• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

‘विप्लव’ले किन रोजे ओलीसँगै सहकार्य?

64x64
वीरेन्द्र ओली शुक्रबार, फागुन २१, २०७७  २१:५६
1140x725

काठमाडौं– भर्खरै सरकारले प्रतिबन्ध हटाएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले झण्डै ३ वर्षको ‘भूमिगत राजनीति’बाट खुला भएपछि के बोल्लान् भन्नेमा धेरैको चासो थियो। किनभने सरकारसँगको वार्ता सफल भएपछि ‘विप्लव’ शुक्रबार सार्वजनिक कार्यक्रममै सार्वजनिक हुँदै थिए। 

शुक्रबार राष्ट्रिय सभागृहको एउटै मञ्चबाट प्रधानमन्त्री केपी शर्मा ओली र ‘विप्लव’ले सम्बोधन गर्ने तय भएकाले निर्धारित समयभन्दा पहिल्यै सत्तारुढ नेकपा र ‘विप्लव’ नेतृत्वको नेकपाका नेता, कार्यकर्ता र पत्रकार सभागृहको हलमा खचाखच थिए। 

राष्ट्रिय सभागृहमा ओली र ‘विप्लव’ले सम्बोधन गर्ने तयारी भइरहँदा त्यसको छेवैको परिदृष्य बेग्लै थियो। ‘राष्ट्रवादी केन्द्र नेपाल’ले आयोजना गरेको ‘वैदिक सनातन धर्मसापेक्ष राष्ट्र कामय गरौ’ भन्ने नाराका साथ आयोजना गरेको र्‍यालीको तामझाम त्यहाँ थियो। 

राष्ट्रिय सभागृह वरिपरि राता टिसर्ट लगाएका युवाहरुले ‘विप्लव जिन्दावाद, एमसिसी खारेज गर’ भन्ने नारा लगाउँदै थिए। त्यसकै छेउ, भृकुटी मण्डप वरिपरि भने पहेँलो बस्त्र लगाएका साधु–सन्तलगायतले ‘हिन्दुराष्ट्र कायम गर, राजा आऊ देश बचाऊ’ भन्ने नारा घन्काएका थिए।

देशभरबाट भेला भएका ‘हिन्दुवादी’हरुले शंख र घण्ट बजाइरहेको भृकुटी मण्डप वरिपरिको दृष्य नै बेग्लै थियो। उता ‘विप्लव’ चाहिँ हिंसात्मक राजनीति छोडेर शान्तिपूर्ण राजनीतिमा प्रतिवद्ध भएको घोषणा गर्दै थिए। 

ठाउँ एकै, तर यस्तो फरक परिदृष्य संयोग मात्र हुन सक्ला। तर, कम्युनिस्ट राजनीतिमा भन्ने गरिएको ‘उग्रवामपन्थ अन्ततः दक्षिणपन्थमा विलय हुन्छ’ भन्ने उक्तिको पटाक्षेप राष्ट्रिय सभागृह र भृकुटीमण्डमा भइरहेको टिप्पणीसमेत कतिपयले गरे। 

सरकार र ‘विप्लव’ नेतृत्वको नेकपाबीच भएको तीन बुँदे सहमतिपछि अब ‘विप्लव’को पार्टी सरकारसंगै सहकार्य गरेर अगाडि जाने राजनीतिक विश्लेषक हरि रोक्काको आकलन छ। 

‘विप्लवले सम्बोधन गर्नेक्रममा सरकारी पक्षको नेकपालाई खबरदारी गरेनन्। तिमीहरुको क्रियाकलाप ठिक भएन भनेर भनेनन्। विप्लवले सामान्य नेताले गर्ने जस्तो भाषण गरेर सक्काए’, रोक्काले भने। तीन बुँदे सहमतिमा कुनै राजनीतिक विषय उल्लेख नभएकाले आगामी राजनीतिक घटनाक्रमले धेरै कुरा पुष्टि गर्दै जाने टिप्पणी रोक्काले गरे। 
  
