियो। काठमाडौंमा सार्वजनिक भएको भोलिपल्ट फागुन २२ गते संसद्‍बाहिर रहेका चार कम्युनिस्ट पार्टीको रणनीतिक मोर्चाको बैठकमा सहभागी भएका उनी फागुन २३ गते भने आफ्ना राजनीतिक गुरू कृष्णबहादुर महरालाई भेट्न खुमलटार पुगेका थिए। महरालाई भेटेलगतै उनी उपत्यकाबाट बाहिरिएका थिए।

विप्लवनिकट स्रोत फागुन २३ गते कपिलवस्तु पुगेका उनी चैत ५ गते काठमाडौं फर्किएको बताउँछ। स्रोतका अनुसार उनी लाजिम्पाट क्षेत्रमा आफ्नै एक कार्यकर्ताको घरमा बसेका छन्।

सोही दिन चितवन कारागारमा पुगेर उनले दाजु चन्द्रबहादुर चन्दलाई भेटेका थिए। त्यहीँबाट उनी कपिलवस्तु पुगेको उनको पार्टीका एक नेता बताउँछन्। 

कपिलवस्तु ‘विप्लव’को गृहजिल्ला पनि हो। त्यहाँ आफ्नो पार्टीका महिला र विद्यार्थी संगठनका कार्यक्रमलाई सम्बोधन गरेका विप्लवले कार्यकर्ता भेटघाट र प्रशिक्षणमै धेरैजसो समय बिताएको ती नेता बताउँछन्।

विप्लवनिकट स्रोत फागुन २३ गते कपिलवस्तु पुगेका उनी चैत ५ गते काठमाडौं फर्किएको बताउँछ। स्रोतका अनुसार उनी लाजिम्पाट क्षेत्रमा आफ्नै एक कार्यकर्ताको घरमा बसेका छन्। आफ्नोबारे कुनै सूचना बाहिर नजाओस् भनेर उनले आफ्नो सुरक्षामा खटाइएका प्रहरीसमेत फिर्ता गरेका छन्। उनको सुरक्षामा तत्कालीन माओवादीका पूर्वलडाकूहरू नै खटिएका छन्।

यो पनि पढ्नुहोस्

सहमतिका पछाडि हाम्रो महान आकांक्षा लुकेको छ: विप्लवशुक्रबार, फागुन २१, २०७७

विप्लव नेतृत्वको नेकपा संसद्‍बाहिरका चार कम्युनिस्ट शक्ति सहभागी रणनीतिक मोर्चामासमेत छ। अब संघर्षका कार्यक्रम तय गर्न मोर्चाको बैठक बस्‍न लागेकाले त्यो बैठकमा उनी सहभागी हुनसक्ने मोर्चाका एक सदस्यले बताए। ‘मोर्चाको बैठक भोलि या पर्सी (चैत ९ वा १० गते) बस्दै छ, सम्भवतः त्यस बैठकमा विप्लव सहभागी हुन सक्छन्,’ ती नेताले भने। 

Ncell 2
Ncell 2
nimb
nimb

मिडियामा बोल्न पाउने विश्‍वकर्मा मात्र
सार्वजनिक भए पनि विप्लव कुनै पनि सञ्‍चारमाध्यममा देखिएका छैनन्। सञ्‍चारमाध्यममा बोल्नै परे पार्टीका प्रवक्ता खड्गबहादुर विश्‍वकर्माले मात्र बोल्न पाउनेगरी जिम्मेवारी दिइएको बताइन्छ। महासचिव विप्लवसहित अन्य नेताहरू मिडियामा बोल्न परे पार्टीमा सल्लाह गरेर मात्र बोल्न पाउने व्यवस्था गरिएको केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले नेपाललाइभलाई बताए। ‘महासचिव कमरेड पनि बोल्न पाउने व्यवस्था नभएकाले प्रवक्ता कमरेडले मात्रै मिडियामा बोल्ने गर्नुभएको छ,’ उनले भने।

