• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘भूमिगत’ जीवनबाट फर्केका ‘विप्लव’ कहाँ छन्, के गर्दै छन्?

64x64
वीरेन्द्र ओली आइतबार, चैत ८, २०७७  १९:४७
1140x725

काठमाडौं- सरकारले दुई वर्षअघि प्रतिबन्ध लगाएको ‘नेपाल कम्युनिस्ट पार्टी’का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रतिबन्ध हटेलगत्तै गत फागुन २१ गते काठमाडौंको राष्ट्रिय सभागृहमा सार्वजनिक भए। त्यसदिन सभागृहबाट हिंसात्मक भूमिगत राजनीति छाडेर मूलधारको शान्तिपूर्ण राजनीतिमा सहभागी हुने घोषणा गरेका उनी यतिखेर गुमनामजस्तै छन्। उनी पछिल्लो समय कतै देखिएका छैनन्, कतै सुनिएका पनि छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष महत्त्व दिएर ‘शान्तिपूर्ण राजनीतिमा तानेका’ विप्लव अहिले कहाँ छन्? के गर्दै छन्? गत फागुन २५ गते कपिलवस्तुको शिवराजगढी नगरपालिकामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को राष्ट्रिय भेलालाई सम्बोधन गरेका ‘विप्लव’को प्रतिबन्ध फुकुवापछिको पहिलो र अन्तिम सार्वजनिक कार्यक्रम त्यही थियो। त्यसयता उनी कुनै सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। कुनै सञ्‍चारमाध्यममा सुनिएका पनि छैनन्।

कस्तो भेटघाट र प्रशिक्षण?
जानकारहरूका अनुसार ‘विप्लव’ले फागुन २६ गते कपिलवस्तुकै शिवराजगढी नगरपालिकामा अखिल क्रान्तिकारी विद्यार्थी संघको केन्द्रीय कमिटी सदस्यहरूलाई सम्बोधन गरेका थिए। त्यो कार्यक्रम भने ‘गोप्य’ थियो। काठमाडौंमा सार्वजनिक भएको भोलिपल्ट फागुन २२ गते संसद्‍बाहिर रहेका चार कम्युनिस्ट पार्टीको रणनीतिक मोर्चाको बैठकमा सहभागी भएका उनी फागुन २३ गते भने आफ्ना राजनीतिक गुरू कृष्णबहादुर महरालाई भेट्न खुमलटार पुगेका थिए। महरालाई भेटेलगतै उनी उपत्यकाबाट बाहिरिएका थिए।

विप्लवनिकट स्रोत फागुन २३ गते कपिलवस्तु पुगेका उनी चैत ५ गते काठमाडौं फर्किएको बताउँछ। स्रोतका अनुसार उनी लाजिम्पाट क्षेत्रमा आफ्नै एक कार्यकर्ताको घरमा बसेका छन्।

सोही दिन चितवन कारागारमा पुगेर उनले दाजु चन्द्रबहादुर चन्दलाई भेटेका थिए। त्यहीँबाट उनी कपिलवस्तु पुगेको उनको पार्टीका एक नेता बताउँछन्। 

कपिलवस्तु ‘विप्लव’को गृहजिल्ला पनि हो। त्यहाँ आफ्नो पार्टीका महिला र विद्यार्थी संगठनका कार्यक्रमलाई सम्बोधन गरेका विप्लवले कार्यकर्ता भेटघाट र प्रशिक्षणमै धेरैजसो समय बिताएको ती नेता बताउँछन्।

विप्लवनिकट स्रोत फागुन २३ गते कपिलवस्तु पुगेका उनी चैत ५ गते काठमाडौं फर्किएको बताउँछ। स्रोतका अनुसार उनी लाजिम्पाट क्षेत्रमा आफ्नै एक कार्यकर्ताको घरमा बसेका छन्। आफ्नोबारे कुनै सूचना बाहिर नजाओस् भनेर उनले आफ्नो सुरक्षामा खटाइएका प्रहरीसमेत फिर्ता गरेका छन्। उनको सुरक्षामा तत्कालीन माओवादीका पूर्वलडाकूहरू नै खटिएका छन्।

यो पनि पढ्नुहोस्

सहमतिका पछाडि हाम्रो महान आकांक्षा लुकेको छ: विप्लवशुक्रबार, फागुन २१, २०७७

विप्लव नेतृत्वको नेकपा संसद्‍बाहिरका चार कम्युनिस्ट शक्ति सहभागी रणनीतिक मोर्चामासमेत छ। अब संघर्षका कार्यक्रम तय गर्न मोर्चाको बैठक बस्‍न लागेकाले त्यो बैठकमा उनी सहभागी हुनसक्ने मोर्चाका एक सदस्यले बताए। ‘मोर्चाको बैठक भोलि या पर्सी (चैत ९ वा १० गते) बस्दै छ, सम्भवतः त्यस बैठकमा विप्लव सहभागी हुन सक्छन्,’ ती नेताले भने। 

