Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

पानीको मूल्य बढाउन चलखेल भएको पुष्टि गर्ने ३ अनुत्तरित प्रश्न

64x64
हेमन्त जोशी बुधबार, साउन २८, २०७७  १४:३१
1140x725

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रशोधित पिउने पानीमा प्रचलित बजार मूल्यभन्दा बढी अधिकतम बिक्री मूल्य (एमआरपी) तोकेपछि सबैतिरबाट त्यसको विरोध भइरहेको छ।

बजारमा ३०–४० रुपैयाँ पर्ने जारको पानीलाई विभागले ५० रुपैयाँ तोकिदिएपछि पानी व्यापारीलाई मूल्य बढाउन सजिलो भएको छ भने उपभोक्ताले महँगोमा पानी किन्नुपर्ने अवस्था सिर्जना भएको छ। भदौ १० गतेदेखि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लामा लागू हुने गरी विभागले प्रशोधित पिउने पानीको मूल्य बढाएको हो।

पानीको मूल्य, गुणस्तर र बजार तहसम्बन्धी अध्ययन गर्न विभागका निर्देशक सागर मिश्रको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरिएको थियो। उक्त कार्यदलमा खाद्य प्रविधि तथा गुणस्तर विभागका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मी र नेपाल बोटलर्स वाटर एसोसिएसनका प्रतिनिधिहरुसमेत थिए। तर विभागले पिउने पानीको मूल्य तोक्दा उक्त अध्ययन कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनको ठिक विपरीत दोब्बर मूल्य तोकिएको हो। यसमा पनि 'विशेष प्रकृतिको पानी'का हकमा भने विभागले तोकेको मूल्य भन्दा पनि बढी अशुल्ने बाटो खोलिदिएको छ। तर विशेष प्रकृतिको पानी कस्तो हुने भन्ने परिभाषा गरिएको छैन। 

औसत २४ रुपैयाँमै पाइन्छ जारको पानी : अध्ययन, कसरी तोकियो ५०?
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गठन गरेको ‘प्रशोधित पानीको जार तथा बोतलको पानीको मूल्य निर्धारण, बजारको तह र पानी उद्योगको स्थलगत निरीक्षणका गर्न बनेको कार्यदलको प्रतिवेदनअनुसार अहिले बजारमा पिउने पानीको जारलाई औसत २४ रुपैयाँ मात्र पर्छ। 

विभागले अध्ययन गरेका २१ वटा पानी उद्योगको मूल्यसूची अनुसार जम्मा २ वटा कम्पनीको मूल्य मात्र ३५ रुपैयाँभन्दा बढी छ। अध्ययन गरिएका पानी उद्योगमध्ये काठमाडौं महानगरपालिका-२६ मा रहेको परिवेश महत वाटर उद्योग प्रालिले प्रतिजार १२५ रुपैयाँ र चन्द्रागिरीमा रहेको चन्द्रागिरी बेभरेज प्रालिले प्रतिजार ७० रुपैयाँसम्म असुलेको देखिन्छ। अधिकांश पानी उद्योगले १५ रुपैयाँदेखि ३० रुपैयाँ प्रतिजार पानी बिक्री वितरण गरिरहेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

टोखा महानगरपालिका ८ मा रहेको ग्रिनल्यान्ड मिनरल वाटर एन्ड वेभरेज प्रालिले प्रतिजार १० रुपैयाँमै बिक्री वितरण गरिरहेको विभागले नै गरेको अध्ययनबाट देखिन्छ। त्यस्तै, गोकर्णेश्वरको बराल खानेपानी सेवाले प्रतिजार ११ रुपैयाँ, बि एन्ड एस खानेपानी उद्योगले १५ रुपैयाँ, कागेश्वरी मनहरामा रहेको शितल जल उद्योगले १५ रुपैयाँ, र बुढानीलकण्ठको सन्देश मिनरल वाटरले २० रुपैयाँमा बिक्री वितरण गरिरहेको देखिन्छ।

‘विशेष प्रकृतिको पानी’को परिभाषा खोइ?
वाणिज्य विभागले गत सोमबार पत्रकार सम्मेलन गर्दै पानीको एमआरपी सार्वजनिक गरेको थियो। विभागले तयार पारेको प्रेस विज्ञप्तिमा ‘निर्यात गर्नका लागि उत्पादन गरेको र विशेष प्रकृतिको शिलबन्द पानीको हकमा यो (समायोजन) मूल्य लागू हुने छैन’ भनी उल्लेख गरिएको छ। तर विशेष प्रकृतिको (प्रिमियम) पानीको मापदण्डबारे भने विभाग आफैँ स्पष्ट भएको देखिँदैन।

सोमबारको पत्रकार सम्मेलनमा पानी उद्योगीहरूले नै साधारण र विशेष प्रकृतिको पानी भनेर भ्रम मात्रै रहेको बताएका थिए। ‘उस्तै बोतल र पानीको गुणस्तर पनि उही भएकोमा पनि एउटालाई साधारण र अर्कोलाई प्रिमियम भन्ने गरिन्छ। साधारण खालको पानी र प्रिमियम पानी भनेर भ्रम छ,’ ती व्यापारीले भनेका थिए।

Xtrem
Xtrem

अध्ययन कार्यदलका संयोजक सागर मिश्रले पनि कुन पानीलाई प्रिमियम भन्ने र कुन पानीलाई साधारण पानी भन्ने यकिन थाहा नभएको बताए। तर बोतलको गुणस्तर र पानीमा रहेका मिनरलको मात्रालगायत तत्वहरुले फरक छुट्याउने उनको भनाइ थियो।

बजार मूल्यभन्दा बढी मूल्य किन तोकियो? 
खुला बजार अर्थतन्त्रको नीति अनुसार बजारमा कुनैपनि वस्तुको मूल्य त्यसको माग र आपूर्तिको अवस्थामा भरपर्छ। बजारको सिद्धान्त नै माग बढी तर आपूर्ति कम हुँदा मूल्य बढ्ने र मागभन्दा बढी आपूर्ति हुँदा मूल्य घट्ने हुन्छ। बजारको यही सिद्धान्तअनुसार पानी कम्पनीहरूले प्रतिस्पर्धी मूल्य तोकेका छन्।

अधिकांश पानी कम्पनीले प्रतिजार ३० देखि ४० रुपैयाँभन्दा बढी छैन। तर विभागले भने ५० रुपैयाँ तोकिदियो। बजार मूल्यभन्दा बढी एमआरपी तोक्दा पनि प्रतिस्पर्धी बजारमा पानीको मूल्य नबढ्ने विभागको तर्क छ। तर सरकारले नै एमआरपी तोकिदिएपछि व्यापारीले किन कम मूल्यमा बेच्छन्? भन्ने प्रश्नबारे भने विभागले जवाफ दिन चाहँदैन।

प्रकाशित मिति: बुधबार, साउन २८, २०७७  १४:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्