• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

‘नाटकीय सहमति’पछि ‘विप्लव’को पदार्पण

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन २१, २०७७  १३:२९
1140x725

काठमाडाैं- एकदिन पहिलेसम्म पनि सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको वार्तामा ठोस सहमति केही नभएको दाबी ‘विप्लव’ समूहको वार्ताटोलीले गरिरहेको थियो। सरकारी वार्ता टोलीले भने सहमतिमा पुग्ने समझदारीमा पुगिएको बताइरहेको थियो। नभन्दै बिहीबार दुवै पक्षका वार्ता टोलीले वार्ता सफल भएको भन्दै तीन बुँदे सहमति भएको लिखित विवरण सार्वजनिक गरे। र, साँझ बसेको मन्त्रिपरिषद् बैठकले ‘विप्लव’ समूहमाथि दुई वर्षअघि लगाइएको प्रतिबन्ध हटाउने, कारागार–हिरासतमा रहेका सो समूहका नेता र कार्यकर्तालाई रिहा गर्ने निर्णय गर्‍यो।

सरकारको निर्णयबमोजिम शुक्रबार बिहानैदेखि विभिन्न कारागार तथा प्रहरी हिरासतमा रहेका नेता र कार्यकर्तालाई रिहा गर्न थालिएको छ। काभ्रेको प्रहरी हिरासतबाट ‘विप्लव’ नेकपाका शीर्षमध्येका नेता धर्मेन्द्र बास्तोला छुटेलगत्तै ‘विप्लव’ स्वयं भूमिगत जीवनबाट सार्वजनिक हुन काठमाडौं आइपुगेका छन्। नवलरपरासीबाट गाडी चढेर काठमाडौं आइपुगेका उनी बालुवाटारस्थित् प्रधानमन्त्री निवास पुगेर त्यहाँबाट राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा पुग्नेछन् जहाँ प्रधानमन्त्री ओलीसँगै उभिएर उनले वार्ता टोलीबीच भएको सहमति सार्वजनिक गर्नेछन्।

दश वर्षे माओवादी हिंसात्मक विद्रोहमा सामेल भएर शान्तिपूर्ण राजनीतिमा आएका, फेरि माओवादीको अवतरणमा असन्तुष्ट भएर हिंसात्मक गतिविधि शुरु गरेका ‘विप्लव’को दोस्रो पटकको शान्तिपूर्ण पदार्पणलाई भने उनकै शुभचिन्तकहरुले नै संशयपूर्ण नजरले हेरेका छन्।

ती ‘विप्लव’ यी ‘विप्लव’
२०७१ साल मंसिर १५ गते काठमाडौंको राष्ट्रिय नाचघर खचाखच थियो। मञ्चमा मुख्य आकर्षण भएर बसेका थिए, नेत्रविक्रम चन्द ‘विप्लव’। उनीसँगै खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धमेन्द्र बास्तोला लगायत नेताहरु लस्करै कुर्सीमा थिए। त्यसदिन ‘विप्लव’को हाउभाउ अरु दिनभन्दा बेग्लै थियो। घरि तल हेर्थे, घरि दायाँबायाँ फर्कन्थे। मुखको चालले केही सोचे जस्तो वा केही आत्तिए जस्तो भान हुन्थ्यो।

जब बोल्ने पालो आयो, भावुक हुँदै उनले ‘यो क्रान्तिको यात्रामा दायाँबायाँ प्रचण्ड, बाबुराम र वैद्यहरु हुुनुपर्ने’ भन्दै उनीहरु छुटेकोमा अफशोच व्यक्त गरे। माओवादीको १० वर्षे ‘जनयुद्ध’मा मृत्यु वा मुक्तिको कसम खाएका सबैले क्रान्तिलाई धोका दिएकाले पार्टीका दोस्रो र तेस्रो पुस्ताका नेताहरुले पहल थाल्दा नमज्जा लागेको उनले सुनाए। ‘क्रान्तिको यात्रामा सबै गन्तव्यमा नपुग्ने’ भन्दै उनले अधुरो क्रान्तिको झण्डा एक्लै भएपनि उठाउनु पर्दा कता कता अभिभावकविहीन भएजस्तो अनुभूति भएको समेत सुनाएका थिए।

त्यसक्रममा आफूहरुले इमान्दारिताका साथ क्रान्तिको झण्डा उठाएको भन्दै उनले त्यसदिन ‘नेकपा’को घोषणा गरे। घोषणा भएको ठिक ६ वर्षपछि घुम्दैफिर्दै ‘विप्लव’ नेतृत्वको नेकपा फेरि प्रचण्ड–बाबुरामकै शैलीमा सरकारसँग वार्तामार्फत् शान्तिपूर्ण राजनीतिमा समाहित हुने निधोमा पुगेको छ। सरकारसँग भएको तीनबुँदे सहमतिसँगै ‘विप्लव’ पक्ष आफ्ना राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ। 

‘विप्लव’ले हिंसाको राजनीतिलाई अंगालेको भन्दै सरकारले २०७५ फागुन २८ गते उनको समूहका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसपछिका दुई वर्षमा उनका ११ जना कार्यकर्ता मारिए, ‘विप्लव’ समूहबाट दुईजना सर्वसाधारण र दुईजना प्रहरीको हत्या भयो। सरकारले ‘विप्लव’ समूहको संगठन छिन्नभिन्न पार्नेक्रममा दुई हजार नेता कार्यकर्ता पक्राउ गर्यो, जसमध्ये कैयौं अहिलेसम्म जेल र हिरासतमै छन्। प्रतिबन्धको दुई वर्षमा खुम्चिँदै गएपछि वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा आउन उनी बाध्य भएको बताइन्छ। सुरक्षा निकायहरुले पनि आफ्नो शक्ति बढाउन नसकेपछि वार्तामार्फत् ‘विप्लव’ले सेफल्याण्डिङ खोजेको निचोड निकालेका छन्। 