विप्लव नेतृत्वको नेकपाले राजनीतिक मुद्दामा जनमत संग्रहमा जानुपर्ने निर्णय गरेको थियो। त्यो विषयलाई पार्टीभित्र र बाहिरसमेत व्यापक बनाउने निर्णय भएको उनले बताए। अहिलेको संसदीय व्यवस्था कि ‘वैज्ञानिक समाजवादी व्यवस्था’ भन्‍ने विषयलाई जनमत संग्रहमा लैजानुपर्ने विप्लव नेकपाका नेताहरूले बताइरहेका छन्।

यो पनि पढ्नुहोस्

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमतिशुक्रबार, फागुन २१, २०७७

यो बहस र छलफल सकिएपछि पार्टी कमिटीको बैठक बस्‍ने तयारी गरिएको छ। सरकारसँगको सहमतिअनुसार अहिलेसम्म पाँचजना केन्द्रीय सदस्यसहित १४३ जना नेता र कार्यकर्ता जेलबाट नछुटेकाले बैठक बस्‍न नसकेको हो। ‘सरकार र हामीबीच तीनबुँदे सहमति भयो। त्यसपछि प्रतिबन्ध त फुकुवा भयो, तर नेता कार्यकर्ता रिहा गरेर मुद्दा फिर्ता लिने भनिए पनि त्यो अझै कार्यान्वयन भएको छैन,’ एक नेताले भने, ‘सबै नेता र कार्यकर्ता छुटेपछि पार्टीको बैठक बसेर कसरी जाने भन्‍ने विषयमा केही निर्णय होला।’ 

Xtrem

Xtrem

चन्द र विश्‍वकर्माका दुई धार
सरकारले प्रतिबन्ध लगाउँदादेखि नै विप्लव नेतृत्वको नेकपामा प्रस्ट दुई धार थिए। एउटाको नेतृत्व विप्लव आफैंले गरेका थिए भने अर्कोको नेतृत्व खड्गबहादुर विश्‍वकर्माले गरेका थिए। चन्द र विश्‍वकर्माका दुई धार अघि बढ्दा विश्‍वकर्माले जनवर्गीय संगठनमा आफ्नो पकड बलियो बनाउँदै लगेका थिए। कतिपयका भनाइमा अहिले पार्टीभित्र विप्लवभन्दा विश्‍वकर्मा बलियो स्थितिमा छन्।

वार्ता सफल भएर मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाए पनि फेरि नेकपामा विवाद उत्पन्‍न भएको छ। प्रतिबन्धको अवधिमा ११ जना नेता/कार्यकर्ताको मृत्यु भएको विषयमा कुनै सहमति नभएको भन्दै एउटा तप्काले विरोध जनाएको छ।

प्रतिबन्धकालमा एक गुटले अर्को गुटलाई सिध्याउन पार्टीभित्रैबाट सूचना चुहाउँदा धेरै नेता र कार्यकर्ता पक्राउ परेका थिए। सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धमेन्द्र बास्तोला, केन्द्रीय सदस्य माइला लामासमेत पार्टीभित्रैबाट सूचना चुहिँदा पक्राउ परेको एक नेताले बताए। अरू नेता तथा कार्यकर्तासमेत पार्टीबाटै सूचना ‘लिक’ हुँदा प्रहरीको नियन्त्रणमा पुगेको भन्दै पार्टीभित्र आरोप–प्रत्यारोप चुलिएको थियो। त्यहीकारण पनि चाँडै वार्तामा बसेर शान्तिपूर्ण राजनीतिमा आउने दबाब परेको बताइन्छ।

वार्ताका लागि सुरूमा विप्लवले विश्‍वकर्मासहित बास्तोलालाई जिम्मेवारी दिएर पठाएका थिए। पार्टीभित्रैबाट सूचना लिक भएपछि बास्तोला त्यहीक्रममा गत पुस २९ गते पक्राउ परेका थिए। बास्तोला पक्राउ परेपछि वार्ता गर्न विश्‍वकर्मासँग विप्लवका विश्‍वासपात्र उदयबहादुर चलाउनेलाई पठाइएको थियो। विश्‍वकर्माको विश्‍वास नभएपछि विप्लवले वार्ता टोली सदस्य बनाएर चलाउनेलाई पठाएका थिए।