Ncell 2
Ncell 2

मिडियामा बोल्न पाउने विश्‍वकर्मा मात्र
सार्वजनिक भए पनि विप्लव कुनै पनि सञ्‍चारमाध्यममा देखिएका छैनन्। सञ्‍चारमाध्यममा बोल्नै परे पार्टीका प्रवक्ता खड्गबहादुर विश्‍वकर्माले मात्र बोल्न पाउनेगरी जिम्मेवारी दिइएको बताइन्छ। महासचिव विप्लवसहित अन्य नेताहरू मिडियामा बोल्न परे पार्टीमा सल्लाह गरेर मात्र बोल्न पाउने व्यवस्था गरिएको केन्द्रीय सदस्य उदयबहादुर चलाउनेले नेपाललाइभलाई बताए। ‘महासचिव कमरेड पनि बोल्न पाउने व्यवस्था नभएकाले प्रवक्ता कमरेडले मात्रै मिडियामा बोल्ने गर्नुभएको छ,’ उनले भने।

विप्लव नेतृत्वको नेकपाले राजनीतिक मुद्दामा जनमत संग्रहमा जानुपर्ने निर्णय गरेको थियो। त्यो विषयलाई पार्टीभित्र र बाहिरसमेत व्यापक बनाउने निर्णय भएको उनले बताए। अहिलेको संसदीय व्यवस्था कि ‘वैज्ञानिक समाजवादी व्यवस्था’ भन्‍ने विषयलाई जनमत संग्रहमा लैजानुपर्ने विप्लव नेकपाका नेताहरूले बताइरहेका छन्।

यो पनि पढ्नुहोस्

यस्तो छ सरकार र ‘विप्लव’ नेकपाबीच भएको तीन बुँदे सहमतिशुक्रबार, फागुन २१, २०७७

यो बहस र छलफल सकिएपछि पार्टी कमिटीको बैठक बस्‍ने तयारी गरिएको छ। सरकारसँगको सहमतिअनुसार अहिलेसम्म पाँचजना केन्द्रीय सदस्यसहित १४३ जना नेता र कार्यकर्ता जेलबाट नछुटेकाले बैठक बस्‍न नसकेको हो। ‘सरकार र हामीबीच तीनबुँदे सहमति भयो। त्यसपछि प्रतिबन्ध त फुकुवा भयो, तर नेता कार्यकर्ता रिहा गरेर मुद्दा फिर्ता लिने भनिए पनि त्यो अझै कार्यान्वयन भएको छैन,’ एक नेताले भने, ‘सबै नेता र कार्यकर्ता छुटेपछि पार्टीको बैठक बसेर कसरी जाने भन्‍ने विषयमा केही निर्णय होला।’ 

चन्द र विश्‍वकर्माका दुई धार
सरकारले प्रतिबन्ध लगाउँदादेखि नै विप्लव नेतृत्वको नेकपामा प्रस्ट दुई धार थिए। एउटाको नेतृत्व विप्लव आफैंले गरेका थिए भने अर्कोको नेतृत्व खड्गबहादुर विश्‍वकर्माले गरेका थिए। चन्द र विश्‍वकर्माका दुई धार अघि बढ्दा विश्‍वकर्माले जनवर्गीय संगठनमा आफ्नो पकड बलियो बनाउँदै लगेका थिए। कतिपयका भनाइमा अहिले पार्टीभित्र विप्लवभन्दा विश्‍वकर्मा बलियो स्थितिमा छन्।

वार्ता सफल भएर मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाए पनि फेरि नेकपामा विवाद उत्पन्‍न भएको छ। प्रतिबन्धको अवधिमा ११ जना नेता/कार्यकर्ताको मृत्यु भएको विषयमा कुनै सहमति नभएको भन्दै एउटा तप्काले विरोध जनाएको छ।

प्रतिबन्धकालमा एक गुटले अर्को गुटलाई सिध्याउन पार्टीभित्रैबाट सूचना चुहाउँदा धेरै नेता र कार्यकर्ता पक्राउ परेका थिए। सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली र धमेन्द्र बास्तोला, केन्द्रीय सदस्य माइला लामासमेत पार्टीभित्रैबाट सूचना चुहिँदा पक्राउ परेको एक नेताले बताए। अरू नेता तथा कार्यकर्तासमेत पार्टीबाटै सूचना ‘लिक’ हुँदा प्रहरीको नियन्त्रणमा पुगेको भन्दै पार्टीभित्र आरोप–प्रत्यारोप चुलिएको थियो। त्यहीकारण पनि चाँडै वार्तामा बसेर शान्तिपूर्ण राजनीतिमा आउने दबाब परेको बताइन्छ।

