• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर ७, २०८२ Sun, Nov 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एमाले-माओवादीको एकताबारे के भन्छन् विभिन्न दलका नेता?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३, २०७५  १५:२६
1140x725

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बिहीबार 'नेपाल कम्युनिस्ट पार्टी' (अन्डरलाइनसहितको) गठन भएको छ। 

राष्ट्रिय सभागृहमा आयोजित एकीकरण घोषणा कार्यक्रममा ६ बुँदे घोषणापत्र जारी गर्दै नयाँ पार्टी घोषणा गरिएको हो। एउटै शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने उद्देश्यले दुई पार्टीबीच एकीकरण हुँदा यसबारे विभिन्न दलका नेताहरुले टीका-टिप्पणी गरेका छन् र यो क्रम जारी छ। 

कतिपय नेताले सामाजिक सञ्जालमा गरेका टिप्पणी र केहीसँग कुराकानी गरेर हामीले विभिन्न दलका नेताको धारणा समेटेका छौं:

बाबुराम भट्टराई, संयोजक, नयाँ शक्ति नेपाल

विलयपश्चात् गठित पार्टीका नेतृत्वदायी कमरेडहरूले सामूहिक सपथ लिँदा एउटा थप सपथ आजै लिए कसो होला? त्यो हो- 'हामी पार्टीका कुनै पनि कार्यक्रम प्रम निवास बालुवाटारमा गर्नेछैनौं र कहिल्यै सरकारी साधन-स्रोतको दुरूपयोग गर्नेछैनौं!'

नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको २५औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन! आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै सांकेतिक अर्थ? प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो? प्रस्ट पारियोस्!

विश्वप्रकाश शर्मा, प्रवक्ता, नेपाली कांग्रेस

Ncell 2
Ncell 2

कम्युनिस्टहरुको एकता हुँदै गर्दा कांग्रेसले लोकतान्त्रिक पार्टीहरुको ध्रुवीकरणमा लाग्नुपर्छ भन्नेहरु पनि छन्। तर, उहाँहरुको एकताले कांग्रेसलाई अब धेरै फरक पार्दैन। उहाँहरुले एकता गरिहाल्नु भयो भनेर हामीले पनि आत्तिएर अरु दल भेला गर्ने कुरा हुँदैन। जे फरक पर्नुथियो, त्यो अस्तिको निर्वाचनमा परिसक्यो। त्यसको परिणामस्वरुप हामी रुपान्तरणको क्रममा छौं। उहाँहरु पनि नागरिक तहमा राख्नुभएका सपनाहरुको व्यावहारिक परीक्षणको चरणमा हुनुहुन्छ। हामी रुपान्तरित भएर प्रतिस्पर्धामा नवीन ढंगले आउने चरणमा छौं।

आज मदन भण्डारीकै निधनको दिन मदन भण्डारीले प्रस्तुत गरेको जबजलाई खोपाको भीमसेन बनाएर मार्क्सवादतर्फ अगाडि फर्किनु भनेको उहाँको सिर्जनशीलतामा ब्रेक लाग्ने अवस्था बन्छ। त्यो चाहिँ मदन भण्डारीको दोस्रो मृत्युको दिन हुन्छ भन्ने मलाई लाग्छ। त्यसैले जबजलाई परिमार्जित गर्ने, परिस्कृत गर्ने, आजको सन्दर्भ बमोजिमको बनाउने कुरामा यो एकताले उहाँहरुलाई योगदान गरोस्, गर्नुपर्छ। उहाँहरुको घरेलु मामिला हो, बाहिरका हामीले धेरै बोल्नु हुन्न, तर त्यो गर्न सक्दा चाहिँ नेपालको कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणलाई बल पुग्ने हुन्छ।

राजकिशोर यादव, राजपा अध्यक्ष मण्डलका सदस्य

एकतालाई हामीले राम्रै भन्नुपर्छ र स्वागत पनि गर्नुपर्छ। यो मिलन देशको हितमा होस्, लोकतन्त्रको हितमा होस्, स्थायित्वका लागि होस्। यसमा हाम्रो शुभकामना छ। यी दुई दलले हिजोसम्म एक-अर्कालाई देखाएर संविधान संशोधन गरेका थिएनन्, अब त्यो अवसर पाउने छैनन्। लोकतन्त्र, स्थायित्व र समृद्धिका लागि संविधान संशोधन आवश्यक छ, एकीकृत दलले यो कुरो बुझोस्।