यो पनि पढ्नुहोस्

यसरी बन्यो सरकार र ‘विप्लव’ नेकपाबीच वार्ताको वातावरणमंगलबार, फागुन १८, २०७७

वार्ता सफल भएर मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाए पनि फेरि नेकपामा विवाद उत्पन्‍न भएको छ। प्रतिबन्धको अवधिमा ११ जना नेता/कार्यकर्ताको मृत्यु भएको विषयमा कुनै सहमति नभएको भन्दै एउटा तप्काले विरोध जनाएको छ। प्रतिबन्धको अवधिमा मृत्यु भएका ११ जना नेता/कार्यकर्ताका परिवारलाई कुनै राहत वा अन्य आर्थिक प्याकेजको व्यवस्था नगरिएको भन्दै विरोध पनि भइरहेको छ। ‘पार्टीले खटाएको जिम्मेवारीमा लागेका केही नेता/कार्यकर्ताको मृत्यु भयो, कतिपय अंगभंग भए,’ अर्का एक नेताले भने, ‘वार्ता गर्नेक्रममा उनीहरूका परिवारलाई केही राहत प्याकेज वा अन्य कुनै आर्थिक प्याकेज दिने विषयमा सहमति गर्नुपर्नेमा त्यसो गरिएन। हतारहतारमा वार्ता गरेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउने सहमतिमात्र गरियो।’ 

ओलीसहित पाँच केन्द्रीय सदस्य जेलमै
विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित पाँचजना केन्द्रीय सदस्य अझै जेलमा छन्। नख्खु कारागारमा रहेका सचिवालय सदस्य ओली २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए। उनलाई ललितपुरको नख्खुस्थित एनसेल टावर आक्रमणको घटनामा संलग्‍न रहेको आरोपमा मुद्दा चलाइएको थियो। अदालतबाट सफाई पाए पनि प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

‘विप्लव’ले किन रोजे ओलीसँगै सहकार्य?शुक्रबार, फागुन २१, २०७७

जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूमध्ये ओली प्रमुख नेता हुन्। विप्लवका दाजु नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द पनि जेलमै छन्। चन्दसहित २१ नेता कार्यकर्ता २०७६ कात्तिक १ गते दाङको मंग्रेटोखोलाबाट पक्राउ परेका थिए। यस्तै, केन्द्रीय सदस्य माइला लामा २०७६ साउन ५ गते काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए। उनलाई संखुवासभाको खाँदबारी कारागारमा राखिएको छ। अर्का केन्द्रीय सदस्य भरत बम २०७६ वैशाख २५ गते नेपालगञ्‍जबाट पक्राउ परेका थिए।

पाँच केन्द्रीय सदस्यसहित ब्यूरो, जिल्ला र स्थानीय कार्यकर्तासमेत गरेर १४३ जना नेता र कार्यकर्ता अहिले जेलमै छन्। जेलमा रहेका नेता कार्यकर्ताको अवस्था बुझ्‍न वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेलाई जिम्मा दिइएको छ। चलाउनेले कुन नेता/कार्यकर्तालाई कस्तो प्रकृतिको मुद्दा लगाइएको छ भन्‍नेबारेसमेत अध्ययन गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

‘नाटकीय सहमति’पछि ‘विप्लव’को पदार्पणशुक्रबार, फागुन २१, २०७७

 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १९:४७
  • #नेकपा
  • #विप्लव
  • #नेत्रविक्रम_चन्द
  • #भूमिगत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता परराष्ट्र मन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सिनेटर मोहम्मद इशाक दारबिच संयुक्त राष्ट्रसंघको मुख... बिहीबार, असोज ८, २०८३
संसद् बैठकमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाले बनायो समूहगत तालिका काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा बैठकमा सांसदहरूको नियमित तथा प्रभावकारी उपस्थिति सुनिश्चित... बिहीबार, असोज ८, २०८३
संघीय संसदकाे दुवै सदनकाे बैठक बस्दै, पाँच संसदीय समितिकाे पनि बस्ने बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्