काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आजबाट अस्थिरता र अराजकताको पुरानो युग सकिएको बताएका छन्। पार्टी एकीकरणसँगै अब देशमा विकास र सुशासनको युग सुरु भएको उनले बताए।
राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा उनले एमाले र माओवादीबीचको एकता विश्वकै लागि राजनीतिक स्थिरताको नयाँ उदाहरण भएको बताए। ‘देशले योभन्दा धेरै राजनीतिक अस्थिरता सहन सक्दैन, राष्ट्र र जनताको पक्षमा हामीले नयाँ इतिहास बनाएका छौं,’ उनले भने।
पार्टी एकीकरणको घोषणा आफ्नै प्रस्तावमा भएको समेत उनको भनाइ छ।
बुधबार केपी ओलीसँगको बैठकमा आफूले बिहीबार नै पार्टी एकताको लागि प्रस्ताव गरेको र त्यसमा आफूलाई गर्व लागेको उनले बताए। मदन भण्डारीको अवसान भएको दिन पार्टी एकता गर्न पाउँदा खुसी लागेको भन्दै प्रचण्डले पटकपटक भण्डारीलाई सम्झिए। 'मदन भण्डारीको उद्देश्य र जनताको बलिदानीले यो एकता सम्भव भएको हो,' उनले भने।
जनताको भावनाअनुसार नै सबै वामपन्थी शक्तिहरु एक ठाउँमा जुटून् भन्ने चाहना हुँदाहुँदै पनि कम्युनिस्टबीच टुटफुट हुँदै आएको चर्चा गर्दै उनले भने, 'पार्टीभित्रकै मान्छेले पनि एकताबारे विभिन्न आशंका व्यक्त गर्ने गरे। केही उतारचढाव आए पनि। तर 8, राजनीति, चिन्तनको विकासमा केही संघर्ष घुम्ती मोड हुनु अस्वाभाविक होइन।'
जनताको अगाडि गरेको संकल्प र प्रतिबद्धता पूरा गरेको उनको भनाइ थियो। 'मुख्य संकल्प अब जनतालाई सुखी बनाउनु र राष्ट्रलाई स्वाधीन बनाउनु नै हो,' उनले भने, 'पार्टी एकताको उदेश्य सामाजिक न्याय र 8वाद स्थापना नै हो।'
सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने मुख्य लक्ष्य लिएर अघि बढ्ने उनले बताए। 'जनताको अगाडि गरेका प्रतिबद्धताबाट हामी कदापि पछि हट्नेछैनौं। स्थिरता, विकास र सुशासनको नयाँ युग सुरु भयो,' उनले भने।
विचार, दर्शन र सिद्धान्तबारे बहस गर्दै परिमार्जित गर्दै अगाडि बढ्ने कम्युनिस्टले पार्टी २१औं शताब्दीको चुनौती र सम्भावनालाई चिन्न सक्ने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।