• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘नाटकीय सहमति’पछि ‘विप्लव’को पदार्पण

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन २१, २०७७  १३:२९
1140x725

काठमाडाैं- एकदिन पहिलेसम्म पनि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको वार्तामा ठोस सहमति केही नभएको दाबी ‘विप्लव’ समूहको वार्ताटोलीले गरिरहेको थियो। सरकारी वार्ता टोलीले भने सहमतिमा पुग्ने समझदारीमा पुगिएको बताइरहेको थियो। नभन्दै बिहीबार दुवै पक्षका वार्ता टोलीले वार्ता सफल भएको भन्दै तीन बुँदे सहमति भएको लिखित विवरण सार्वजनिक गरे। र, साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ समूहमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाउने, कारागार–हिरासतमा रहेका सो समूहका नेता र कार्यकर्तालाई रिहा गर्ने निर्णय गर्‍यो।

सरकारको निर्णयबमोजिम शुक्रबार बिहानैदेखि विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका नेता र कार्यकर्तालाई रिहा गर्न थालिएको छ। काभ्रेको प्रहरी हिरासतबाट ‘विप्लव’ नेकपाका शीर्षमध्येका नेता धर्मेन्द्र बास्तोला छुटेलगत्तै ‘विप्लव’ स्वयं भूमिगत जीवनबाट सार्वजनिक हुन काठमाडौं आइपुगेका छन्। नवलरपरासीबाट गाडी चढेर काठमाडौं आइपुगेका उनी बालुवाटारस्थित् प्रधानमन्त्री निवास पुगेर त्यहाँबाट राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा पुग्नेछन् जहाँ प्रधानमन्त्री ओलीसँगै उभिएर उनले वार्ता टोलीबीच भएको सहमति सार्वजनिक गर्नेछन्।

दश वर्षे माओवादी हिंसात्मक विद्रोहमा सामेल भएर शान्तिपूर्ण राजनीतिमा आएका, फेरि माओवादीको अवतरणमा असन्तुष्ट भएर हिंसात्मक गतिविधि शुरु गरेका ‘विप्लव’को दोस्रो पटकको शान्तिपूर्ण पदार्पणलाई भने उनकै शुभचिन्तकहरुले नै संशयपूर्ण नजरले हेरेका छन्।

ती ‘विप्लव’ यी ‘विप्लव’
२०७१ साल मंसिर १५ गते काठमाडौंको राष्ट्रिय नाचघर खचाखच थियो। मञ्चमा मुख्य आकर्षण भएर बसेका थिए, नेत्रविक्रम चन्द ‘विप्लव’। उनीसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धमेन्द्र बास्तोला लगायत नेताहरु लस्करै कुर्सीमा थिए। त्यसदिन ‘विप्लव’को हाउभाउ अरु दिनभन्दा बेग्लै थियो। घरि तल हेर्थे, घरि दायाँबायाँ फर्कन्थे। मुखको चालले केही सोचे जस्तो वा केही आत्तिए जस्तो भान हुन्थ्यो।

जब बोल्ने पालो आयो, भावुक हुँदै उनले ‘यो क्रान्तिको यात्रामा दायाँबायाँ प्रचण्ड, बाबुराम र वैद्यहरु हुुनुपर्ने’ भन्दै उनीहरु छुटेकोमा अफशोच व्यक्त गरे। माओवादीको १० वर्षे ‘जनयुद्ध’मा मृत्यु वा मुक्तिको कसम खाएका सबैले क्रान्तिलाई धोका दिएकाले पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पहल थाल्दा नमज्जा लागेको उनले सुनाए। ‘क्रान्तिको यात्रामा सबै गन्तव्यमा नपुग्ने’ भन्दै उनले अधुरो क्रान्तिको झण्डा एक्लै भएपनि उठाउनु पर्दा कता कता अभिभावकविहीन भएजस्तो अनुभूति भएको समेत सुनाएका थिए।

त्यसक्रममा आफूहरुले इमान्दारिताका साथ क्रान्तिको झण्डा उठाएको भन्दै उनले त्यसदिन ‘नेकपा’को घोषणा गरे। घोषणा भएको ठिक ६ वर्षपछि घुम्दैफिर्दै ‘विप्लव’ नेतृत्वको नेकपा फेरि प्रचण्ड–बाबुरामकै शैलीमा सरकारसँग वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा समाहित हुने निधोमा पुगेको छ। सरकारसँग भएको तीनबुँदे सहमतिसँगै ‘विप्लव’ पक्ष आफ्ना राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ। 

‘विप्लव’ले हिंसाको राजनीतिलाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते उनको समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसपछिका दुई वर्षमा उनका ११ जना कार्यकर्ता मारिए, ‘विप्लव’ समूहबाट दुईजना सर्वसाधारण र दुईजना प्रहरीको हत्या भयो। सरकारले ‘विप्लव’ समूहको संगठन छिन्नभिन्न पार्नेक्रममा दुई हजार नेता कार्यकर्ता पक्राउ गर्यो, जसमध्ये कैयौं अहिलेसम्म जेल र हिरासतमै छन्। प्रतिबन्धको दुई वर्षमा खुम्चिँदै गएपछि वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा आउन उनी बाध्य भएको बताइन्छ। सुरक्षा निकायहरुले पनि आफ्नो शक्ति बढाउन नसकेपछि वार्तामार्फत् ‘विप्लव’ले सेफल्याण्डिङ खोजेको निचोड निकालेका छन्। 

