• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

यसरी बन्यो सरकार र ‘विप्लव’ नेकपाबीच वार्ताको वातावरण

64x64
वीरेन्द्र ओली मंगलबार, फागुन १८, २०७७  २१:५५
1140x725

काठमाडौं– प्रतिबन्ध लगाएको करिब दुई वर्षपछि सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वार्ता गर्ने औपचारिक घोषणा गरेको छ। दुई वर्षका अनेक घुम्ती पार गरेपछि सरकार र ‘विप्लव’ पक्ष वार्ताको टेबलमा बस्न तयार भएका हुन्। 

सरकारले ‘विप्लव’ नेतृत्वको नेकपा चन्दा आतंकसँगै बम बिस्फोट  लगायतका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै २०७५ फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसअघि ‘विप्लव’ नेतृत्वको नेकपादेखि तराईमा पृथकतावादी गतिविधि गरिरहेका सिके राउतसम्मलाई वार्तामा ल्याउन भन्दै २०७५ भदौ ८ गते सरकारले सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। त्यसक्रममा उनीहरुले वार्ताको चासो नदेखाएपछि पाण्डेले तराईदेखि पहाडसम्मका विभिन्न ४२ समूहलाई मात्र शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए। 

पाण्डेले प्रयास गरेपनि ‘विप्लव’देखि सिके राउतसम्मलाई वार्तामा ल्याउन नसकेपछि मंसिर ९ गते वार्ता टोलीको म्याद सकिएको थियो। त्यसको तीन महिनापछि फागुन २४ गते सिके राउतले पृथकतावादी गतिविधि छाडेर मूलधारको शान्तिपूर्ण राजनीति गर्ने घोषणा गरेका थिए।  

यहीबेला ‘विप्लव’ वार्तामा बस्ने निष्कर्शमा किन पुगे त? सरकारले नेता र कार्यकर्तामाथि निरन्तर पक्राउ र धरपकड गरेर गतिविधि खुम्च्याएपछि यो समूह वार्तामा आउन बाध्य भएको बताइन्छ। त्यसमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विकसित पछिल्ला घटनाक्रमले बल पुर्याएको देखिन्छ। 

सरकारले मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ संयोजक र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको दुई सदस्यीय वार्ताटोली बनाएको छ। लगत्तै ‘विप्लव’ पक्षबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को संयोजकत्वमा उदयबहादुर चलाउने ‘दिपक’ सदस्य रहेको दुई सदस्यीय वार्ता टोली घोषणा गरिएको छ। 

यसरी बन्यो वार्ता गर्ने वातावरण

सरकारी वार्ता टोलीका संयोजक, गृहमन्त्री बादल तथा विप्लबबीच अचम्मको साइनो छ। १० वर्षे युद्दका बेला उनीहरु सारथी मात्र थिएनन्, शान्तिपूर्ण राजनीतिमा आएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको माओवादीबाट छुट्टिँदा समेत एउटै पार्टीमा थिए। तत्कालिन माओवादीको १० वर्षे युद्दका कमाण्डर ‘बादल’ र विप्लव, मोहन वैद्यको नेतृत्वमा २०६९ मा प्रचण्डसँग विद्रोह गरेर अलग्गिएका थिए। 

त्यसरी बनेको नयाँ पार्टीमा पनि मतभिन्नता भएपछि विप्लवले २०७१ सालमा आफ्नो नेतृत्वमा नेकपा गठन गरेका थिए। बैद्यलाई छाडेर बादल २०७३ सालमा प्रचण्डतिरै फर्किए। तत्कालिन एमाले–माओवादी एकतापछि केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रचण्ड समूहबाट बादल नै गृहमन्त्री बने।

