• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पानीको मूल्य बढाउन फेरि चलखेल : संसदीय समितिबाटै बोतलमा २० र जारमा ६० रुपैयाँसम्म तोक्न सुझाव

64x64
नेपाल लाइभ सोमबार, चैत २, २०७७  १२:५९
1140x725

काठमाडौं–पिउने पानीको मूल्य बढाउन फेरि चलखेल सुरु भएको छ। संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले अहिलेको बजार मूल्यभन्दा बढी मूल्य तोक्न सक्ने गरी अध्ययन प्रतिवेदन तयार पारेपछि व्यवसायीले मूल्य बढाउने तयारी सुरु गरेका छन्।

यो पनि पढ्नुहोस्

संसदीय समितिको हस्तक्षेपपछि पिउने पानीमा तोकिएको एमआरपी कार्यान्वयन रोकियोशनिबार, भदौ १३, २०७७

गत भदौ १० गतेबाट लागुहुने गरी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकेको थियो। साबिकको बजार मूल्यभन्दा बढी रहने गरी एमआरपी तोकिएपछि त्यसको व्यापक विरोध भयो र संसदीय समितिले पनि अध्ययन उपसमिति गठन गर्यो। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्य प्रकाश रसाइली संयोजक रहेको अध्ययन उपसमितिमा अमृतादेवी अग्रहरी, दिल कुमारी र मायादेवी न्यौपाने सदस्य थिए।

यो उपसमितिले पानी उद्योगी र व्यापारीलाई फाइदा हुने तर उपभोक्तालाई पानी किन्दा महँगो पर्ने गरी एमआरपी तोक्न सकिने प्रतिवेदन तयार पारेको छ। अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमा बोतलको पानी काठमाडौं उपत्यकाभित्र प्रतिबोलत १६ रुपैयाँ र उपत्यका बाहिर २० रुपैयाँ तोक्न सकिने सुझाव दिइएको छ। त्यस्तै जारको पानी काठमाडौं उपत्यकाभित्र प्रतिजार ४७ रुपैयाँ र उपत्यकाबाहिर प्रतिजार ६० रुपैयाँसम्म तोक्न मनासिब रहेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। समितिका सभापति विमल प्रसाद श्रीवास्तवका अनुसार यो प्रतिवेदन स्वीकृत भइसकेको छ।

वाणिज्य विभागले काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेपलाञ्चोकमा लागु हुनेगरी प्रशोधित पानीको जारमा प्रतिजार ५० रुपैयाँ र बोतलमा प्रतिबोतल १६ रुपैयाँ (१६ बोतल रहेको कार्टुनको १५० रुपैयाँ) तोकेको थियो। तर संसदीय समितिले एक कदम अघि बढेर उपभोक्तालाई मारमा पार्ने गरी मूल्य तोक्न सुझाव दिएको देखिन्छ। विभाग र समितिले गरेका निर्णयअनुसार पानीको मूल्य तोकिँदा पानी व्यवसायीलाई फाइदा पुग्ने र उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आउँछ। जबकि अहिले बजारमा ३० देखि ५० रुपैयाँमा पानीको जार किन्न पाइन्छ।

पानीको मूल्य बढाउन व्यापारीलाई पठाएको पत्र वाणिज्य विभागद्वारा बरामद

बोतलको हकमा भने अहिले अधिकांश कम्पनीले २० रुपैयाँ मूल्यसुची राखी बिक्री वितरण गर्ने गरेका छन। बोतलको पानीमा अधिकतम बिक्री मुल्य १६ रुपैयाँ तोकिनु उपभोक्ताका लागि फाइदाजनक भए पनि घरायसी र व्यावसायिक प्रतिष्ठानमा समेत पिउने पानीका रुपमा जार नै प्रयोग हुने गरेको छ।

Ncell 2
Ncell 2

पाँच वर्षदेखिको खेल

२०७२ सालमा तत्कालीन आपूर्ति मन्त्रालयका सचिव प्रेम कुमार राईको संयोजकत्वमा गठिन समितिले जारको पानीको मूल्य ६० रुपैयाँ र बोतलको पानीको मूल्य १८ रुपैयाँ तोक्न सिफारिस गरेको थियो। पानीको बजार मूल्यसँग नमिल्दो र असान्दर्भिक तरिकाले तयार पारिएको उक्त प्रतिवेदनलाई नै आधार मानेर वाणिज्य विभागले गत साउन २६ गते अर्को प्रतिवेदन सार्वजनिक गर्यो र भदौ १० गतेबाट लागु हुने गरी पानीको मूल्य बढायो।

विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा गठित अध्ययन कार्यदलले उपत्यकाका विभिन्न ५ स्थानका २१ वटा पानी उद्योगको स्थलगत निरीक्षण गरी अध्ययन प्रतिवेदन तयार पारेको थियो। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदी, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन, नेपाल बोटलर्स वाटर एसोसियसनका महासचिव ध्रुब बहादुर गौतम र विभागका निरीक्षण अधिकृत ध्रुव खनाल सदस्य रहेको कार्यदलले दिएको सुझावअनुसार विभागले पिउने पानीको एमआरपी तोकेको विभागको भनाइ छ।

यो पनि पढ्नुहोस्

पानीको मूल्य बढाउन चलखेल भएको पुष्टि गर्ने ३ अनुत्तरित प्रश्नबुधबार, साउन २८, २०७७

अध्ययन कार्यदलले पिउने पानीको उत्पादन लागत, प्रतिस्पर्धी बजारको मूल्य विश्लेषण र यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन सचिव प्रेम कुमार राईको संयोजत्वमा गठित समितिले तोकेको पानीको एमआरपीलाई समेत लिई नयाँ मूल्य तोकिएको जनाइएको छ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना विभागले पानीको गुणस्तर हेर्नुपर्ने बेला मूल्य बढाएर उपभोक्तालाई मारमा पारी व्यापारी पोस्न खोज्नु न्यायोचित नरहेको बताउँछन। ‘गुणस्तरहीन पानी बेच्ने र राज्यलाई करसमेत नतिर्ने व्यवसायीलाई पोस्ने नियतले मूल्य बढाउन सिफारिस भएको छ,’ तिमल्सिनाले भने। ‘आज उपभोक्ता अधिकार दिवस मनाइरहँदा संसदबाटै बजार मूल्य भन्दा बढी मूल्य तोकिनु दुर्भाग्य हो। यो विषयमा अख्तियारले छानबिन गर्नुपर्छ।’

३०-४० रुपैयाँमै पाइने पानीको जारलाई वाणिज्य विभागले तोकिदियो ५० रुपैयाँ

 

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १२:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज पदभार ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने प्रतिबद्धता... शुक्रबार, चैत १३, २०८२
१६औँ योजना कार्यान्वयनका लागि कार्ययोजना सार्वजनिक १६औँ योजनामा ५ वर्षको अन्त्यसम्ममा ७.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ । साथै प्रतिव्यक्ति आय हालको १,४५६ अमेरि... बुधबार, चैत ११, २०८२
एकैदिन १४ हजार ६०० ले बढ्यो सुनको मूल्य आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेर तोलामा दुई लाख ८८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले... बुधबार, चैत ११, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्