ओली–विप्लवलाई जोड्ने साइनो 

Ncell 2
Ncell 2
nimb
nimb

शुक्रबार राष्ट्रिय सभागृहमा ‘विप्लव’ले सार्वजनिक रुपमा आफ्ना जे जस्ता कुरा जसरी राखे, उनको पार्टीका अरु नेताहरुले जे कुरा बोले, त्यसबाट उनको राजनीतिक यात्रा नयाँ मोडमा पुगेको आकलन गर्न थालिएको छ। २०७४ चैतदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका ‘विप्लव’ नयाँ सहकार्यको खोजीमा पुगेको पनि यसले देखाउँछ। 

रोचक कुरा, आफैले खरो आलोचना गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग उनी सहकार्य गर्ने निष्कर्षमा पुगेका छन्। ‘विप्लव’ले ओलीसँगै सहकार्य गर्ने निधो गर्नुका पछाडि कैयौं घुम्तीहरुले काम गरेको चर्चा राजनीतिक वृत्तमा हुनथालेको छ।  

ओली नेतृत्वकै सरकारले २०७५ फागुन २८ मा ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएपछि भर्खरै बन्दै गरेको उनको पार्टीका गतिविधि अवरुद्ध बनेका थिए। देशैभर भर्खरै संगठन बनाउन हिँडेको नेकपा प्रतिबन्धपछि तहसनहस अवस्थामा पुगेको बताइन्छ। 

देशमा ‘क्रान्ति गर्न’ हिँडेका आफ्ना नेता–कार्यकर्ता पक्राउ परेलगतै कतिपय आत्मसमर्पण गरेर सत्ताधारी नेकपा वा कांग्रेसमा समेत प्रवेश गर्न थालेपछि ‘विप्लव’मा उकुसमुकुस बढेको थियो। यही उकुसुमुकुस अन्ततः तीन बुँदे सहमतिसम्म आइपुगेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर, ‘विप्लव’का लागि शान्तिपूर्ण राजनीतिको बाटो पनि सहज थिएन, छैन। शान्तिपूर्ण मूलधारको राजनीतिमा आएपछि सडक संघर्ष गर्नुपर्ने, त्यसको लागि आर्थिक व्यवस्थापन गर्न कठिन हुने भएपछि सरकारमा रहेका ओलीसँगै सहकार्य गर्ने नयाँ चरणमा ‘विप्लव’ पुगेको हुन सक्ने बताइन्छ। 

कुनै पनि खुला वा भूमिगत दलका लागि जनाधार उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसले युद्धका बेला सेल्टर दिनेदेखि चुनावका बेला मत दिनेसम्म काम गर्छ। तर, ‘विप्लव’ले आफ्नो पक्षमा जनाधार बलियो नभएको महसुस गरेरै राजनीतिक जीवन कठिन हुने देखेपछि ओलीसँग सहकार्यको हात बढाएको उनलाई नजिकबाट चिन्ने कतिपय नेता बताउँछन्। यस्तो अवस्थामा बलियो जनाधार भएको पार्टीसँग सहकार्य गर्दा नयाँ ठाउँमा पुग्न सक्ने निष्कर्षमा पुग्नु स्वाभाविकै भएको ती नेताहरु बताउँछन्।

देशमा देखापरेको राजनीतिक जटिलतालाई ‘समाधान गर्ने’ आश्वासन पाएपछि नै यो अवस्थामा आईपुगेको ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धमेन्द्र बास्तोलाले बताए। सरकारसँग वार्ता गरेपछि सरकारसँगै सहकार्य गरेर जान सक्ने संकेत उनले गरे। ‘हामी छलफलद्धारा देशको राजनीतिक समस्या समाधान गर्ने भनेपछि यो अवस्थामा आईपुग्यौं। अब हामी राजनीतिक रुपमा छलफल गर्छैं। 