Ncell 2
Ncell 2
nimb
nimb

उनी गृहमन्त्री भएपछि विप्लव नेतृत्वको नेकपाले चन्दा आंतक, भ्रष्टाचारीका नाममा कुटपिट र आक्रमण तथा वम बिस्फोटलाई तिब्रता दियो। यस्तो हुँदा बादल, विप्लव नेतृत्वको नेकपाप्रति अनुदार भएको विश्लेषण माओवादी बृत्तमा हुनेगरेको थियो। 

विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लागेलगत्तै ठूलो संख्यामा नेता र कार्यकर्ता पक्राउ पर्न थाले। प्रतिबन्धको झण्डै २ वर्षको अवधिमा यो समूहका २ हजार भन्दा धेरै नेता र कार्यकर्ता पक्राउ परे। यहीबीचमा विभिन्न घटनामा ११ जना कार्यकर्ताको मृत्यु भयो भने यो समूहले ४ प्रहरी र एकजना सर्वसाधारणको हत्या गर्‍याे। 

तर, त्यो बाटोबाट पार नलाग्ने देखिएपछि विप्लव नेतृत्वको नेकपाले एक वर्ष अघिदेखि नै वार्तामा चासो देखाउन थालेको थियो। सरकारले शुरुमा त्यसलाई सुनेको नसुन्यै गरेर धरपकडलाई निरन्तरता दिए पनि सत्तारुढ नेकपाभित्रको संकट गहिरिएपछि प्रधानमन्त्री ओलीकै रुचिअनुसार गृहमन्त्रीको नेतृत्वमा विप्लव पक्षसँग वार्ताको प्रयास अघि बढेको थियो। 

यही प्रयासअन्तर्गत् तत्कालीन माओवादी लडाकूका डिभिजन कमाण्डर रहिसकेका नेपबहादुर कुँवर ‘विवेक’को भूमिका महत्वपूर्ण थियो। अहिले नेकपाको प्रचण्ड–माधव समूहमा रहेका पूर्वमाओवादी समुहका नेता, तत्कालीन वाइसीएलका संयोजक रहिसकेका कुँवरले बादल र विप्लव पक्षबीचको सम्पर्क सूत्रका रुपमा काम गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विप्लव पक्षका नेता भेट्न उनी पूर्वी ओखलढुंगादेखि पश्चिमको कालिकोटसम्म पुगेका थिए। नेकपामा ओलीपक्ष र प्रचण्ड–माधव पक्ष अलग–अलग भएपछि प्रचण्ड–माधव पक्षमा लागेका उनले बादल र विप्लवको सम्पर्क सूत्र बन्ने काम भने जारी राखे।

गृह मन्त्रालय स्रोतले पनि वार्ताका लागि कुँवरले महत्वपूर्ण भूमिका खेलेको बताएको छ। तर, नेपाल लाइभसँगको कुराकानीमा कुँवर खुल्न चाहेनन्। ‘मैले सरकार र विप्लववीच वार्ता गराउन भूमिका खेलेको छैन। तपाईलाई गलत सूचना भएछ, त्यस्तो होइन।’

यो प्रयासमा खानेपानी मन्त्री मणि थापा पनि सहभागी थिए। वार्ताकै वातावरण बनाउन थापा नख्खु कारागारमा रहेका विप्लव पक्षका नेता हेमन्तप्रकाश ओलीलाई भेट्न माघ २० गते कारागारमै पुगेका थिए। वार्ताको वातावरण बनाउन थापाले यस्ता थुप्रै औपचारिक तथा अनौपचारिक भेटघाट गरेको बताइन्छ।

प्रधानमन्त्री ओलीपक्षीय नेकपाका एक नेता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायतले पनि विप्लव पक्षसँग विभिन्न चरणमा अनौपचारिक संवाद गरेको बताउँछन्।  ‘विप्लव पक्षका नेताहरुसँग वार्ता गर्न पूर्वमाओवादी नेताहरुलाई सजिलो हुने भएकाले त्यसमा ध्यान दिइएको थियो’, ती नेताले भने, ‘त्यसैगरी प्रधानमन्त्रीज्यूको तर्फबाट राजन र प्रदीप कमरेडले पनि भूमिका खेल्नुभयो।’

