• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमाले-माओवादीको एकताबारे के भन्छन् विभिन्न दलका नेता?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०७५  १५:२६
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बिहीबार 'नेपाल कम्युनिस्ट पार्टी' (अन्डरलाइनसहितको) गठन भएको छ। 

राष्ट्रिय सभागृहमा आयोजित एकीकरण घोषणा कार्यक्रममा ६ बुँदे घोषणापत्र जारी गर्दै नयाँ पार्टी घोषणा गरिएको हो। एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले दुई पार्टीबीच एकीकरण हुँदा यसबारे विभिन्न दलका नेताहरुले टीका-टिप्पणी गरेका छन् र यो क्रम जारी छ। 

कतिपय नेताले सामाजिक सञ्जालमा गरेका टिप्पणी र केहीसँग कुराकानी गरेर हामीले विभिन्न दलका नेताको धारणा समेटेका छौं:

बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति नेपाल

विलयपश्चात् गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामूहिक सपथ लिँदा एउटा थप सपथ आजै लिए कसो होला? त्यो हो- 'हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्नेछैनौं र कहिल्यै सरकारी साधन-स्रोतको दुरूपयोग गर्नेछैनौं!'

नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन! आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै सांकेतिक अर्थ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो? प्रस्ट पारियोस्!

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

Ncell 2
Ncell 2
nimb
nimb

कम्युनिस्टहरुको एकता हुँदै गर्दा कांग्रेसले लोकतान्त्रिक पार्टीहरुको ध्रुवीकरणमा लाग्नुपर्छ भन्नेहरु पनि छन्। तर, उहाँहरुको एकताले कांग्रेसलाई अब धेरै फरक पार्दैन। उहाँहरुले एकता गरिहाल्नु भयो भनेर हामीले पनि आत्तिएर अरु दल भेला गर्ने कुरा हुँदैन। जे फरक पर्नुथियो, त्यो अस्तिको निर्वाचनमा परिसक्यो। त्यसको परिणामस्वरुप हामी रुपान्तरणको क्रममा छौं। उहाँहरु पनि नागरिक तहमा राख्नुभएका सपनाहरुको व्यावहारिक परीक्षणको चरणमा हुनुहुन्छ। हामी रुपान्तरित भएर प्रतिस्पर्धामा नवीन ढंगले आउने चरणमा छौं।

आज मदन भण्डारीकै निधनको दिन मदन भण्डारीले प्रस्तुत गरेको जबजलाई खोपाको भीमसेन बनाएर मार्क्सवादतर्फ अगाडि फर्किनु भनेको उहाँको सिर्जनशीलतामा ब्रेक लाग्ने अवस्था बन्छ। त्यो चाहिँ मदन भण्डारीको दोस्रो मृत्युको दिन हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले जबजलाई परिमार्जित गर्ने, परिस्कृत गर्ने, आजको सन्दर्भ बमोजिमको बनाउने कुरामा यो एकताले उहाँहरुलाई योगदान गरोस्, गर्नुपर्छ। उहाँहरुको घरेलु मामिला हो, बाहिरका हामीले धेरै बोल्नु हुन्न, तर त्यो गर्न सक्दा चाहिँ नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई बल पुग्ने हुन्छ।

राजकिशोर यादव, राजपा अध्यक्ष मण्डलका सदस्य

एकतालाई हामीले राम्रै भन्नुपर्छ र स्वागत पनि गर्नुपर्छ। यो मिलन देशको हितमा होस्, लोकतन्त्रको हितमा होस्, स्थायित्वका लागि होस्। यसमा हाम्रो शुभकामना छ। यी दुई दलले हिजोसम्म एक-अर्कालाई देखाएर संविधान संशोधन गरेका थिएनन्, अब त्यो अवसर पाउने छैनन्। लोकतन्त्र, स्थायित्व र समृद्धिका लागि संविधान संशोधन आवश्यक छ, एकीकृत दलले यो कुरो बुझोस्।

Xtrem

Xtrem

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

नेकपा एमाले र माओवादी दुवैले संसदीय प्रणालीमा सामेल भएकाहरु बेग्लाबेग्लै बस्नुभन्दा त पार्टी एकता गर्नु राम्रो कुरा हो। अर्कोतिर दुई पार्टीले चुनावी तालमेल गरेर जाँदा राम्रो परिणाम आयो। त्यसपछि पार्टी एकता गर्नुस् भनेर हामीले निरन्तर सुझाव दिँदै आएका थियौं। अहिले त उनीहरु मिले, हामी त्यसलाई समर्थन गर्छौं। भोलि नै हामी वक्तव्य निकालेर स्वागत गर्छौं।

उहाँहरुले हामीलाई पनि पार्टी एकतामा मिसिऔं भनिरहनुभएको थियो तर हामीले धेरै कुराहरु जस्तै सैद्धान्तिक, राजनीतिक, सांगठनिक भिन्नता भएकाले उहाँहरुसँग नमिल्ने बतायौं। उहाँहरु संसदीय व्यवस्थाबाट 8वाद ल्याउने भन्नुहुन्छ। त्यसो भन्दा हाम्रो र उहाँहरुको कुरामा 'आनको तान' फरक पर्छ। कार्यगत एकता भयो र हुनसक्छ। तर पार्टी एकता भने सम्भव छैन।

केशव झा, महासचिव, राजपा नेपाल

अहिले जसरी दुई वटा कम्युनिस्ट पार्टी एक भएको छ, त्यसलाई राजपाले सकारात्मक रुपमा लिएको छ। हाम्रो तर्फबाट उहाँहरुलाई शुभकामना पनि छ। यो नेपालको राजनीतिक इतिहासमा निकै ठूलो घटना हो। यसले नेपालमा स्थिरता आओस्, एकता लामो समयसम्म टिकोस् भन्ने हाम्रो चाहना छ। पार्टी जति कम भयो, मुलुक उति स्थिर हुँदै जान्छ भन्ने हाम्रो पनि बुझाइ रहेको छ।

अब सहजै संविधान संशोधन पनि हुनेछ भन्ने हाम्रो अपेक्षा छ। पहिले एमाले संविधान संशोधनको लागि तयार थिएन, अहिले तयार भएको छ। माओवादीले त संशोधनको प्रस्ताव नै दर्ता गराएको थियो। यी दुवै पार्टी एक भएपछि हाम्रो मुद्दालाई गम्भीरताका साथ उठाउनुहुन्छ र संशोधनले छिटै गति लिन्छ भन्ने हामीले विश्वास लिएका छौं।

कमल थापा, अध्यक्ष, राप्रपा

नेकपा एमाले र नेकपा माओवादीका बीचमा एकता भएकोमा खुसी लागेको छ। केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना!

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध
स्पेनको जितमा यमलको २ गोल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इरानी मुद्रा डलरको तुलनामा इतिहासकै न्यून बिन्दुमा, २५ लाख रियाल नाघ्यो बुधबार, असोज १४, २०८३
वर्षासँगै बाढी र पहिरोले नुवाकोटदेखि हुम्लासम्मका सडक अवरुद्ध बुधबार, असोज १४, २०८३
स्पेनको जितमा यमलको २ गोल बुधबार, असोज १४, २०८३
चार वटा संसदीय समितिको बैठक बस्दै बुधबार, असोज १४, २०८३
राष्ट्रपति पौडेलले गरे जीवीत देवी कुमारीको दर्शन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्