काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले तोकिएकै समयमा कक्षा १२ को वार्षिक परीक्षा हुने बताएको छ । बोर्डको आज बसेको बैठकले परीक्षा नसार्ने निर्णय गरेको हो ।
परीक्षाका विषयमा सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हडताल गर्दै शिक्षकहरु आन्दोलनरत भएपछि वैशाख ११ गतेदेखि सुरु हुने परीक्षा बारे अन्योल रहेको थियो । चैत्र २० गते देखि शिक्षक आन्दोलन काठमाडौँमा जारी छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।