चित्रबहादुर केसी, अध्यक्ष, राष्ट्रिय जनमोर्चा

नेकपा एमाले र माओवादी दुवैले संसदीय प्रणालीमा सामेल भएकाहरु बेग्लाबेग्लै बस्नुभन्दा त पार्टी एकता गर्नु राम्रो कुरा हो। अर्कोतिर दुई पार्टीले चुनावी तालमेल गरेर जाँदा राम्रो परिणाम आयो। त्यसपछि पार्टी एकता गर्नुस् भनेर हामीले निरन्तर सुझाव दिँदै आएका थियौं। अहिले त उनीहरु मिले, हामी त्यसलाई समर्थन गर्छौं। भोलि नै हामी वक्तव्य निकालेर स्वागत गर्छौं।

उहाँहरुले हामीलाई पनि पार्टी एकतामा मिसिऔं भनिरहनुभएको थियो तर हामीले धेरै कुराहरु जस्तै सैद्धान्तिक, राजनीतिक, सांगठनिक भिन्नता भएकाले उहाँहरुसँग नमिल्ने बतायौं। उहाँहरु संसदीय व्यवस्थाबाट 8वाद ल्याउने भन्नुहुन्छ। त्यसो भन्दा हाम्रो र उहाँहरुको कुरामा 'आनको तान' फरक पर्छ। कार्यगत एकता भयो र हुनसक्छ। तर पार्टी एकता भने सम्भव छैन।

केशव झा, महासचिव, राजपा नेपाल

अहिले जसरी दुई वटा कम्युनिस्ट पार्टी एक भएको छ, त्यसलाई राजपाले सकारात्मक रुपमा लिएको छ। हाम्रो तर्फबाट उहाँहरुलाई शुभकामना पनि छ। यो नेपालको राजनीतिक इतिहासमा निकै ठूलो घटना हो। यसले नेपालमा स्थिरता आओस्, एकता लामो समयसम्म टिकोस् भन्ने हाम्रो चाहना छ। पार्टी जति कम भयो, मुलुक उति स्थिर हुँदै जान्छ भन्ने हाम्रो पनि बुझाइ रहेको छ।

अब सहजै संविधान संशोधन पनि हुनेछ भन्ने हाम्रो अपेक्षा छ। पहिले एमाले संविधान संशोधनको लागि तयार थिएन, अहिले तयार भएको छ। माओवादीले त संशोधनको प्रस्ताव नै दर्ता गराएको थियो। यी दुवै पार्टी एक भएपछि हाम्रो मुद्दालाई गम्भीरताका साथ उठाउनुहुन्छ र संशोधनले छिटै गति लिन्छ भन्ने हामीले विश्वास लिएका छौं।

कमल थापा, अध्यक्ष, राप्रपा

नेकपा एमाले र नेकपा माओवादीका बीचमा एकता भएकोमा खुसी लागेको छ। केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई तथा शुभकामना!

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०७५  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार?
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सुनको मूल्य २९ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार? आइतबार, मंसिर ७, २०८२
महेश बस्नेत सवार गाडीमा जेनजी युवाले छ्यापे रातो मसी, दुई जना पक्राउ आइतबार, मंसिर ७, २०८२
राप्रपा नेपालले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार, मंसिर ७, २०८२
ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको उपाधिका लागि नेपालले भारतसँग खेल्दै आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईंको अभियानले घोषणा गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता आइतबार, मंसिर ७, २०८२
आज तीन नेताको पार्टी एकता हुँदै, घोषणा सभाको अध्यक्षता सन्तोष परियारले गर्ने आइतबार, मंसिर ७, २०८२
चुनावमा भाग लिने कांग्रेसको निर्णय शनिबार, मंसिर ६, २०८२
पेरिसडाँडामा जेनजीसँग नेपाली कम्युनिस्ट पार्टी शनिबार, मंसिर ६, २०८२
विराटनगर किङ्सको लगतार दोस्रो जित, काठमान्डु पाँच विकेटले पराजित शनिबार, मंसिर ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य बुधबार, मंसिर ३, २०८२
अमेरिकाबाट डिपोर्ट भएका थप ३५ नेपाली काठमाडौं फर्किए बिहीबार, मंसिर ४, २०८२
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सोमबार, मंसिर १, २०८२
मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित) बुधबार, मंसिर ३, २०८२
कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन बुधबार, मंसिर ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्