अनि एउटा राजनीतिक निष्कर्षमा पुग्छौं’, बास्तोलाले शुक्रबार अपराह्न नेपाल लाइभसँग भने, ‘सबैलाई जानकारी भएकै कुरा हो, अहिलेको राजनीतिले निकास चाहेको छ। हामी त्यही निकासका लागि सचेत छौं।’ 

आफूहरुले सरकारसँग वार्ता गरिसकेपछि सरकारसँगै सहकार्य गर्ने कुरा सामान्य भएको उनले बताए। तर, अन्य पार्टीहरुसँग पनि सहकार्य गर्नुपर्नेमा भने जोड दिए। ‘देशलाई एकताबद्ध गर्न एउटासँग सहकार्य गरेर मात्रै हुँदैन। सम्पूर्ण पार्टीहरुसँग सहकार्य गरेर नयाँ बाटोतिर अगाडि जाने कुरालाई हामीले अगाडि बढाउनुपर्छ भन्ने हाम्रो कुरा हो’, उनले भने। 

कस्तो खालको सहकार्य त? बास्तोलाले त्यसलाई आफूहरुले छलफलबाट टुंगो लगाउने बताए। ‘देशमा विद्यमान सामाजिक, आर्थिक समस्याहरुलाई समाधान गर्न शान्तिपूर्ण रुपमा अगाडि बढ्ने कुरामा हामी प्रष्ट छौं। हाम्रा अजेन्डा प्रष्ट छन्। त्यसमा हामी अगाडि बढ्छौं’, उनले भने। 

शुक्रबार राष्ट्रिय सभागृहमा बोल्दै ‘विप्लव’ले सबैसँग हातेमालो गरेर अगाडि बढ्न आफूहरु तयार रहेको बताएका थिए।  ‘घुम्दै घुम्दै रुम्जाटार पुग्ने’ अनि घोडा चढ्ने अवस्था अब आउन नहुने पनि उनको तर्क थियो। ‘हामी सबैसँग हातेमालो गर्न तयार छौं, तर विदेशीले हस्तक्षेप गरे हामी झुक्दैनौं,’ उनले भने। 

आफ्नो पार्टीबाट सरकारसँग भएको सहमति पालना हुने प्रतिबद्धतासमेत उनले व्यक्त गरे। ‘तीन बुँदेमा नेपाल कम्युनिष्ट पार्टी प्रतिबद्ध छ। हामी यसलाई पालना गर्छौं। यसमा कसैले पनि आशंका र उत्तेजनात्मक, अर्को अर्थमा कुतर्क गर्न जरुरी छैन,’ उनले भने।

मृत्यु भएका कार्यकर्तालाई सम्झेनन् 

कार्यक्रममा सम्बोधन गर्नेक्रममा ‘विप्लव’ले कुनै कम्युनिस्ट पार्टीको आलोचना गरेनन्। तत्कालीन माओवादी नेता प्रचण्ड, बाबुराम भट्टराई, मोहन बैद्यदेखि प्रधानमन्त्री ओलीसम्म कसैको आलोचना नगरेर आफ्नो भाषण सिध्याए। उनीहरुप्रति ‘विप्लव’ले कुनै गुनासो वा प्रशंसा केही गरेनन्। 

सरकारले प्रतिबन्ध लगाएयता उनको नेतृत्वमा रहेको पार्टीका ११ जना कार्यकर्ता मारिएका छन्। तर, उनले त्यसरी मारिने कार्यकर्ता र  परिवारलाई समेत सम्बोधनका क्रममा सम्झेनन्। 

सम्बोधनमा आजकै दिन झापा बिद्राेहमा मारिएका ५ जना सहिदलाई सम्झिए। तर प्रतिबन्ध पछि मारिएका नेता–कार्यकर्तालाईकाे नाम भने उचारणसमेत नगरेपछि चाैतर्फी रुपमा उनी घेरिए।

‘कम्तीमा पछिल्लो सघर्षमा मृत्यु भएका कार्यकर्तालाई सम्झेको भए राहत हुन्थ्यो’, सभागृहमै उपस्थित उनको पार्टीका कार्यकर्ताहरुले गुनासो गरे।  

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  २१:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्