यद्यपि, ‘विप्लव’ समूहका नेताहरुले आफूहरुको हातमाथि राखेर सम्झौता गरेको दाबी गर्दै सरकारसँग भएको तीन बुँदे सहमतिमा प्रावधिक पक्ष मात्रै भएकाले राजनीतिक अडान यथावत राखेर सम्झौता गरिएको, आफूहरुले उपलब्धि हासिल गरेको दाबी गरिरहेका छन्। यसबाट आफूहरु थप बलियो बन्ने उनीहरुको दाबी छ।

Ncell 2
Ncell 2
nimb
nimb

यो सहमतिले चौतर्फी संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबभन्दा ठूलो राहत मिलेको विश्लेषण भइरहेको छ। ‘विप्लव’को यो नयाँ यात्रालाई कतिपयले प्रधानमन्त्री ओलीसँगको साँठगाँठमा अघि बढ्ने प्रयत्नका रुपमा पनि व्याख्या गरेका छन्। ओलीले ‘विना कारण विप्लवलाई नल्याएको’ उनीहरुको दाबी छ। राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिने भन्दै चुनावी मोर्चाबन्दी वा एकतासम्म जानेगरी आफूहरु अघि बढेको ओली पक्षका नेताहरु बताउन थालेका छन्। कतिपयले त ओलीले ‘प्रचण्डसँग प्रतिशोध साँध्न’ यो कदम चालेको बताइरहेका छन्।

तर, ‘विप्लव’ पक्षका नेताहरु भने यो सहमतिलाई उपलब्धिका रुपमा व्याख्या गरिरहेका छन्। ओली सरकारले आफ्ना माग पूरा नगर्दा अब आउन सरकारको भर नुहने भएकाले सरकार कमजोर भएका बेला सम्झौता गरिएको उनीहरुको दाबी छ। 

‘विप्लव’ समूह संसदबाहिरको चार दलीय मोर्चामा आबद्ध रहेकाले तत्काल त्यहीँबाट सक्रिय हुने देखिन्छ। जे जस्तो भएपनि अब ‘विप्लव’ नेतृत्वको नेकपाको राजनीति शान्तिपूर्ण प्रतिस्पर्धामै अघि बढ्ला त? पृथकतावादी गतिविधि गरिरहेका सिके राउत यसैगरी मूलधारमा आए पनि ‘विप्लव’ पक्षले कुन बाटो अख्तियार गर्छ भन्नेबारे भने अहिल्यै भन्न नसकिने जानकारहरु बताउँछन्। ‘विप्लव’ नेतृत्वको नेकपाले समात्ने बाटो शुक्रबारको ओली–विप्लवले सम्बोधनबाट मात्र प्रष्ट हुने राजनीतिक विश्लेषक हरि रोका बताउँछन्। 

‘सरकार-विप्लवबीच भएको तीन बुँदे सहमतिले उनीहरु राजनीतिक, वैचारिक, सामाजिक रुपमा कुन ठाउँमा छन् भन्ने कुरा संकेत गर्दैन। ओलीकै पार्टीमा सदस्य हुनेगरी आउने हुन् कि ओलीसँग कार्यगत एकता गर्ने हुन्, या प्रचण्ड-माधवलाई दुवैतिर देखाइदिन यो सहमति गरेका हुन् भन्ने विज्ञप्तिमा देखिँदैन’, रोकाले नेपाल लाइभसँग भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यसअघि पनि शान्तिपूर्ण राजनीति गर्छौं भनेको, तर पछि त्यो नदेखिएको रोकाले बताए। सरकार र ‘विप्लव’ पक्षबीच भएको सम्झौतामा हातहतियार छ कि छैन, सेना छ कि छैन भन्ने कुरा पनि नखुलेको उनले बताए। 

२४ घण्टामै ‘सहमति’
सरकार र ‘विप्लव’ पक्षको वार्ता २४ घण्टामै सकिएको हो। गत बुधबार २ पटक भएर रोकिएको वार्ता बिहीबार बिहान पुनः शुरु भएको केही समयमै सहमतिमा पुगेको बताइयो। यसअघि नै सरकार र ‘विप्लव’ पक्षको सहमति भइसकेकाले २४ घण्टाको वार्तामा औपचारिकता मात्रै दिइएको उच्चस्रोतहरु बताउँछन्। यही कुराले नै धेरै कुरा नाटकीय र संशयपूर्ण भएको देखाएको कतिपयको भनाइ छ।

सरकारको उच्च स्रोतले ‘सबै विषय यसअघि नै सहमति भइसकेको, पछि वार्ता टोली बनाएर त्यसलाई औपचारिकता मात्रै दिएको’ बताएको छ। वार्ताको टेबुलमा नबस्दै टुंगिनेगरी आखिर के कुरामा सहमति भएको होला? के शुक्रबार राष्ट्रिय सभागृहमा हुने सम्बोधनमा ती सबै कुरा बाहिर ल्याइएला?   
 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १३:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता भारतमा सम्पन्न पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन दिल्ली पुगेका गृहमन्त्री गुरुङले मंगलबार शाहसँग भेटवार्ता गरेका भार... मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित महिलातर्फको एक सहमहामन्त्री पदका लागि भएको निर्वाचनमा गौतमले ५ हजार ११६ मत प्राप्त गर्दै विजयी भएकी हुन् । उनकी प्रतिस्पर्धी नानू बा... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्