काठमाडाैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आजको दिनलाई नेपाली राजनीतिको नयाँ दिन भएको टिप्पणी गरेका छन्।
सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति सार्वजनिक गर्न काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘विप्लव’ले यो सहमति देशको लागि भएको दाबी गरे।
उनले भने, ‘यो सहमतिका पछाडि हाम्रो हाम्रो महान आकांक्षा लुकेको छ।
उनले आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै नभई युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति भएको समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।