वार्ताका लागि सुरूमा विप्लवले विश्‍वकर्मासहित बास्तोलालाई जिम्मेवारी दिएर पठाएका थिए। पार्टीभित्रैबाट सूचना लिक भएपछि बास्तोला त्यहीक्रममा गत पुस २९ गते पक्राउ परेका थिए। बास्तोला पक्राउ परेपछि वार्ता गर्न विश्‍वकर्मासँग विप्लवका विश्‍वासपात्र उदयबहादुर चलाउनेलाई पठाइएको थियो। विश्‍वकर्माको विश्‍वास नभएपछि विप्लवले वार्ता टोली सदस्य बनाएर चलाउनेलाई पठाएका थिए।

यो पनि पढ्नुहोस्

यसरी बन्यो सरकार र ‘विप्लव’ नेकपाबीच वार्ताको वातावरणमंगलबार, फागुन १८, २०७७

वार्ता सफल भएर मूलधारको शान्तिपूर्ण राजनीतिमा आउने प्रतिबद्धता जनाए पनि फेरि नेकपामा विवाद उत्पन्‍न भएको छ। प्रतिबन्धको अवधिमा ११ जना नेता/कार्यकर्ताको मृत्यु भएको विषयमा कुनै सहमति नभएको भन्दै एउटा तप्काले विरोध जनाएको छ। प्रतिबन्धको अवधिमा मृत्यु भएका ११ जना नेता/कार्यकर्ताका परिवारलाई कुनै राहत वा अन्य आर्थिक प्याकेजको व्यवस्था नगरिएको भन्दै विरोध पनि भइरहेको छ। ‘पार्टीले खटाएको जिम्मेवारीमा लागेका केही नेता/कार्यकर्ताको मृत्यु भयो, कतिपय अंगभंग भए,’ अर्का एक नेताले भने, ‘वार्ता गर्नेक्रममा उनीहरूका परिवारलाई केही राहत प्याकेज वा अन्य कुनै आर्थिक प्याकेज दिने विषयमा सहमति गर्नुपर्नेमा त्यसो गरिएन। हतारहतारमा वार्ता गरेर शान्तिपूर्ण मुलधारको राजनीतिमा आउने सहमतिमात्र गरियो।’ 

ओलीसहित पाँच केन्द्रीय सदस्य जेलमै
विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओलीसहित पाँचजना केन्द्रीय सदस्य अझै जेलमा छन्। नख्खु कारागारमा रहेका सचिवालय सदस्य ओली २०७५ चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए। उनलाई ललितपुरको नख्खुस्थित एनसेल टावर आक्रमणको घटनामा संलग्‍न रहेको आरोपमा मुद्दा चलाइएको थियो। अदालतबाट सफाई पाए पनि प्रहरीले उनलाई अर्को आरोपमा पक्राउ गरेको थियो।

यो पनि पढ्नुहोस्

‘विप्लव’ले किन रोजे ओलीसँगै सहकार्य?शुक्रबार, फागुन २१, २०७७

जेलमा रहेका विप्लव नेतृत्वको नेकपाका नेताहरूमध्ये ओली प्रमुख नेता हुन्। विप्लवका दाजु नेकपाका केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द पनि जेलमै छन्। चन्दसहित २१ नेता कार्यकर्ता २०७६ कात्तिक १ गते दाङको मंग्रेटोखोलाबाट पक्राउ परेका थिए। यस्तै, केन्द्रीय सदस्य माइला लामा २०७६ साउन ५ गते काठमाडौंको काँडाघारीबाट पक्राउ परेका थिए। उनलाई संखुवासभाको खाँदबारी कारागारमा राखिएको छ। अर्का केन्द्रीय सदस्य भरत बम २०७६ वैशाख २५ गते नेपालगञ्‍जबाट पक्राउ परेका थिए।

पाँच केन्द्रीय सदस्यसहित ब्यूरो, जिल्ला र स्थानीय कार्यकर्तासमेत गरेर १४३ जना नेता र कार्यकर्ता अहिले जेलमै छन्। जेलमा रहेका नेता कार्यकर्ताको अवस्था बुझ्‍न वार्ता टोलीका सदस्य उदयबहादुर चलाउनेलाई जिम्मा दिइएको छ। चलाउनेले कुन नेता/कार्यकर्तालाई कस्तो प्रकृतिको मुद्दा लगाइएको छ भन्‍नेबारेसमेत अध्ययन गरिरहेका छन्।

यो पनि पढ्नुहोस्

‘नाटकीय सहमति’पछि ‘विप्लव’को पदार्पणशुक्रबार, फागुन २१, २०७७

 

प्रकाशित मिति: आइतबार, चैत ८, २०७७  १९:४७
  • #नेकपा
  • #विप्लव
  • #नेत्रविक्रम_चन्द
  • #भूमिगत

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।रास्वपाबाट कविन्द्र बुर्ला... आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आफ्नो समूहको छलफलका क्रममा कार्यकर्तासँग कुरा गर्दै कोइरालाले पार्टीबाट उम्मेदवारीको अवसर पाउनेहरुलाई जिताउन आफू लागिपर्ने समेत बताए... आइतबार, माघ ४, २०८२
वरिष्ठ नेताको पदभार ग्रहणलगत्तै घण्टीघरबाट निस्किए बालेन रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्