यद्यपि, ‘विप्लव’ समूहका नेताहरुले आफूहरुको हातमाथि राखेर सम्झौता गरेको दाबी गर्दै सरकारसँग भएको तीन बुँदे सहमतिमा प्रावधिक पक्ष मात्रै भएकाले राजनीतिक अडान यथावत राखेर सम्झौता गरिएको, आफूहरुले उपलब्धि हासिल गरेको दाबी गरिरहेका छन्। यसबाट आफूहरु थप बलियो बन्ने उनीहरुको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो सहमतिले चौतर्फी संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबभन्दा ठूलो राहत मिलेको विश्लेषण भइरहेको छ। ‘विप्लव’को यो नयाँ यात्रालाई कतिपयले प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा अघि बढ्ने प्रयत्नका रुपमा पनि व्याख्या गरेका छन्। ओलीले ‘विना कारण विप्लवलाई नल्याएको’ उनीहरुको दाबी छ। राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिने भन्दै चुनावी मोर्चाबन्दी वा एकतासम्म जानेगरी आफूहरु अघि बढेको ओली पक्षका नेताहरु बताउन थालेका छन्। कतिपयले त ओलीले ‘प्रचण्डसँग प्रतिशोध साँध्न’ यो कदम चालेको बताइरहेका छन्।

तर, ‘विप्लव’ पक्षका नेताहरु भने यो सहमतिलाई उपलब्धिका रुपमा व्याख्या गरिरहेका छन्। ओली सरकारले आफ्ना माग पूरा नगर्दा अब आउन सरकारको भर नुहने भएकाले सरकार कमजोर भएका बेला सम्झौता गरिएको उनीहरुको दाबी छ। 

‘विप्लव’ समूह संसदबाहिरको चार दलीय मोर्चामा आबद्ध रहेकाले तत्काल त्यहीँबाट सक्रिय हुने देखिन्छ। जे जस्तो भएपनि अब ‘विप्लव’ नेतृत्वको नेकपाको राजनीति शान्तिपूर्ण प्रतिस्पर्धामै अघि बढ्ला त? पृथकतावादी गतिविधि गरिरहेका सिके राउत यसैगरी मूलधारमा आए पनि ‘विप्लव’ पक्षले कुन बाटो अख्तियार गर्छ भन्नेबारे भने अहिल्यै भन्न नसकिने जानकारहरु बताउँछन्। ‘विप्लव’ नेतृत्वको नेकपाले समात्ने बाटो शुक्रबारको ओली–विप्लवले सम्बोधनबाट मात्र प्रष्ट हुने राजनीतिक विश्लेषक हरि रोका बताउँछन्। 

‘सरकार-विप्लवबीच भएको तीन बुँदे सहमतिले उनीहरु राजनीतिक, वैचारिक, सामाजिक रुपमा कुन ठाउँमा छन् भन्ने कुरा संकेत गर्दैन। ओलीकै पार्टीमा सदस्य हुनेगरी आउने हुन् कि ओलीसँग कार्यगत एकता गर्ने हुन्, या प्रचण्ड-माधवलाई दुवैतिर देखाइदिन यो सहमति गरेका हुन् भन्ने विज्ञप्तिमा देखिँदैन’, रोकाले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पनि शान्तिपूर्ण राजनीति गर्छौं भनेको, तर पछि त्यो नदेखिएको रोकाले बताए। सरकार र ‘विप्लव’ पक्षबीच भएको सम्झौतामा हातहतियार छ कि छैन, सेना छ कि छैन भन्ने कुरा पनि नखुलेको उनले बताए। 

२४ घण्टामै ‘सहमति’
सरकार र ‘विप्लव’ पक्षको वार्ता २४ घण्टामै सकिएको हो। गत बुधबार २ पटक भएर रोकिएको वार्ता बिहीबार बिहान पुनः शुरु भएको केही समयमै सहमतिमा पुगेको बताइयो। यसअघि नै सरकार र ‘विप्लव’ पक्षको सहमति भइसकेकाले २४ घण्टाको वार्तामा औपचारिकता मात्रै दिइएको उच्चस्रोतहरु बताउँछन्। यही कुराले नै धेरै कुरा नाटकीय र संशयपूर्ण भएको देखाएको कतिपयको भनाइ छ।

सरकारको उच्च स्रोतले ‘सबै विषय यसअघि नै सहमति भइसकेको, पछि वार्ता टोली बनाएर त्यसलाई औपचारिकता मात्रै दिएको’ बताएको छ। वार्ताको टेबुलमा नबस्दै टुंगिनेगरी आखिर के कुरामा सहमति भएको होला? के शुक्रबार राष्ट्रिय सभागृहमा हुने सम्बोधनमा ती सबै कुरा बाहिर ल्याइएला?   
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव सरकारले राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना अघि बढाउन बूढीगण्डकी विकास प्राधिकरण विधेयकको सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेसँगै यस... मंगलबार, कात्तिक ३, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
दसैँमा सशस्त्र प्रहरीको बस सेवा, प्रधानमन्त्री कार्यालयको प्रचार ! मंगलबार, कात्तिक ३, २०८३
चार दिनमै फेरि कारागारमा मंगलबार, कात्तिक ३, २०८३
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्