काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि बनेको पार्टी दर्ता गर्न निर्वाचन आयोग पुगेका नयाँ पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले नेपालमा अरु कम्युनिस्ट पार्टी छन् भन्नु हास्यास्पद भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी नामक दल अघिदेखि नै निर्वाचन आयोगमा दर्ता रहेको र त्यही नाममा एमाले-माओवादी एकीकरणपछि दल दर्तामा समस्या हुँदैन भन्ने प्रश्नमा ओलीले भने, 'निर्वाचनपछि अरु कुनै कम्युनिस्ट पार्टी बाँकी छैनन्। हामी बाहेक अरु कम्युनिस्ट पार्टी छ भन्नु जग हसाइ हो।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।