यही साता वार्ता टुंगिन सक्ने, विप्लव सार्वजनिक नहुने

सरकार र विप्लव पक्ष दुवैले वार्ता टोली सार्वजनिक गरिसकेकाले एक साताभित्रै वार्ता प्रक्रिया टुंगिन सक्ने विप्लव पक्षका एक नेता बताउँछन्। ‘दुवैपक्षबाट धेरै पटक पत्र आदनप्रदान भइसकेका छन्, अब त औपचारिक वार्ता टोली नै बनिसक्यो’, ती नेताले भने, ‘यसै साताभित्र वार्ता टुंगिन सक्छ, त्योभन्दा धेरै टाढा नजान सक्छ।’ 

विप्लव पक्षले आफूमाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने, नेता–कार्यकर्तालाई लागेको मुद्धा फिर्ता लिनुपर्ने, जनजीविकाका मुद्दा सम्बोधन गर्नुपर्ने माग गरेको छ। अझ रोचक कुरा, यो पक्षले सत्ता साझेदारीसम्मकै कुरा अनौपचारिक वार्ताका क्रममा उठाएको छ। 

वार्ता अघि बढे पनि यो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने तत्काल सार्वजनिक नहुने उनीनिकट नेताहरुले बताएका छन्। वार्ता टोलीसहित अन्य नेता–कार्यकर्ता सबै सार्वजनिक भए पनि विप्लव भने ‘भूमिगत’ रहिरहने उनीहरुको भनाई छ। विप्लव कुनै कार्यक्रम वा आमसभाबाट सार्वजनिक हुन सक्ने उनीहरुले बताए।

विप्लव नेकपाको हिंसा शृंखला 

२०७४ मंसीर १२ः दाङ, तुलसीपुरमा कांग्रेसको चुनावी कार्यक्रममा बम विस्फोट गराउँदा म्यादी प्रहरी विनाद चौधरीको मृत्यु।   
२०७५ फागुन १०ः ललितपुरको नख्खुसहित देशैभर १७ स्थानमा एनसेल टावरमा आक्रमण। नख्खुमा आक्रमण गर्दा सिंहप्रसाद गुरुङको मृत्यु, दुई जना घाइते। 
२०७५ फागुन २८ः सरकारबाट विप्लव पक्षका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय। 
२०७६ जेठ ७ः भोजपुरमा प्रहरीको गोलीबाट विप्लव पक्षका कार्यकर्ता तिर्थराज घिमिरेको मृत्यु। 
२०७५ जेठ १२ः काठमाडौका विभिन्न ठाउँमा आफैले बोकेको बम विस्फोट हुँदा ६ जना कार्यकर्ताको मृत्यु। 
२०७६ असार ५ः विप्लव पक्षका सर्लाही इन्चार्ज कुमार पौडेललाई नियन्त्रणमा लिएर प्रहरीले गोली चलाउँदा मृत्यु। राष्ट्रिय मानवअधिकार लगायत विभिन्न संघसंस्थाको विरोध।
 २०७६ असार २५ः भोजपुरमा विप्लव नेतृत्वको नेकपा कार्यकर्तासँग भिडन्त हुँदा प्रहरी जवान सन्जिव राईको मृत्यु। प्रहरीसँगको भिडन्तमा ओखलढुंगाका इन्चार्ज निरकुमार राइको मृत्यु। 
२०७६ साउन ३ः आफैले बोकेको बम विस्फोट हुँदा कैलालीका चन्द्र सिंहको मृत्यु। 
२०७७ मंसीर २३ः मोरङको मिक्लाजुङ गाउँपालिका–१, बर्खे बस्ने राजेन्द्रकुमार श्रेष्ठको विप्लव पक्षका कार्यकर्ताद्वारा हत्या। 
 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २१:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्